spot_img
Wednesday, September 25, 2024
71.2 F
Washington DC.
spot_img

टायरा निकोल्स: अमेरिकामा अश्वेत व्यक्तिलाई गोली हानेको भिडियो सार्वजनिक, फुटेजमा के देखियो?

सम्बन्धित समाचार

जिएनबी डेक्स
जिएनबी डेक्स
सत्य, तथ्य र स्वतन्त्र सामूदायिक डिजिटल मिडिया

संक्षिप्त

  • अधिकारीहरूद्वारा मेम्फिस पुलिस अधिकारीहरूले टायर निकोल्सको घातक कुटाइको ग्राफिक भिडियो जारी (यस लेखमा ग्राफिक भिडियोहरू र हिंसाको विवरणहरू भएकाले सावधानी अपनाउनु होला )
  • भिडियोमा २९ वर्षीय अश्वेत ड्राइभरलाई जनवरी ७ गम्भीर कुटपिट , तीन दिनपछि उनको मृत्यु ।
  • अधिकारीहरूले ग्राफिक भिडियो जारी गरेपछि प्रदर्शनकारीहरूद्वारा शुक्रबार राती न्यायको लागि आह्वान ।
  • पक्राउमा संलग्न पाँच पूर्व अधिकारीहरूलाई हत्या र अपहरणको आरोप ।
  • राष्ट्रपति बायडेनद्वारा शान्ती कायम राख्न अपिल

अमेरिकामा एक २९ वर्षीय अश्वेत व्यक्ति टायरी निकोल्सको हत्यालाई लिएर चर्को बिरोधका बीचमा प्रहरीले निकोल्सको मृत्यु भएको ट्राफिक स्टपको भिडियो सार्बजनिक गरेको छ। प्रहरीको वर्दीमा लगाइएको एक्सन क्यामेराबाट भिडियोको फुटेज खिचिएको हो । भिडिओ फुटेजमा पुलिसले निकोल्सलाई निर्ममतापूर्वक कुटपिट गरेको देखिन्छ।

अमेरिकाको टेनेसी राज्यको मेम्फिस शहरमा निकोल्सकोलाई कुटपिटको घटना भएको हो । प्रहरीले गत जनवरी ७ मा निकोल्सलाई कुटपिट गरेको थियो । कुटपिटपछि तीन दिनसम्म अस्पतालमा भर्ना भए पनि उपचारका क्रममा जनवरी १० मा उनको मृत्यु भएको थियो ।

को हुन् टायरा निकोल्स?

रिपोर्टका अनुसार टायर निकोल्स फेडएक्स कम्पनीमा काम गर्थे । उनी चार वर्षका छोराका पिता थिए । उनको परिवारले निकोल्सलाई स्केटबोर्डिङ र फोटोग्राफीको शौकीन रहेको बताएका छन् । उनी हरेक साँझ आमासँग खाना खाने गर्थे । कुटपिट भएको दिन उनी दोस्रो सिफ्टमा आमाकहाँ गएका थिए ।

सार्वजनिक भएको भिडियो फुटेजमा मेम्फिसका पाँच प्रहरी अधिकारीहरूले टायरी निकोल्सलाई लात मारिरहेको देखिन्छ। त्यही क्रममा घाइते निकोलसले रुँदै आमालाई बोलाइरहेका सुनिन्छ ।

गत जनवरी ७ मा निकोलसलाई कुटपिट गर्ने प्रहरीलाई पक्राउ गरेपछि प्राप्त भएको भिडियोमा उनलाई तीन मिनेटसम्म अफिसरले कुटपिट गरेको देखिन्छ ।

यसैबीच, मेम्फिस र न्यूयोर्क लगायत धेरै ठाउँमा निकोल्सको मृत्युको विरोधमा प्रदर्शन सुरु भएको छ।

निकोल्सका वकिलहरूले घटनालाई १९९१ मा भएको यस्तै घटनासँग तुलना गरेका छन्। लस एन्जलसको घटनामा प्रहरीले मादक पदार्थ सेवन गरेर गाडी चलाउने रोडनी किंग्सको हत्या गरेको थियो। निकोल्सलाई पनि लापरवाहिपूर्वक गाडी चलाएको आरोप लगाइएको छ । तर उनीमाथि लापरबाहीले सवारी चलाएको आरोप भने प्रमाणित हुन सकेको छैन ।

यति हुँदाहुँदै पनि प्रहरीले उनलाई कुटपिट गरेका थिए । गम्भीर कुटपिटका कारण तीन दिनपछि जनवरी १० मा निकोल्सको अस्पतालमा मृत्यु भयो। निकोल्स एक काला मानिस थिए र उनलाई कुटपिट गर्ने पाँचै जना पनि काला हुन्।

