Friday, March 6, 2026
57.2 F
Washington DC.

गुडिरहेको गाडीमा सिट बेल्ट नलगाई भिडियो खिचेका बेलायतका प्रधानमन्त्री ऋषि सुनकलाई प्रहरीद्वारा जरिवाना

सम्बन्धित समाचार

भर्जिनिया टाईम्स
भर्जिनिया टाईम्स
सत्य, तथ्य र स्वतन्त्र सामूदायिक डिजिटल मिडिया

बेलायतका प्रधानमन्त्री ऋषि सुनकलाई गुडिरहेको गाडीमा सिट बेल्ट नलगाएको भन्दै स्थानीय प्रहरीले शुक्रबार जरिवाना गरेको छ । सुनकले गुडिरहेको कारमा भिडियो खिचिरहेका थिए ।

लन्काशायर पुलिसले सुनकलाई एक निश्चित जरिवाना नोटिस जारी गरेको पुष्टि गरेको छ , जसमा गुडिरहेको कारमा सिट बेल्ट नलगाएकोमा १०० पाउन्ड जरिवाना समावेश छ।

“सामाजिक सञ्जालमा एक भिडियो सार्वनजिक भए पछि लङ्कशायरमा चलिरहेको कारमा यात्रुले सिट बेल्ट नलगाएको देखिएकोले हामीले आज (शुक्रवार, जनवरी २० ) मा लन्डनका एक ४२ वर्षीय व्यक्तिलाई सशर्त निश्चित जरिवानाको प्रस्तावको सुचना जारी गरेका छौं, “ल्यान्काशायर पुलिसले एक विज्ञप्तिमा भनेको छ ।

प्रधानमन्त्री सुनकले पहिले ” सहि निर्णय गर्न त्रुटि” भएकाले लागी माफी मागेका थिए। उनले लङ्कशायरको भ्रमणको क्रममा सरकारको “लेभलिङ-अप” एजेन्डालाई बढावा दिन उक्त भिडियो क्लिप रेकर्ड गरेका थिए ।

बेलायतमा कारमा बस्दा सिट बेल्ट नलगाएमा (चिकित्सकले छुट दिएको बाहेक) १०० पाउन्डको जरिवाना तोकिएको छ। यदि मुद्दा अदालतमा गयो भने ५०० पाउन्ड थप बढ्छ।

सरकारमा हुँदा सुनकको लागि यो दोस्रो जरिवाना हो। यसअघि तत्कालीन प्रधानमन्त्री बोरिस जोनसनको जन्मदिन मनाउन कोरोनाको लकडाउनका समयमा जमघटमा भाग लिएकाले नियम तोडेको आरोपमा उनलाई जरिवाना गरिएको थियो ।

समाचार कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोस:
- Advertisement -spot_img

ताजा समाचार

भर्जिनियाका एक छात्रको दुर्घटना र जीवनमरणको सङ्घर्ष , अहिले ‘फुटलुस’ म्युजिकलमा मुख्य भूमिका — प्रेरणादायक कथा

भर्जिनियाका एक छात्रको दुर्घटना र जीवनमरणको सङ्घर्ष , अहिले ‘फुटलुस’ म्युजिकलमा मुख्य भूमिका — प्रेरणादायक...

अन्य समाचार

- Advertisement -spot_img