spot_img
Sunday, September 22, 2024
65.9 F
Washington DC.
spot_img

युक्रेनको चार भाग रुससँग गाभिएको घोषणा- रुसले उक्रेनी भूभाग अवैध कब्जा गरेकोमा सर्वत्र आलोचना

सम्बन्धित समाचार

जिएनबी डेक्स
जिएनबी डेक्स
सत्य, तथ्य र स्वतन्त्र सामूदायिक डिजिटल मिडिया

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनको धेरै भागमा जनमत संग्रह गराएपछि युक्रेनलाई रुसमा गाभ्ने घोषणा गरेका छन् । यसका लागि शुक्रबार क्रेमलिनमा एउटा कार्यक्रमको आयोजना गरिएको थियो । कार्यक्रममा राष्ट्रपति भ्लादिमिर पुटिनले यी नयाँ क्षेत्रहरूको सुरक्षाका लागि रुसले सबै सम्भव कदम चाल्ने बताए। यसैबीच पुटिनले युक्रेनलाई वार्ताका लागि सँगै बस्न पनि आग्रह गरेका छन् । यद्यपि, उनले रुसमा समावेश भएका भागहरूमा आफूले दाबी कहिल्यै नछाड्ने स्पष्ट पारे।

यो लाखौं जनताको चाहना हो-पुटिनले
डोनेट्स्क, लुहान्स्क, जापोरिज्ज्या र खेरसन युक्रेनका चार क्षेत्रहरू हुन् जसलाई भ्लादिमिर पुटिनले आफ्नो देशमा गाभेका छन्। पुटिनले क्रेमलिनको सेन्ट जर्ज हलमा सयौं रुसी प्रतिष्ठित व्यक्तिहरूको उपस्थितिमा हस्ताक्षर गरी उक्रेनका चार क्षेत्रहरू रुसमा समाहित भएको घोषणा गरेका हुन । जनमत संग्रह सम्पन्न भएको ठीक ३ दिनपछि घोषणा समारोह भएको थियो । यस क्रममा पुटिनले आफ्नो मन्तब्य राख्दै भने, “यो लाखौं जनताको चाहना हो।” अर्कोतर्फ, युक्रेनका राष्ट्रपति जेलेन्स्कीले प्रतिक्रिया दिदै भनेका छन् कि यदि रसियाले युद्धको सबैभन्दा हानिकारक परिणामबाट बच्ने हो भने पुटिनलाई रोक्नु पर्छ।

यी क्षेत्रहरूमा भएको आक्रमणलाई रुसमाथिको आक्रमण मानिने
यी चार क्षेत्रलाई रुसको आधिकारिक अंग बनाएपछि यी क्षेत्रहरूमा भएको आक्रमणलाई रुसमाथिको आक्रमण मानिने पुटिनले आफ्नो मन्तव्यका क्रममा भनेका छन्। पुटिनले यी चार राज्यका प्रमुखसमेत नियुक्त गरेका छन् । डोनेट्स्क, लुहान्स्क, जापोरिझिया, खेरसनका मानिसहरु अब रुसी नागरिक भएको उनले बताएका छन् । “अब कुनै पनि देशले उनीहरूमाथि आक्रमण गरे त्यसलाई रुसमाथिको आक्रमण मानिनेछ । त्यसपछि रुसले आफ्ना नागरिक र आफ्नो सार्वभौमसत्ताको रक्षा गर्न पूर्ण शक्तिका साथ जवाफ दिनेछ, ” पुटिनले चेतावनी दिदै भनेका छन्। सात महिनाभन्दा बढी समयसम्म चलेको यो युद्धलाई रुसले युद्ध नभई सैन्य अभियानको रुपमा लिएको छ ।

