Monday, May 19, 2025
71.9 F
Washington DC.

बिचित्र संसार : के तपाईंले कहिल्यै रेलवे ट्र्याकमा बजार भएको देख्नुभएको छ? भिडियो हेरेर तपाई छक्क पर्नु हुनेछ

सम्बन्धित समाचार

भर्जिनिया टाईम्स
भर्जिनिया टाईम्स
सत्य, तथ्य र स्वतन्त्र सामूदायिक डिजिटल मिडिया

तपाईंले भारतका सहर घुम्न जादा बजारको वरिपरि रेलवे ट्र्याक धेरै पटक देख्नुभएको होला, तर के तपाईंले कहिल्यै रेलवे ट्र्याकमा बजार भएको देख्नुभएको छ? । आउनुहोस तपाईलाई हामी थाइल्याण्डको माक्लोंग रेलवे बजारमा एकछिन घुमाउछौ।

थाइल्याण्डको माक्लोंग रेलवे बजारमा एउता साझा बजार छ जहाँ समुद्री खाना, तरकारी, फलफूल, मासु र अन्य सामानहरू पाइन्छन । तर यो बजार जहाँ छ, त्यो ठाउँले यसलाई विशेष बनाएको छ । यस बजारमा पसलेहरूले रेलवे ट्र्याकमा पसलहरू राख्छन् र रेल पनि सोही ट्र्याकबाट गुडछ । यस कारणले यसलाई जीवन खतरामा पार्ने बजार (Life Risking Market) भन्ने गरिन्छ । त्यसैले यो बजार पर्यटकको आकर्षणको केन्द्र बनेको छ । यतिबेला सामाजिक सञ्जालमा एउटा भिडियो भाइरल भइरहेको छ ।

बजार १०० मिटर भित्र अवस्थित
थाइल्याण्ड टुरिज्म वेबसाइटका अनुसार यो बजार १०० मिटरको दायरामा फैलिएको छ र बिहान ६ बजेदेखि बेलुका ६ बजेसम्म खुला रहन्छ। यो बजार जहाँ छ, यो निकै साँघुरो र सानो गल्ली भएको ठाउँमा संचालित छ। यहाँ एउटा सानो रेलवे लाइन छ जुन महाचाई र माई क्लोङबाट जान्छ। यस रेलवे ट्र्याकमा दिनमा धेरै पटक रेल गुड्छन्। बजारमा पसललेहरुले घामबाट बच्न छाता वा क्यानभास राख्ने गरेका छन । बिक्रीका सामानहरु रेलवे ट्राकमा राखिएका हुन्छन , जहाँ मानिसहरू हिडेर किनमेल गर्ने गर्छन्। रेल गुड्ने समय हुने बित्तिकै सबै पसलेहरूले रेल ट्र्याकमा राखिएका सामानहरू तुरुन्तै हटाउन थाल्छन्।

ट्रेन ३० किमी औसत गतिमा दौडिन्छ
यस ठाउँमा पसल राख्ने पसलेहरु लाई रेलको आगमन र प्रस्थानको समय थाहा हुन्छ। ट्रेन आइपुग्ने बित्तिकै ट्र्याकबाट सामान हटाइन्छ र रेल प्रस्थान गर्ने बित्तिकै फिर्ता राखिन्छ। तपाईलाई सुन्दा अनौठो लाग्न सक्छ तर यी पसलेहरुको यो दैनिकी हो र उनीहरु बानी परिसकेका छन् । यो ट्रेन ३० किलोमिटरको औसत गतिमा दौडिन्छ र बिना कुनै संकेत चलिरहन्छ ।

बजारको भाइरल भिडियो
हालै एरिक सोल्हेम नामका व्यक्तिले यस बजारको भिडियो ट्विटरमा सेयर गरेका छन् । भिडियोको क्याप्सनमा लेखिएको छ, ‘मक्लङ रेलवे मार्केट, थाइल्याण्डको बीचमा रेलवे ट्र्याक भएको बजार’। यो भिडियोलाई सामाजिक सञ्जालमा निकै मन पराइरहेको छ, जसका कारण यो एकपटक फेरि चर्चामा आएको छ ।

लेखक

सत्य, तथ्य र स्वतन्त्र सामूदायिक डिजिटल मिडिया

समाचार कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोस:
- Advertisement -spot_img

ताजा समाचार

मेयर बालेन शाह भन्छनः “सरी केपी ओली, म तपाईको भ्रष्ट प्रणालीको समर्थन गर्न सक्दिन”

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) र नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीबीचको तनाव पुनः एकपटक सामाजिक सञ्जालमार्फत सतहमा आएको...

अन्य समाचार

- Advertisement -spot_img