spot_img
Wednesday, September 25, 2024
71.2 F
Washington DC.
spot_img

एफबीआईद्वारा अमेरिकी राष्ट्रपति बाइडेनको घरमा छापा, १३ घण्टाको खोजीपछि ६ गोप्य कागजात बरामद

सम्बन्धित समाचार

जिएनबी डेक्स
जिएनबी डेक्स
सत्य, तथ्य र स्वतन्त्र सामूदायिक डिजिटल मिडिया

संक्षिप्तमा :

  • एफबीआईद्वारा अमेरिकी राष्ट्रपति जो बाइडेनको घरमा छापा
  • बाइडेनको उपराष्ट्रपतिको कार्यकालसँग सम्बन्धित गोप्य कागजातहरू बरामद
  • एफबीआईले कब्जा गरेको कागजातहरूको समीक्षा हुन बाकि
  • आफू पूर्ण रूपमा सहयोग गरिरहेको र छिट्टै यो समस्या समाधान गर्न चाहेको बाइडेनको भनाई

समाचार बिस्तारमा
अमेरिकी गुप्तचर एजेन्सी एफबीआईले डेलावेयरस्थित अमेरिकी राष्ट्रपति जो बाइडेनको निवासमा छापामारी गोप्य चिन्ह लगाइएको छ वटा कागजातहरू बरामद गरेको छ। राष्ट्रपतिका वकिल बब बाउरले यो जानकारी दिए अनुसार एफबीआईले बाइडेनका केही हस्तलिखित नोटहरू पनि आफ्नो कब्जामा लिएको छ।

एफबीआईले शुक्रबार राष्ट्रपति बाइडेनको विल्मिंगटन निवासमा छापा मारेको र करिब १३ घण्टासम्म खोजी कार्य चलेको बाउरले शनिबार संचार माध्यमलाई जानकारी गराएका हुन् ।

ती छ वटा कागजातहरू पहिले बाइडेनको विल्मिंगटन निवास र उनको निजी कार्यालयमा फेला परेका कागजातहरूका अतिरिक्त हुन्। घरमा छापा मार्दा राष्ट्रपति बाइडेन र उनकी श्रीमती घरमा थिएनन् ।

बाउरको विज्ञप्ति अनुसार न्याय विभागले गोप्य चिन्ह लगाइएका कागजातहरू र अन्य सामग्रीहरू सहित आफ्नो अनुसन्धानको दायरा भित्र रहेको विश्वास गरिएको सामग्रीहरू कब्जामा लिएको छ। यी मध्ये केही सामग्रीहरू बाइडेन सिनेट सदस्य र उपराष्ट्रपतिको रूपमा कार्यारत रहदाको समयका हुन्।

रिपोर्टका अनुसार एफबीआईले बाइडेनको उपराष्ट्रपतिको कार्यकालका व्यक्तिगत रूपमा हस्तलिखित नोटहरू पनि थप समीक्षाको लागि कब्जा गरेको छ।

पुस्तकालयमा भेटिए कागजातहरू
जो बाइडेनका वकिलहरूले करिब एक हप्ता अघि उनको घरको पुस्तकालयमा छ वटा गोप्य कागजातहरू फेला पारेका थिए। यी कागजातहरू उनको उपराष्ट्रपतिको कार्यकालसँग सम्बन्धित थिए। कागजातको खोज अमेरिकामा राजनीतिक मुद्दा बनेको थियो। किनभने राष्ट्रपति पद छाडेपछि डोनाल्ड ट्रम्पको घरमा पनि छापा मारिएको थियो र गोप्य कागजात जफत गरिएको थियो । यी कागजातहरू बाइडेनका लागि टाउको दुखाइ बनेका छन् र ट्रम्पसँग सम्बन्धित अनुसन्धानलाई जटिल बनाएको छ । यसैलाई मध्यनजर गर्दै एफबीआईले खोजी गरेको हो ।

२०२४ को राष्ट्रपतीय निर्वाचनकालागि कठिन
बाउरले भने कि न्याय विभागले अहिलेसम्म कब्जा गरिएका रेकर्डहरूको समीक्षा गरेको छैन, त्यसैले यो स्पष्ट छैन कि यी कागजातहरूको गोपनीयता मूल्य के हो र एफबीआई द्वारा समिक्षा गरिने कागजातहरू गोप्य हुन कि होइनन । राष्ट्रपतिको कार्यालय र निवासमा भेटिएका गोप्य कागजातले २०२४ को राष्ट्रपतीय चुनावमा बाइडेनको दाबी पेश गर्न उनलाई कठिनाइ हुन सक्ने आंकलन गरिन्छ।

बाइडेनले के भने
जब प्रसङ्गमा बाइडेनले आफ्नो प्रतिक्रिया दिदै भनेका छन् , ‘हामीले धेरै कागजातहरू गलत ठाउँमा फेला पारेका छौं। हामीले उनीहरुलाई तत्काल अभिलेख/आर्काइभ तथा न्याय विभागलाई बुझाएका छौं । बाइडेनले आफू पूर्ण रूपमा सहयोग गरिरहेको र छिट्टै यो समस्या समाधान गर्न चाहेको बताएका छन् । एफबीआईले अन्य ठाउँमा खोजी गर्छ कि गर्दैन भन्ने अझै थाहा छैन।

बाइडेनले उपराष्ट्रपतीको पद छोड्नुअघि आफूसँग गोप्य कागजातहरू राखेको आरोप लागेको छ।

(एजेन्सीको सहयोग सहित)

समाचार कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोस:
- Advertisement -spot_img
- Advertisement -

ताजा समाचार

सहकारी ठगी काण्ड: रवि लामिछाने प्रहरी निगरानीमा

पूर्व डीआईजी छविलाल जोशी, जो गोरखा मिडियाका सञ्चालक पनि हुन्, सहकारी ठगी काण्डमा संलग्न भएको आरोपमा काठमाडौँबाट पक्राउ परेका...
- Advertisement -spot_img

अन्य समाचार

- Advertisement -spot_img