spot_img
Monday, September 23, 2024
66.5 F
Washington DC.
spot_img

युक्रेनी क्षेत्रमा रूसी जनमत संग्रह- रुसी सेनाहरु घरदैलोमा मतदान पेटिका ओसार्दै

सम्बन्धित समाचार

जिएनबी डेक्स
जिएनबी डेक्स
सत्य, तथ्य र स्वतन्त्र सामूदायिक डिजिटल मिडिया

क्रेमलिनले रुसले कब्जा गरेको युक्रेनको क्षेत्रलाई समावेश गर्न प्रायोजित जनमत संग्रह गरिरहेको छ। यसका लागि रुसले व्यापक तयारी गरेको छ । युक्रेनको क्षेत्रका स्थानियहरुलाई मतदान गराउन रसियाली सैनिकहरू पनि घर-घरमा मतपेटिका ओसारी रहेको समाचारमा जनाइएको छ ।

जनमतसंग्रहको लागि जारी मतदानमा सशस्त्र सैनिकहरूले रुसले ओगटेको युक्रेनको क्षेत्रमा घर-घरमा मतदान गर्न मानिसहरूलाई उत्प्रेरित गरिरहेका छन्। दक्षिणी खेरसनमा रूसी प्रदर्शनकारीहरू भोट परिचालन गर्न मतपेटिका लिएर उभिएको देखिएको संचार माध्यमले जनाएका छन् । अहिले रुसी सेनालाई घरदैलो मतदानमा पूर्णरुपमा उपयोग गरिएको जनाइएको छ ।

युक्रेन र अमेरिका-नाटो देशहरूले यो जनमत सर्वेक्षणलाई ठग भनेका छन्, तर हतियारधारी सैनिकहरू घर-घर पुगेर भोट सङ्कलन गरिरहेका छन्। एनर्होडारकी एक महिलाले भनिन्, ‘हामीलाई मौखिक जवाफ सोधिएको छ र सिपाहीले हाम्रो जवाफ पानामा चिन्ह लगाउँछन्। कब्जा गरिएका शहरहरूमा रूसी गार्डहरू जनताको भोट परिचालन गर्न शहरको बीचमा मतपेटिका लिएर उभिएका छन्।

रुसको कब्जामा रहेको क्षेत्रहरूमा जनमतसंग्रहको बीचमा युक्रेनमा नयाँ आक्रमणहरू
रुसी सेनाले शनिबार रसियाले कब्जा गरेको युक्रेनी क्षेत्रहरूमा मस्को-प्रायोजित जनमत संग्रहको बीचमा नयाँ आक्रमण सुरु गरेको छ। यी आक्रमणमा रुसले नीपर नदीको सहरलाई निशाना बनाएको थियो । रुसी सेनाले युक्रेनका अन्य क्षेत्रहरूलाई निशाना बनाउँदै आवासीय भवनहरूमा पनि आक्रमण गरेको उक्रेनी संचार माध्यमले जनाइएका छन् ।

जापोरिजियाका गभर्नर ओलेक्जेन्डर स्टारुखले नीपर नदीको सहरमा रहेको एउटा भवनमा मिसाइल प्रहार हुँदा एक सर्वसाधारणको मृत्यु भएको संचार माध्यमलाई बताएका छन् । यसैबीच बेलायतको रक्षा मन्त्रालयले रुसले उत्तरपूर्वी युक्रेनको सिभरस्की डोनेस्क नदीमा रहेको पेचेनिही बाँधमा पनि आक्रमण गरेको जनाएको छ ।

यसअघि पनि क्रिवी रिह नजिकैको जलाशयमा रहेको बाँधमा आक्रमण भएको थियो जसले इन्हुलेट्स नदीमा बाढी आएको थियो । जबकि युक्रेनी सेनाहरू दुबै नदीहरू नजिक धाराको दिशामा अघि बढिरहेका छन्।

अमेरिकाले ताइवान र रुसलाई लिएर चीनमाथि कूटनीतिक दबाब बढाएको छ
अमेरिकी प्रशासनले ताइवान विरुद्धको उत्तेजक कार्य रोक्न चीनमाथि कूटनीतिक दबाब बढाएको छ। यससँगै उनले युक्रेनविरुद्धको युद्धमा रुसलाई कुनै पनि सहयोग नगर्न चीनलाई चेतावनी दिएको छ ।

न्युयोर्कमा संयुक्त राष्ट्र संघको महासभाको वार्षिक बैठकको छेउमा आफ्ना चिनियाँ समकक्षी वाङ यीसँगको भेटमा अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले बाइडेन प्रशासनको अडान दोहोर्‍याए। बिहीबार ब्लिन्केनका बुबाको निधनका कारण उनी केही बैठकमा मात्र सहभागी भएका थिए । जसमा चिनियाँ विदेशमन्त्रीसँगको भेटघाट पनि समावेश छ ।

समाचार कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोस:
- Advertisement -spot_img
- Advertisement -

ताजा समाचार

सहकारी ठगी काण्ड: रवि लामिछाने प्रहरी निगरानीमा

पूर्व डीआईजी छविलाल जोशी, जो गोरखा मिडियाका सञ्चालक पनि हुन्, सहकारी ठगी काण्डमा संलग्न भएको आरोपमा काठमाडौँबाट पक्राउ परेका...
- Advertisement -spot_img

अन्य समाचार

- Advertisement -spot_img