spot_img
Thursday, September 19, 2024
79.4 F
Washington DC.
spot_img

पाकिस्तानको मस्जिदमा आत्मघाती बम विस्फोट, हालसम्म ६१ जनाको मृत्यु, पाकिस्तान तालिवानले जिम्मेवारी लियो

सम्बन्धित समाचार

जिएनबी डेक्स
जिएनबी डेक्स
सत्य, तथ्य र स्वतन्त्र सामूदायिक डिजिटल मिडिया

पाकिस्तानको पेशावर सहरमा भएको शक्तिशाली बम विस्फोटमा अहिलेसम्म ६१ जनाको मृत्यु भएको छ भने करिब २०० जना घाइते भएका छन् । डन न्युज टिभीमा देखाइएका फुटेजका अनुसार पेशावरको पुलिस लाइन्स क्षेत्रमा रहेको मस्जिदमा विस्फोट भएको बताइएको छ । उही समयमा, टेलिभिजन रिपोर्टहरूले भनेका छन् कि विस्फोट १ : ४० बजे (स्थानीय समय) मा दिउसोको (जोहर) नमाज पढिरहेको बेला भएको थियो। आक्रमणको जिम्मेवारी पाकिस्तान तालिवान (टीटीपी) ले लिएको छ।

डन न्युज टिभीका अनुसार उक्त क्षेत्रमा आपतकालीन अवस्था लागू गरिएको छ र क्षेत्रलाई घेराबन्दी गरिएको छ। यसै क्रममा जियो न्यूजले आफ्नो रिपोर्टमा हाल ६१ जनाको मृत्यु र करिब २०० जना घाइते भएको र यो बम विस्फोट आत्मघाती बम आक्रमणकारीले गराएको बताएको छ ।

सुरक्षा अधिकारीहरूका अनुसार नमाजको क्रममा अगाडिको पंक्तिमा रहेका आत्मघाती हमलाकारीले आफु उपर आत्मघाती बम विस्फोट गराएको र उक्त बिष्फोट बाट अन्य दर्जनौं नमाज गर्दै गरेकाहरुलाई घाइते भएको समाचारमा जनाइएको छ । घाइतेहरुलाई पेशावरको लेडी रिडिङ अस्पतालमा भर्ना गरिएको छ ।

जियो न्यूजका अनुसार घाइतेमध्ये अधिकांशको अवस्था निकै चिन्ताजनक रहेको बताइएको छ । अर्कोतर्फ, यो विष्फोट भएको ठाउँ भिआईपी क्षेत्र र वरिष्ठ प्रहरी अधिकारीहरूको निवास स्थल भएको बताइएको छ । रिपोर्टका अनुसार यो इलाका पुलिस लाइन क्षेत्रमा भएको हुनाले मस्जिदमा नमाज गर्ने अधिकांश प्रहरी नै थिए। सोही क्रममा विष्फोटका क्रममा मस्जिदमा ४०० भन्दा बढी मानिस रहेको पुष्टि भएको र विष्फोटपछि मस्जिद पूर्णरुपमा भत्किएको र धेरै मानिस भग्नावशेषमा फसेको खबर पनि समाचारमा उल्लेख गरिएको छ ।

मस्जिदमा चार तहको सुरक्षा व्यवस्था थियो । मस्जिदको सुरक्षाका लागि करिब तीन सय प्रहरी परिचालन गरिएको थियो । त्यतिका सुरक्षाका बीच आतङ्ककारीहरू कसरी भित्र छिर्न सफल भए भन्ने बारेमा अधिकारीहरुले अनुसन्धान शुरु गरेको बताइएको छ।

(एजेन्सीको सहयोग सहित )

समाचार कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोस:
- Advertisement -spot_img
- Advertisement -

ताजा समाचार

मेयर बालेन शाहले बाल दिवसको शुभकामना दिन सकिन भन्दै प्रधानमन्त्री ओलीको कडा आलोचना 

काठमाडौँ महानगरका मेयर बालेन शाहले बिहीबार आफ्नो फेसबुक पोस्टमार्फत बाल दिवसको शुभकामना दिन अस्वीकार गरेका छन्। शाहले प्रधानमन्त्री खड्ग...
- Advertisement -spot_img

अन्य समाचार

- Advertisement -spot_img