spot_img
Sunday, September 22, 2024
72.6 F
Washington DC.
spot_img

लगातार परेको पानीले यसपालीको दशै बन्यो झरीमय  

सम्बन्धित समाचार

जिएनबी डेक्स
जिएनबी डेक्स
सत्य, तथ्य र स्वतन्त्र सामूदायिक डिजिटल मिडिया

मौसम परिबर्तन संगै देशका बिभिन्न्न ठाँउमा भारि मात्रामा बर्षा भएको छ। नेपाल अधिराज्यभरी परेको निरन्तरको बर्षाले यस वर्षको दशैं झरीमय बनेको छ। न्यून चापीय क्षेत्रको प्रभावका कारण काठमान्डौमा महानवमीदेखि लगातार पानी परिराखेको छ।

पछिल्लो ८ घण्टादेखि परेको निरन्तरको बर्षाले प्रदेशमा प्रदेश १, मधेश, गण्डकी, लुम्बिनी लगायतका प्रदेशहरू प्रभावित भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। 

महाशाखाले दिएको जानकारी अनुशार पछिल्लो समयमा झापा, सुनसरी, धनकुटा, तेह्रथुम, संखुवासभा, सप्तरी, ओखलढुङ्गा, गोरखा, लमजुङ, तनहुँ, कास्की, पर्वत, बागलुङ, म्याग्दी, पाल्पा, अर्घाखाँची, गुल्मी, नवलपरासी, रोल्पा, रूकुम पूर्व, प्यूठान लगायतका जिल्लामा भारी वर्षा भएको छ।

निरन्तरको वर्षा भएपछि ती क्षेत्रका साना खोलामा आकस्मिक बाढी आउनसक्ने भन्दै सचेत हुन महाशाखाले अनुरोध गरेको छ। 

महाशाखाका अनुशार असोज २२ गतेसम्म पश्चिम सेती, महाकाली, बबई, पश्चिम राप्ती र यसका सहायक नदीहरूमा बहाव बढ्ने अनुमान गरेको छ।  

समाचार कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोस:
- Advertisement -spot_img
- Advertisement -

ताजा समाचार

सहकारी ठगी काण्ड: रवि लामिछाने प्रहरी निगरानीमा

पूर्व डीआईजी छविलाल जोशी, जो गोरखा मिडियाका सञ्चालक पनि हुन्, सहकारी ठगी काण्डमा संलग्न भएको आरोपमा काठमाडौँबाट पक्राउ परेका...
- Advertisement -spot_img

अन्य समाचार

- Advertisement -spot_img