spot_img
Thursday, November 21, 2024
41.2 F
Washington DC.
spot_img

हिन्दि सिनेमा ‘पठान’ ले अग्रिम टिकट बिक्रीमा १४ करोड पार गर्‍यो, ब्रह्मास्त्रको कीर्तिमान तोड्न अब ४ दिन बाँकी

सम्बन्धित समाचार

जिएनबी डेक्स
जिएनबी डेक्स
सत्य, तथ्य र स्वतन्त्र सामूदायिक डिजिटल मिडिया

शाहरुख खानको बहुप्रतिक्षित सिनेमा पठानले भारतीय बक्स अफिसमा फिल्मको अग्रिम टिकट बिक्री बढेसँगै अपेक्षाभन्दा बढी व्यापार गरिरहेको छ । टिकट बिक्री हेर्दा शाहरुखका फ्यानहरू फिल्मको वरपरका विवादहरूबाट टाढा रहेर एक भारतीय जासूसको रूपमा आफ्नो मनपर्ने सुपरस्टार पठान लाई ठूलो पर्दामा एक झलक पाउन तिब्र प्रतिक्षा गरिरहेका छन्।

द इन्डियन एक्सप्रेसका अनुसार पठानको हिन्दी र तेलुगु संस्करणले देशमा सबैभन्दा बढी टिकट बिक्री गरेको छ।

उद्योग ट्र्याकर साकानिकका अनुसार, पठानले अग्रिम रुपमा भारतीय रुपैया १४ करोड सकल गरिसकेको छ।

बलिउड हंगामाका अनुसार पठानले रिलिजको पहिलो दिन करिब ४० करोड रुपैयाँ उठाउने आकलन गरेको छ ।

गत वर्ष आयन मुखर्जीको ब्रह्मास्त्रले अग्रिम बिक्रीमा २० करोड सङ्कलन गर्यो जुन २०२२ को तेस्रो ठूलो बलिउड ब्लकबस्टर बन्यो। त्यसपछि कार्तिक आर्यनको भुल भुलैया २ आयो जसले अग्रिम बुकिङबाट ७ करोड कमाउन सफल भयो र आमिर खानको लाल सिंह चड्ढाले साढे पाच करोड कमायो। शाहरुखको पठानले भारतीय बक्स अफिसमा ब्रह्मास्त्रको कीर्तिमान तोड्न अब ४ दिन बाँकी छ ।

बुकमाइशोका सिनेमासका सीओओ आशिष सक्सेनाले इन्डियन एक्सप्रेसलाइ जानकारी गराए अनुसार शाहरुखको एक्शन-थ्रिलरले ३६ घण्टाभन्दा कम समयमा अनलाइन टिकटिङ मार्फत ४ लाख अग्रिम टिकट बेचेको छ।

शाहरुख खानले चार वर्षपछि पठान मार्फत मुख्य भूमिकामा आगमन गरेका छन् । सिद्धार्थ आनन्द द्वारा निर्देशित, पठान एक जासूस थ्रिलर हो जसमा दीपिका पादुकोण र जोन अब्राहम पनि मुख्य भूमिकामा छन्।

चलचित्र जनवरी २५ मा हलमा रिलिज हुने तय भएको छ ।

समाचार कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोस:
- Advertisement -spot_img
- Advertisement -

ताजा समाचार

अदानी समूहमाथि घुसखोरीको आरोप: २५ करोड डलरभन्दा बढी घूस प्रस्तावको आरोप

अमेरिकी सिक्युरिटीज एन्ड एक्सचेन्ज कमिसन (एसईसी) ले भारतीय उद्यमी गौतम अदानी, उनका भतिज सागर अदानी, र सिरिल कबान्सविरुद्ध बहु-अर्ब...
- Advertisement -spot_img

अन्य समाचार

- Advertisement -spot_img