spot_img
Wednesday, September 25, 2024
65.9 F
Washington DC.
spot_img

भारतीय फिल्म आरआरआरले जित्यो ‘उत्कृष्ट मौलिक गीत’ गोल्डेन ग्लोब अवार्ड

सम्बन्धित समाचार

जिएनबी डेक्स
जिएनबी डेक्स
सत्य, तथ्य र स्वतन्त्र सामूदायिक डिजिटल मिडिया

गोल्डेन ग्लोब अवार्डको ८०औँ संस्करण अमेरिकाको क्यालिफोर्नियास्थित बेभर्ली हिल्सस्थित बेभर्ली हिल्टनमा मंगलबार साझा सम्पन्न भयो। भारतीय फिल्म आरआरआरले गोल्डेन ग्लोब अवार्ड २०२३ मा आफ्नो इतिहास रच्न सफल भएको छ ।

फिल्मको चर्चित गीत ‘नाटु नाटु’ ले उत्कृष्ट गीतको लागि गोल्डेन ग्लोब अवार्ड जितेको छ । संगीतकार एमएम कीरावानीले अवार्ड ग्रहण गरेका थिए।

तस्बिर: ट्विटर

एसएस राजामौली निर्देशित आरआरआर फिल्मले उत्कृष्ट गैर-अंग्रेजी चलचित्रको विधामा अर्जेन्टिनाको ‘अर्जेन्टिना १९८५ ‘ संग पराजित भयो। तर आरआरआर उत्कृष्ट मौलिक गीतको विधामा ग्लोब अवार्ड जित्न सफल भयो। यस फिल्मको गीत ‘नाटु नाटु ‘ ले रिहाना र लेडी गागालाई उछिनेको थियो।

गीत ‘नाटु नाटु ‘ को डान्स युक्रेनमा छायांकन गरिएको हो जुन यतिबेला युद्धमा होमिएको छ। ‘नातु नातु’ २०२१ मा युक्रेनको राजधानी कीभमा छायांकन गरिएको थियो । गीतको पृष्ठभूमिमा देखाइएको भवन युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीको आधिकारिक निवास मारिन्स्की प्यालेस हो।

युक्रेनमा छायांकन गरिएको ‘नाटु नाटु ‘ को डान्स हेर्नुहोस:

समाचार कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोस:
- Advertisement -spot_img
- Advertisement -

ताजा समाचार

सहकारी ठगी काण्ड: रवि लामिछाने प्रहरी निगरानीमा

पूर्व डीआईजी छविलाल जोशी, जो गोरखा मिडियाका सञ्चालक पनि हुन्, सहकारी ठगी काण्डमा संलग्न भएको आरोपमा काठमाडौँबाट पक्राउ परेका...
- Advertisement -spot_img

अन्य समाचार

- Advertisement -spot_img