Thursday, April 17, 2025
60.6 F
Washington DC.

बेलायत: प्रधानमन्त्री ट्रसद्वारा इन्धन मूल्य घटाउने प्रतिबद्धता

सम्बन्धित समाचार

भर्जिनिया टाईम्स
भर्जिनिया टाईम्स
सत्य, तथ्य र स्वतन्त्र सामूदायिक डिजिटल मिडिया

बेलायतका नवनियुक्त प्रधानमन्त्री लिज ट्रसले बढ्दो महँगीको सङ्कटलाई कम गर्न घरेलु इन्धनको मूल्य नियन्त्रण गर्ने महँगो योजना सार्वजनिक गर्ने अपेक्षा गरिएको छ ।

ट्रसले मङ्गलवार मात्र बोरिस जोनसनबाट पदभार ग्रहण गरेकी हुन् । तर महँगीका कारण सङ्कटमा परेकालाई मद्दत गर्न तत्काल कदम चाल्नुपर्ने आवाज उठिरहेका बेला ट्रसलेले इन्धन मूल्य नियन्त्रणको मागलाई आफुले सम्बोधन गर्ने प्रतिबद्धता जनाएकी छन् ।

संचार माध्यमको रिपोर्टका अनुसार यो योजनामा बेलायतको कोभिड–१९ कालीन रोजगार सहयोग योजनालाई उछिनेर १०० अर्ब पाउन्ड (११६ अर्ब अमेरिकी डलर) भन्दा बढी खर्च लाग्न सक्ने बताइएको छ ।

प्रधानमन्त्री ट्रसले ‘साहसिक कार्य योजना’ ल्याउन लागेको डाउनिङ स्ट्रिटले बुधबार राति जनाएको छ।

देशभरिका परिवार र व्यवसायहरू यस शरद ऋतु र जाडोमा कसरी गुजारा चलाउने भनी चिन्तित भएको आफुलाई थाहा भएको ट्रसले भनेकी छन् ।

उहाँले भनिन , “युक्रेनमा रूसी नेता भ्लादिमिर पुटिनले घोषणा गरेको युद्ध र युरोपमा ग्यास आपूर्तिको हतियार विश्वव्यापी मूल्यवृद्धि गरिरहेको छ । यसले स्पष्ट पारेको छ कि हामीले हाम्रो दीर्घकालीन ऊर्जा सुरक्षा र आपूर्तिलाई बढावा दिनुपर्छ ।”

“हामी इन्धन विधेयककासाथ मानिसहरू र व्यवसायहरूलाई मद्दत गर्न तुरुन्तै कदम चाल्नेछौं तर यी समस्याहरूको मूल कारणलाई सम्बोधन गर्न निर्णायक कदम चाल्नेछौं, ताकि हामी फेरि यो स्थितिमा आउन नपरोस् ।”

बेलायती घरपरिवारले अक्टोबरदेखि घरेलु विद्युत् र ग्यासको मूल्यमा ८० प्रतिशतले वृद्धिको सामना गरिरहेका छन्, जसका कारण लाखौं मानिसले यो जाडोमा आफ्नो घर तताउन नसक्ने डर सिर्जना गरेको छ । युरोपमा इन्धन मूल्यमा जनवरीदेखि अझै वृद्धि हुने अनुमान गरिएको छ ।

समाचार कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोस:
- Advertisement -spot_img

ताजा समाचार

काठमाडौं उपत्यका र जाजरकोटमा फेरि भूकम्प: चीन सीमावर्ती डिंजे केन्द्रविन्दु, लगातार धक्का महसुस

आज बिहान काठमाडौं उपत्यका र आसपासका क्षेत्रमा भूकम्पको धक्का महसुस गरिएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार...

अन्य समाचार

- Advertisement -spot_img