spot_img
Saturday, September 21, 2024
68.9 F
Washington DC.
spot_img

यी युट्युबर महिलालाई रू. ७ खर्व ठगीको आरोप, विश्वासमा पर्दा लगानीकर्ताले डुवाए पैसा

सम्बन्धित समाचार

जिएनबी डेक्स
जिएनबी डेक्स
सत्य, तथ्य र स्वतन्त्र सामूदायिक डिजिटल मिडिया

आफुलाई सफल विदेशी मुद्रा व्यापारी भएको दाबी गर्ने थाइल्याण्डकी एक लोकप्रिय युट्युबरले हजारौं लगानीकर्तालाई २ अर्ब भाट (नेपाली रू ७ खर्व) ठगी गरी विदेश फरार भएको बताइएको छ ।

मानिसहरु सामान्यतया नयाँ मान्छेहरुसंग जोडिनको लागी सामाजिक संजालमा आउँछन्। तर कहिलेकाहीँ यो सामाजिक संजाल कसैको लागि टाउको दुखाई बन्न सक्छ। सामाजिक सञ्जालमा विविधताको कमी छैन। तपाईले यहाँ सबै प्रकारका मानिसहरू भेट्टाउनु हुनेछ। यहाँ सबै खराब हुन्छन भन्ने होइन । मानिसहरूलाई मद्दत गर्ने धेरै राम्रा र असल मानिसहरू छन्। युट्युब जस्ता भिडियो स्ट्रिमिङ प्लेटफर्म पनि सामाजिक सञ्जाल अन्तर्गत गनिन्छन् । तपाईहरु मध्ये धेरैको युट्युबमा पनि होला, कसैको आफ्नै च्यानल हुन सक्छ र केहि मानिसहरु मनोरञ्जनका लागि मात्र युट्युब प्रयोग गर्ने गर्छन। तर युट्युब र सामाजिक सञ्जालमा धेरै सावधान रहनु आवश्यक छ किनभने एक महिला युट्युबरले मानिसहरूलाई नेपालीमा लगभग ७ खर्व रुपैयाँ ठगी गरेकी छिन् र अहिले सबैले उनलाई बत्ती लिएर खोजिरहेका छन्।

संचारमाध्यमका अनुसार थाइल्याण्डकी एक युट्युबरले आफ्ना फ्यानसँग करिब ७ खर्व रुपैयाँ ठगी गरेकी छन् । अहिले ती महिला पनि फरार रहेको बताइएको छ । फरार महिला युट्युबरको नाम नाथमोन खोङ्चक रहेको बताइएको छ । रिपोर्टका अनुसार यी महिलाले आफ्नो युट्युब च्यानलमा सबै प्रकारका भिडियो अपलोड गर्ने गर्दथिन्। केही समयमै उनका सव्रकाईबर लाखौंमा भए।

यसैबीच ती महिलाले पनि आफ्ना सव्रसकाईबरहरू सँग च्याट गर्न थालिन् र एक दिन आफ्ना सव्रसकाईबरहरूलाई आफू लगानीमा संलग्न भएको बताइन्। महिलाले आफ्नो कम्पनीको लगानी योजनाले आफ्ना सव्रसकाईबरहरूलाई धेरै नाफा कमाउन सक्ने बताईन। ती महिलाले विदेशी मुद्रा व्यापारमार्फत दोब्बर पैसा कमाउने बताएकी थिइन् ।

त्यसपछि उनका सव्रसकाईबरहरूले पैसा पठाउन थाले । रिपोर्टमा ६ हजारभन्दा बढी सव्रसकाईबरहरूले यी महिलालाई लगानीकालागि पैसा पठाएको दाबी गरिएको छ । महिलाले केही सव्रसकाईबरहरूलाई ३५ प्रतिशतसम्म फिर्ता दिने वाचा गरेकी थिईन। महिलाले जम्मा २ अर्ब भाट (नेपाली रू ७ खर्व) उठाएकी रिपोर्टमा जनाइएको छ ।

केही दिनपछि ती महिला आफ्ना सबै सामाजिक सञ्जाल र युट्युब एकाउन्ट बन्द गरेर थाईल्यान्डबाट बेपत्ता भएको स्थानिय संचारमाध्यमले जनाएका छन। अहिले ठगिएका उनका लगानीकर्ताहरूले यसबारे प्रहरीमा उजुरी समेत गरेका छन् । हाल प्रहरीले यस विषयमा अनुसन्धान गरिरहेको छ भने नाथमनविरुद्ध पक्राउ पुर्जी समेत जारी गरिएको छ ।

अगस्ट २४ मा वकिलको नेतृत्वमा करिब ३० जनाले नाथमन विरुद्ध आर्थिक अपराध दमन महाशाखामा उजुरी दर्ता गराएका थिए। युट्युबर महिलाले छोटो समयमा उच्च प्रतिफल दिने प्रलोभन दिएर पीडितहरूलाई लोभ्याउन उनले आफ्नो लोकप्रियता प्रयोग गरेको उजुरीमा भनिएको छ।

नाथमोनको युट्युब खाता, जसलाई नट्टीको डायरी भनिन्छ, ८ लाख भन्दा बढी फलोअरहरू छन् तर अन्तिम क्लिप करिब पाँच महिना अघि पोस्ट गरिएको थियो।

यसै विच अप्रिलमा उनका ग्राहकहरूले उनले वाचा गरे अनुसार भुक्तानी नपाएको गुनासो गर्न थालेका थिए।

उनले व्यापारमा गल्ती गरेको र सबै पैसा गुमाएको तर आफ्ना लगानीकर्ताहरूलाई पैसा फिर्ता गर्ने वाचा गर्दै मे २५ को इन्स्टाग्राम पोष्टमा नाथमोनले लेखेकी थिईन ।

२४ जुनमा उनले भनेकी छन कि आफुमाथि दुईवटा केसमा मुद्दा चलिरहेको र यदि आफु जेल परेमा अन्य लगानीकर्ताहरूलाई पैसा तिर्न सक्षम नहुने भनेकी छन।

आइतवार (अगस्ट २८) लोकप्रिय फेसबुक पेज ड्रामा-एडिक्टले नाथमोन विदेश फरार भएको पोस्ट गरेको छ।

फेसबुक पेज ड्रामा-एडिक्टले नाथमोन मलेसिया भागेको जानकारी प्राप्त गरेको बताएको छ।

समाचार कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोस:
- Advertisement -spot_img
- Advertisement -

ताजा समाचार

मेयर बालेन शाहले बाल दिवसको शुभकामना दिन सकिन भन्दै प्रधानमन्त्री ओलीको कडा आलोचना 

काठमाडौँ महानगरका मेयर बालेन शाहले बिहीबार आफ्नो फेसबुक पोस्टमार्फत बाल दिवसको शुभकामना दिन अस्वीकार गरेका छन्। शाहले प्रधानमन्त्री खड्ग...
- Advertisement -spot_img

अन्य समाचार

- Advertisement -spot_img