Friday, March 6, 2026
48.5 F
Washington DC.

भ्रष्टाचारको मुद्दामा दक्षिण अफ्रिकाका राष्ट्रपति रामाफोसाको कुर्सी संकटमा

सम्बन्धित समाचार

भर्जिनिया टाईम्स
भर्जिनिया टाईम्स
सत्य, तथ्य र स्वतन्त्र सामूदायिक डिजिटल मिडिया

भ्रष्टाचार मुद्दामा घेरिएका दक्षिण अफ्रिकाका राष्ट्रपति सिरिल रामाफोसाको कुर्शी जाने खतरा देखा परेको छ । उनीमाथि राष्ट्रपति पदको दुरुपयोग गरी अनुसन्धानलाई प्रभावित पार्न खोजेको आरोप छ । यद्यपि रामाफोसाले भनेका छन कि आफ्नो भाग्य अब अफ्रिकन नेसनल कांग्रेस (एएनसी) का शीर्ष निकायले तय गर्ने छन् ।

रामाफोसाले आइतबार दिउँसो एएनसीको राष्ट्रिय कार्यकारिणी समिति (एनईसी) को बैठकमा बोल्दै गर्दा राष्ट्रपतिले भ्रष्टाचार नियन्त्रण र सो विरुद्ध लड्ने ऐनको दफाको उल्लंघन गरेको हुनसक्ने पर्याप्त प्रमाणहरू रहेको एक रिपोर्टले बताएको छ, तर उनी उक्त विषयको छलफलमा भाग नलिई बाहिरिएका थिए ।

गहन छलफलको क्रममा, कार्यकारिणी समितिका सदस्यहरू डर वा पक्षपात बिना सकेसम्म खुलारुपले बहस गर्न सकुन भनेर आफु एनडब्ल्यूसी बैठकमा उपस्थित हुन अस्वीकार गरेको कार्यक्रम स्थल बाहिर सञ्चारकर्मीसँग कुरा गर्दै रामाफोसाले भनेका छन् । ‘औपचारिक र पूर्ण रूपमा स्वतन्त्र रूपमा उहाहरुले आफ्नो फैसला दिन सक्नुहुनेछ,’ उनले सञ्चारकर्मीलाई बताए ।

सन् २०२० मा प्रहरीले करोडौंको विदेशी नगदसहित केही चोरलाई पक्राउ गरेको थियो । राष्ट्रपति रामाफोसाको निजी गेम फार्मबाट चोरहरूले उक्त रकम चोरेका थिए। कालो धनका कारण ७० वर्षीय रामाफोसाले यस चोरीको कुनै उजुरी दिएका थिएनन् । राष्ट्रपति पदको दुरुपयोग गर्दै उनले अनुसन्धानलाई प्रभावित पार्ने प्रयास गरेको उनी माथि आरोप छ ।

समाचार कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोस:
- Advertisement -spot_img

ताजा समाचार

भर्जिनियाका एक छात्रको दुर्घटना र जीवनमरणको सङ्घर्ष , अहिले ‘फुटलुस’ म्युजिकलमा मुख्य भूमिका — प्रेरणादायक कथा

भर्जिनियाका एक छात्रको दुर्घटना र जीवनमरणको सङ्घर्ष , अहिले ‘फुटलुस’ म्युजिकलमा मुख्य भूमिका — प्रेरणादायक...

अन्य समाचार

- Advertisement -spot_img