spot_img
Wednesday, September 25, 2024
64.6 F
Washington DC.
spot_img

पुटिनद्वारा युक्रेनमा ३६ घण्टाको युद्धविरामको घोषणा

सम्बन्धित समाचार

जिएनबी डेक्स
जिएनबी डेक्स
सत्य, तथ्य र स्वतन्त्र सामूदायिक डिजिटल मिडिया

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले बिहीबार रुसी सशस्त्र सेनालाई युक्रेनमा जनवरी ६-७ मा रुसी अर्थोडक्स क्रिसमस बिदाको लागि यस सप्ताहन्तमा ३६ घण्टाको युद्धविराम गर्न आदेश दिएका छन्।

“परमपूज्य कुलपिता किरिलको अपीललाई ध्यानमा राख्दै, म रूसी संघका रक्षा मन्त्रीलाई जनवरी ६ , २०२३ मा १२ :०० बजेदेखि ७ जनवरी, २०२३ को २४ :०० बजे सम्म सम्पूर्ण सम्पर्क युक्रेनका पक्षहरूको बीचलाइनमा युद्धविराम लागू गर्न निर्देशन दिन्छु, ” ”क्रेमलिनले एक विज्ञप्तिमा भनेको छ ।

क्रेमलिनले कीभलाई आफ्नो उदाहरण पछ्याउन र युक्रेनी सेनालाई पनि युद्धविराम पालना गर्न आदेश दिन आग्रह गरेको छ।

“अर्थोडक्सि क्रिसमस मनाउने नागरिकहरूको ठूलो संख्या लडाई क्षेत्रमा भएको तथ्यको आधारमा हामी युक्रेनी पक्षलाई युद्धविराम घोषणा गर्न र क्रिसमसको पूर्वसन्ध्यामा सेवाहरूमा उपस्थित हुने अवसर दिनको लागि आह्वान गर्दछौं ” , रक्षा मन्त्री सर्गेई शोइगुलाई सम्बोधन गरीएको पुटिनको आदेशलाई क्रेमलिनको वेबसाइटमा प्रकाशित गरिएको छ ।

युक्रेनी राष्ट्रपतिका सल्लाहकार मिखाइलो पोडोल्याकले किरिलको आह्वानलाई ” निन्दाजनक जाल र प्रचारको तत्व” भनेर अस्विकार गरेका छन् ।

“रुसी अर्थोडक्स चर्चले युक्रेनीहरूको नरसंहारको लागि आह्वान गरेको छ, सामूहिक हत्यालाई प्रोत्साहित गरेको छ र रूसको अझ ठूलो सैन्यकरणमा जोड दिएको छ। त्यसैले, ‘क्रिसमस ट्रस’ को बारेमा कथन एक निन्दनीय जाल र प्रचार हो,” पोडोल्याकले भनेका छन् । ।

राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले डिसेम्बर २५ अघि रुसी सेना फिर्ता गर्ने प्रस्ताव राखेका थिए तर रुसले त्यसलाई अस्वीकार गरेको थियो।

समाचार कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोस:
- Advertisement -spot_img
- Advertisement -

ताजा समाचार

सहकारी ठगी काण्ड: रवि लामिछाने प्रहरी निगरानीमा

पूर्व डीआईजी छविलाल जोशी, जो गोरखा मिडियाका सञ्चालक पनि हुन्, सहकारी ठगी काण्डमा संलग्न भएको आरोपमा काठमाडौँबाट पक्राउ परेका...
- Advertisement -spot_img

अन्य समाचार

- Advertisement -spot_img