बन्दुकको गोली प्रहार गरी कब्जा : पश्चिम
रुसी राष्ट्रपतिको घोषणालाई अमेरिकालगायत पश्चिमा नेताहरूले गैरकानुनी र कब्जावादी मानसिकताको संज्ञा दिएका छन् । युक्रेनका पश्चिमी समर्थकहरूले रुसी जनमत संग्रहलाई बन्दुकको नोकमा झूटको आधारमा भूमि हडप्न सफल भएको बताएका छन् । चारवटै क्षेत्रमा जनतालाई मतदान गर्न बाध्य पारेको र यसका लागि रुसी सेनाका अधिकारीहरू स्वयं मतपेटिका बोकेर घर–घर गएको बेलायतले बताएको छ । अमेरिकाले यो कदमले विश्वव्यापी मान्यता नपाउने बताएको छ । अर्कोतर्फ ईयूले रुसमाथि थप प्रतिबन्ध लगाउने कुरा गरेको छ ।

बेलायती प्रधानमन्त्री लिज ट्रसले ट्विटरमा प्रतिक्रिया दिदै लेखेकी छन् – “भ्लादिमिर पुटिनले फेरि युक्रेनलाई गाभेको धम्की दिएर अन्तर्राष्ट्रिय कानूनको उल्लङ्घन गरिरहेका छन्। पुटिनको युद्ध मेसिनलाई निस्तेज गर्न थप प्रतिबन्ध लगाउनेलगायत थप कारबाही गर्न हामी हिचकिचाउने छैनौं। हामी उसले यो अवैध युद्ध हारेको सुनिश्चित गर्नेछौं।

अमेरिकी विदेश सचिव एन्टोनी ब्लिन्केनले ट्विटरमा प्रतिक्रिया दिदै लेखेका छन्- “संयुक्त राज्य अमेरिकाले युक्रेनमा रुसको जाली “जनमत संग्रह” को अवैध, बनावटी नतिजालाई अस्वीकार गर्दछ। यो अन्तर्राष्ट्रिय कानूनको उल्लङ्घन हो। हामी युक्रेनको सार्वभौमसत्ता र क्षेत्रीय अखण्डताको समर्थनमा खडा छौं।”

संयुक्त राष्ट्र बडापत्रको उल्लङ्घनः गुटेरेस
संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेर्रेसले रुसले चारवटा प्रान्तलाई गाभ्नु संयुक्त राष्ट्रको बडापत्रको उल्लङ्घन भएको र यसको कुनै कानुनी मूल्य नभएको बताए। उनले यो कदम खतरनाक भएको भन्दै यसलाई स्वीकार गर्न नहुने बताए । यसले शान्तिको सम्भावनालाई खतरामा पार्ने उनको भनाइ छ।

पुटिनले घोषणा गरेको अवैध विलयले केही परिवर्तन नहुने- युरोपेली आयोग
युरोपेली आयोगका अध्यक्ष उर्सुला भोन डर लेनले ट्विटरमा क्रेमलिनमा भएको समारोहमा प्रतिक्रिया व्यक्त गर्दै भनेकि छन् , “पुटिनले घोषणा गरेको अवैध विलयले केही परिवर्तन गर्दैन।”

“रूसी आक्रमणकारीहरूले अवैध रूपमा कब्जा गरेका सबै क्षेत्रहरू युक्रेनी भूमि हुन् र सधैं यो सार्वभौम राष्ट्रको हिस्सा हुनेछन्,” उनले भनिन्।

समाचार कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोस:
- Advertisement -spot_img
- Advertisement -

ताजा समाचार

सुनिल दाहालको “तिम्रो माया” सार्वजनिक: प्रेमप्रति समर्पित एक भावनात्मक गीत

प्रेमीप्रति समर्पित गीत “तिम्रो माया” गीत भण्डार, अमेरिकाको युट्युब च्यानलमा सार्वजनिक भएको छ। यो गीत सुनिल मणि दाहालले लेखेका...
- Advertisement -spot_img

अन्य समाचार

- Advertisement -spot_img