spot_img
Friday, November 22, 2024
37.9 F
Washington DC.
spot_img

भैंसी र गोहीबिचको भिडन्त : भैंसी – १, गोही – ०, हेर्नुहोस रोचक भिडियो

सम्बन्धित समाचार

जिएनबी डेक्स
जिएनबी डेक्स
सत्य, तथ्य र स्वतन्त्र सामूदायिक डिजिटल मिडिया

पानीमा बस्दा गोहीलाई कसले छुन सक्ला ? सबैलाई थाहा छ कि पानीको राजा मानिने गोही संसारको एक खतरनाक शिकारी हो । गोहीले आफ्नो बङ्गराले कसैलाई समात्यो भने उसको चंगुलबाट उम्कन गाह्रो मात्र हैन असम्भव नै हुन्छ। तर, गोही भैंसीबाट सधै टाढा रहन्छ। किनभने भैंसीहरू आकारमा गोहीहरु भन्दा धेरै ठूला र बलियो हुन्छन ।

तर …हाम्रो प्रकृति पनि बिचित्रको छ। यतिबेला सामाजिक सञ्जालमा जंगलको एउटा भिडियो भाइरल भइरहेको छ जसमा एउटा गोहीले वयस्क भैंसीलाई आक्रमण गरिरहेको देख्न सक्छौं। यी दुईबीच लामो समयसम्म द्वन्द्व चलिरहन्छ । द्वन्द्वका क्रममा छेउछाउ भएका अन्य भैंसीहरु कोही पनि उसलाई मद्दत गर्न आउँदैनन्। गोहीले आफ्नो धारिलो र ठुलो मानिने बङ्गराले भैंसीको नाकलाई नराम्ररी समातेको हुन्छ। यी दुई बिचको भिडन्तलाई हेर्दा लाग्छ कि गोहीले जित्छ र भैंसीलाई पानीको आलमा लैजान्छ। तर भैंसीले हार मान्दैन र गोहीलाई नाकले भुइँतर्फ तान्छ। त्यसपछि के भयो भिडियोमा हेर्न सक्नुहुन्छ। यो क्लिप सबी सबी रिजर्भ (दक्षिण अफ्रिका) को भनिएको छ।

यस प्रकारको दृश्य असामान्य र भाग्यबश देख्न पाइन्छ। युट्युब च्यानल ‘ल्याटेस्ट साइटिङ्गस’ मा केही दिन अघि पोस्ट गरिएको यो भिडियोलाई अहिलेसम्म ७६ लाखभन्दा बढीले हेरेका छन् र तीन हजारभन्दा बढीले लाइक गरेका छन् । पेटालुमा अर्थोडन्टिक्सका डाक्टर मार्क डेबेरार्डिनीले अफ्रिकाको सबीसाबी रिजर्भमा सफारी गर्दा सबै दृश्य कैद गर्न सफल भएका हुन् ।

यो क्लिप पोस्ट गर्दै ‘ल्याटेस्ट साइटिङ्गस’ले आफ्नो विवरणमा भैंसीले एउटा ठूलो गोहीलाई आफ्नो नाकले तातेर पानीबाट बाहिर निकालेको बताएको छ । यो भाइरल क्लिपमा ‘पानी संसारको राजा’ गोहीले आफ्नो बङ्गाराले भैंसीको नाक समातेको देख्न सकिन्छ । गोहीको बलको अगाडि भैंसी कमजोर हुने महसुस हुन्छ । तर भैंसीले अन्त्यसम्म हार मान्दैन र बिस्तारै त्यो विशाल गोहीलाई पानीबाट नाकले तानेर भुइँमा ल्याइदिन्छ। केहीबेर यी दुईबीच कडा टक्कर हुन्छ, त्यसपछि गोहीले भैंसी छोडेर पानीमा भाग्छ। पूरै बल लगाएपछि गोही थाकेको देखिन्छ । यस्तो अवस्थामा भैंसी आफ्नो नियन्त्रणमा आउँदैन भन्ने बुझेर गोही पानीमा फर्किएको अनुमान गर्न सकिन्छ।

अन्तमा, “भैंसी गोहीको चंगुलबाट फुत्कियो र गोही आफ्नो सुरक्षाकालागि पानीको तालमै फर्कियो। भैंसी – १, गोही – ०।”

दक्षिण अफ्रिकाको लोवेल्ड क्षेत्रमा ग्रीष्म महिनाहरूमा उच्च मात्रामा वर्षा हुने गर्दछ जुन जीवजन्तु र वनस्पतिहरूको लागि अत्यन्त लाभदायक मानिन्छ । उच्च वर्षाको मौसममा धेरै जनावरहरू फस्टाउन थाले तापनि पीडित हुने थोरै जनावरहरू मध्ये गोही पनि पर्छन्। वर्षाको मौसममा जनावरहरुलाई पिउने पानीको सहज पहुँचका कारण साना जनावरहरूलाई तिर्खा मेटाउन ठूला पानीको स्रोत भएको ताल वा नदीहरुमा जानु पर्दैन । यसको मतलब हो पानीमा बस्ने गोहीहरूले आवस्यकता अनुसार शिकार गर्न नपाउनु। त्यसैले उच्च वर्षाको मौसममा आफ्नो खानाकालागि गोहीहरू परेशान हुने गर्दछन।

हेर्नुहोस पुरा भिडियो :

समाचार कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोस:
- Advertisement -spot_img
- Advertisement -

ताजा समाचार

अदानी समूहमाथि घुसखोरीको आरोप: २५ करोड डलरभन्दा बढी घूस प्रस्तावको आरोप

अमेरिकी सिक्युरिटीज एन्ड एक्सचेन्ज कमिसन (एसईसी) ले भारतीय उद्यमी गौतम अदानी, उनका भतिज सागर अदानी, र सिरिल कबान्सविरुद्ध बहु-अर्ब...
- Advertisement -spot_img

अन्य समाचार

- Advertisement -spot_img