Monday, May 19, 2025
76.3 F
Washington DC.

भारतको प्रख्यात अदानी समूहलाई तीन दिनमा ६५ बिलियन डलरको घाटा, गौतम अदानी धनीको सूचीबाट झरे

सम्बन्धित समाचार

भर्जिनिया टाईम्स
भर्जिनिया टाईम्स
सत्य, तथ्य र स्वतन्त्र सामूदायिक डिजिटल मिडिया

भारतको प्रख्यात अदानी समूहका अधिकांश कम्पनीको सेयर घट्ने क्रम आज तेस्रो दिन पनि जारी रह्यो । जसका कारण अदानी समूहलाई तीन दिनमा ६५ बिलियन डलर नोक्सान भएको छ ।

यो गिरावट अमेरिकी अमेरिकी सर्ट सेलिंग कम्पनी हिन्डेनबर्ग रिसर्चले गत हप्ता एक प्रतिवेदन सार्वजनिक गरी अडानी समूह “दशकौँदेखि स्टक हेरफेर र लेखा जालसाजी” मा संलग्न रहेको आरोप लगाएको थियो ।

त्यसपछि गत साता बुधबार र शुक्रबार अदानी समूहका कम्पनीहरूमा ठूलो गिरावट आएको थियो । यीमध्ये केही कम्पनीको सेयर सोमबार पनि घटेको छ । जसका कारण अदानी समूहका कम्पनीहरुको बजार पुँजी ६५ बिलियन डलरले घटेको छ । सेयरमा आएको गिरावटका कारण कम्पनीका अध्यक्ष गौतम अडानीको नेटवर्थमा पनि भारी गिरावट आएको छ । तीन दिनमा उनको सम्पत्ति करिब ३७ बिलियन डलरले घट्यो । फोर्ब्सका अनुसार अदानीको कुल सम्पत्ति आज ८.३ बिलियन डलरले घटेको छ र उनी विश्वका धनी व्यक्तिको सूचीमा आठौं नम्बरमा झरेका छन् ।

अदानी समूहका सूचीकृत दशमध्ये सात कम्पनीको सेयर आज तेस्रो दिन पनि ओरालो लागेको छ । सबैभन्दा बढी गिरावट अदानी टोटल ग्यास र अदानी ट्रान्समिसनको शेयरमा आएको छ । यी कम्पनीको सेयर २० प्रतिशतले घटेर तल्लो सर्किटमा पुगेको छ । अदानी ग्रीन इनर्जीको शेयर पनि १८.११ प्रतिशतले घटेको छ । अदानी पावर, अदानी विल्मर र एनडीटीभी ५ प्रतिशत र अदानी पोर्ट्स १.११ प्रतिशतले घटेका छन् । समूहको प्रमुख कम्पनी अदानी इन्टरप्राइजेज ३.३६ प्रतिशत, एसीसी ०.४८ प्रतिशत र अम्बुजा २.१५ प्रतिशतले बढेको छ ।

फोर्ब्सको रियल टाइम अर्बपतिहरूको सूची अनुसार, अडानीको कुल सम्पत्ति आज ८.३ बिलियन डलरले घटेको छ र उनी धनीहरूको सूचीमा आठौं नम्बरमा झरेका छन्। अहिले उनको कुल सम्पत्ति रिलायन्स इन्डस्ट्रिजका अध्यक्ष मुकेश अम्बानीभन्दा करिब ४ बिलियन डलर बढी छ । अम्बानी अहिले यो सूचीमा १० नम्बरमा छन् । यस सूचीमा फ्रान्सका बर्नार्ड अर्नाल्ट २१३ बिलियन डलरसहित पहिलो नम्बरमा छन् । एलोन मस्क दोस्रो, जेफ बेजोस तेस्रो, ल्यारी एलिसन चौथो, वारेन बफेट पाँचौं र बिल गेट्स छैटौं स्थानमा छन् ।

अडानी समूहले आइतबार कम्पनीले ४१३ पृष्ठको एक वक्तव्य प्रकाशन गरी आफूहरूमाथि “दुराशययुक्त” आक्रमण भएको बताएको छ र हिन्डेनबर्गको दाबीलाई खण्डन गरेको छ । हिन्डेनबर्गले लगाएका आरोपहरू “झूट बाहेक केही नभएको” समूहले बताएको छ ।

“यो केवल कम्पनीमाथि अनावश्यक आक्रमण मात्र नभई समग्र भारत, भारतीय संस्थाहरूको स्वतन्त्रता, अखण्डता र गुणस्तर, र भारतको विकास र महत्त्वाकाङ्क्षा विरुद्धको आक्रमण हो,” समूहको वक्तव्यमा भनिएको छ ।

(एजेन्सीको सहयोग सहित )

समाचार कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोस:
- Advertisement -spot_img

ताजा समाचार

स्याउ बोकेको ट्रकबाट ठूलो परिमाणमा सुन फेला, चालक प्रहरी नियन्त्रणमा

रसुवागढी नाकाबाट काठमाडौंतर्फ आइरहेको स्याउ लोड गरिएको एक ट्रकबाट ठूलो परिमाणमा सुन फेला परेको छ।प्रहरीका अनुसार गोसाइँकुण्ड गाउँपालिका अन्तर्गतको...

अन्य समाचार

- Advertisement -spot_img