spot_img
Sunday, September 22, 2024
72.6 F
Washington DC.
spot_img

बेलायतकी महारानी एलिजाबेथ द्वितीयको निधन

सम्बन्धित समाचार

जिएनबी डेक्स
जिएनबी डेक्स
सत्य, तथ्य र स्वतन्त्र सामूदायिक डिजिटल मिडिया

बेलायतकी महारानी एलिजाबेथ द्वितीयको बिहीबार निधन भएको छ । यसअघि डाक्टरले उनको स्वास्थ्यबारे चिन्ता व्यक्त गरेका थिए । उनी ९६ वर्षकी थिइन् र बेलायतमा सत्ता सम्हाल्ने सबैभन्दा वृद्ध महिला थिइन् ।

“रानीको आज दिउँसो बालमोरलमा शान्तिपूर्वक मृत्यु भयो। राजा र रानी कन्सोर्ट आज साँझ बालमोरलमा रहनेछन् र भोलि लन्डन फर्कनेछन्, “शाही परिवारले बिहीबार एक बिज्ञप्ति जारी गर्दै भनेको छ ।

गत वर्ष अक्टोबरदेखि स्वास्थ्य समस्याबाट ग्रसित
गत अक्टोबरदेखि स्वास्थ्य समस्याका कारण रानी एलिजाबेथ कतै जान असमर्थ थिइन् । त्यसैले राज परिवारले लण्डनको बकिङ्घम प्यालेसको सट्टा स्कटल्याण्डको बालमोरल क्यासलमा बैठक गरिरहेका थिए ।

बेलायतको राजगद्दीमा सबै भन्दा लामो समय राज गर्ने वृद्ध महिला
बेलायतको राजगद्दीमा बस्दा रानी एलिजाबेथ द्वितीय २५ वर्षकी मात्र थिइन् । त्यसयता उनी झण्डै ७० बर्षदेखि राजगद्दीमा बस्दै आएकी थिइन् । उनी ९६ वर्षकी थिइन् र बेलायतमा सत्ता सम्हाल्ने सबैभन्दा वृद्ध महिला थिइन् । यस बाहेक विश्वका सबैभन्दा वृद्ध शासकहरूमा महारानी एलिजाबेथको नाम पनि आउँछ।

सन् १९५२ मा बेलायतकी महारानी बनिन्

बेलायतकी महारानी एलिजाबेथ द्वितीयको शासनकालको ७० वर्ष पूरा भएको छ । उनी सन् १९५२ मा बेलायतकी महारानी बनिन् । यस विशेष अवसरमा देशभर चार दिने प्लेटिनम जुबली समारोह आयोजना गरिएको थियो। यद्यपि, महारानी एलिजाबेथ द्वितीयले कार्यक्रममा भाग लिन सकिनन्। उनी सार्वजनिक कार्यक्रममा कमै देखिने गर्थिन ।

समाचार कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोस:
- Advertisement -spot_img
- Advertisement -

ताजा समाचार

सहकारी ठगी काण्ड: रवि लामिछाने प्रहरी निगरानीमा

पूर्व डीआईजी छविलाल जोशी, जो गोरखा मिडियाका सञ्चालक पनि हुन्, सहकारी ठगी काण्डमा संलग्न भएको आरोपमा काठमाडौँबाट पक्राउ परेका...
- Advertisement -spot_img

अन्य समाचार

- Advertisement -spot_img