spot_img
Wednesday, September 25, 2024
64.6 F
Washington DC.
spot_img

अमेरिकामा टिकटक-फेसबुक माथि १०० भन्दा बढी विद्यालयद्वारा मुद्दा दायर, यस्तो छ कारण

सम्बन्धित समाचार

जिएनबी डेक्स
जिएनबी डेक्स
सत्य, तथ्य र स्वतन्त्र सामूदायिक डिजिटल मिडिया

अमेरिकाको सिएटल सहरका विद्यालयहरूले फेसबुक र टिकटक जस्ता कम्पनीविरुद्ध मुद्दा दायर गरेका छन् । यी ठूला टेक कम्पनीका कारण युवायुवतीहरु सामाजिक सञ्जालको लतमा परेको र यसका कारण उनीहरुले धेरै समस्या भोग्नु परेको विद्यालयहरुले बताएका छन् । विद्यार्थीहरू चिन्ता, डिप्रेसन र अन्य मनोवैज्ञानिक समस्याबाट ग्रसित हुँदा विद्यालयहरूले आफ्नो शैक्षिक उद्देश्य पूरा गर्न नसकेको मुद्दामा उल्लेख छ।

सयभन्दा बढी विद्यालयले मुद्दा हाले
अल्फाबेट, मेटा (फेसबुक), स्न्याप च्याट, टिकटक र बाइटडान्स जस्ता कम्पनीहरूले युवाहरूमा मानसिक रोग निम्त्याउन जिम्मेवार रहेको सियाटलको अदालतमा शुक्रबार दायर गरेको उजुरीमा उल्लेख छ। सिएटल शहरमा लगभग ५० हजार बालबालिका अध्ययनरत सय भन्दा बढी विद्यालयहरू छन्। यो अमेरिकाको स्कूल जिल्लाले ल्याएको आफ्नो प्रकारको पहिलो मुद्दा हो भनिएको छ।

आत्महत्याको लागि सामाजिक सञ्जाल कम्पनीहरू दोषी
यद्यपि, गत वर्ष पनि यस्तै एउटा घटना बाहिर आएको थियो जसमा धेरै अमेरिकी अभिभावकहरूले केटाकेटीहरुको आत्महत्याको लागि दर्जनभन्दा बढी प्राविधिक कम्पनीहरूलाई दोषी भएको ठहर गर्दै अदालतमा निवेदन दिएका थिए। सन् २०२१ को अन्तमा मेटा (फेसबुक) का पूर्व कर्मचारी फ्रान्सिस होगेनले कम्पनीको आन्तरिक सञ्चालनसँग सम्बन्धित कागजातहरू खुलासा गरेपश्चात सामाजिक सञ्जाल कम्पनीहरूबाट युवाहरूलाई हुने सम्भावित नोक्सानीका बारेमा पहिलो पटक खुलासा भएको थियो।

कमजोर युवाहरूलाई लक्षित गरिरहेको आरोप
कम्पनीले नाफा बढाउन जानाजानी कमजोर युवाहरूलाई लक्षित गरिरहेको फ्रान्सिस हाउगेनले मेटालाई आरोप लगाएका थिए। यो आरोपपछि संसदमा सुनुवाइ भयो र धेरै राज्यका महान्यायाधिवक्ताले पनि छानबिन थालेका थिए । अमेरिकाको ‘कम्युनिकेसन्स डिसेन्सी एक्ट’ को धारा २३० ले प्रयोगकर्ताहरूद्वारा पोस्ट गरिएको हानिकारक सामग्रीको सम्भावित असरबाट इन्टरनेट प्लेटफर्महरूलाई व्यापक प्रतिरक्षा दिन्छ। कानूनले तिनीहरूलाई यति प्रभावकारी रूपमा सुरक्षित गरेको छ कि अब दुवै राजनीतिक दलहरू, रिपब्लिकन र डेमोक्र्याटहरूले सुधारको लागि आह्वान गरेका छन्।

मेटाले यस समयमा आरोपहरूमा टिप्पणी गर्न अस्वीकार गरेको छ। त्यस्तै स्नाप र टिकटकका प्रतिनिधिहरूले समेत प्रतिक्रिया दिएका छैनन् । यद्यपि कम्पनीहरूले पहिले नै दाबी गरिसकेका छन् कि उनीहरूले आफ्ना सबैभन्दा कम उमेरका प्रयोगकर्ताहरूलाई जोगाउन काम गरिरहेका छन्, जसमा मानसिक स्वास्थ्य विषयहरूमा स्रोतहरू प्रदान गर्ने र हानिकारक सामग्रीको फैलावट रोक्नको लागि सुरक्षा सुधारहरू समावेश छन्।

समाचार कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोस:
- Advertisement -spot_img
- Advertisement -

ताजा समाचार

सहकारी ठगी काण्ड: रवि लामिछाने प्रहरी निगरानीमा

पूर्व डीआईजी छविलाल जोशी, जो गोरखा मिडियाका सञ्चालक पनि हुन्, सहकारी ठगी काण्डमा संलग्न भएको आरोपमा काठमाडौँबाट पक्राउ परेका...
- Advertisement -spot_img

अन्य समाचार

- Advertisement -spot_img