अमेरिकी राष्ट्रपति जो बाइडेनद्वारा शान्ती कायम राख्न अपिल

निकोल्सको मृत्युपछि अमेरिकी राष्ट्रपति जो बाइडेनले प्रदर्शनका बीचमा शान्ति कायम राख्न जनतालाई अपिल गरेका छन् ।

उनले भनेका छन् , “तपाईंहरूमध्ये धेरैजस्तै म पनि यो भयानक भिडियो देखेर गहिरो आक्रोशित छु। यो घटनाबाट म दुखी छु र मेरो विचार पीडित परिवारसँग छ।”

राष्ट्रपतिले यस विषयमा शान्तिपूर्ण आन्दोलन गर्न सुझाव दिँदै आफू पनि यसमा संलग्न रहेको बताए । उनले कालो र ब्राउन अमेरिकीहरूप्रति समवेदना व्यक्त गरेका छन् जसले हरेक दिन यस्तो पीडादायी समस्याको सामना गरिरहेका छन्।

भिडियो फुटेजमा के छ ?

मेम्फिस पुलिसले त्यो ट्राफिक स्टपको चार ग्राफिक भिडियोहरू जारी गरेको छ। उनीहरुसँग एक घण्टाको फुटेज रहेको प्रहरीले जनाएको छ

भिडियोको पहिलो क्लिपमा प्रहरीले निकोल्सलाई जबरजस्ती गाडीबाट बाहिर निकाल्ने प्रयास गरिरहेका छन् । भिडियोमा एक पुलिस अफिसरले उनलाई गाली गर्दै भुइँमा सुत्न भनेका छन् भने अर्का अफिसरले उनलाई ‘गोली मार’ भन्दै गरेको सुनिन्छ ।

त्यहि समयमा, अर्को अफिसरले निकोलसलाई आफ्नो हात पछाडि लैजान र बाँध्न आग्रह गर्छन । त्यसको केही समयपछि एक अफिसरले निकोल्समाथि गोली चलाउछ्न , उनी कुनै उपायले उफ्रिँदै त्यहाँबाट दौडिरहेको देखिन्छ।

त्यहि युटिलिटी पोलमा माउन्ट गरिएको क्यामेराबाट रेकर्ड गरिएको भिडियोले निकोल्सलाई आवासीय क्षेत्रमा केही पुलिसकर्मीहरूले खेदाएको देखाउँदछ – दुई प्रहरीले निकोल्सलाई भुइँमा समातेका र अर्कोले उसलाई लट्ठीले पिटेको देखिन्छ । उनीहरुले लात र मुक्काले कुटपिट गरेको पनि देखिन्छ ।

प्रहरीले निकोल्सलाई तान्छन् र कारको छेउमा बसाउन खोज्छन्।

पुलिसको शरीरको क्यामेराबाट खिचिएको तेस्रो र चौथो भिडियोमा निकोलस तल झुकेको देखिन्छ। प्रहरीहरुले आँखामा पेपर स्प्रे लगाएर कुटपिट गरिरहेको देखिन्छ । त्यसबेला निकोल्सले आफ्नी आमालाई चिच्याइरहेको बेला बोलाइरहेको सुनिन्छ ।

भिडियोमा प्रहरीहरु पनि यस घटनाको बारेमा जनतालाई कसरी बताउने भन्ने विषयमा आपसमा परामर्श गरिरहेको देख्न सकिन्छ ।

निकोल्सले आफ्नो बन्दुक खोस्नका लागि झम्टिएको केही प्रहरीको भनाइ छ, तर सार्वजनिक गरिएका भिडियोहरूमा प्रहरीले भने झैँ देखिदैन ।

प्रहरी अफिसरहरूले पनि गाडीबाट केही नभेटिएको भन्दै गरेको भिडियोमा सुनिन्छ ।

यस घटनाका सबै पाँच आरोपी प्रहरीहरू – टेड्रियस बीन, डिमिट्रियस हेली, डेसमन्ड मिल्स जुनियर, एमिट मार्टिन III र जस्टिन – लाई पद बाट बर्खास्त गरिएको छ । उनीहरु सबैलाई प्रहरीले नियन्त्रणमा लिएको छ र उनीमाथि हत्या लगायतका विभिन्न अभियोग लगाइएको छ ।

मेम्फिस प्रहरी निर्देशक सेलेरिन डेभिसले यसलाई “घृणित, लापरवाह र अमानवीय घटना” भनेका छन् ।

अधिकारीहरूले टायर निकोल्सको घातक कुटाइको ग्राफिक भिडियो जारी गरेपछि प्रदर्शनकारीहरूले शुक्रबार राती न्यायको लागि आह्वान गरेका छन् ।

समाचार कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोस:
- Advertisement -spot_img
- Advertisement -

ताजा समाचार

सहकारी ठगी काण्ड: रवि लामिछाने प्रहरी निगरानीमा

पूर्व डीआईजी छविलाल जोशी, जो गोरखा मिडियाका सञ्चालक पनि हुन्, सहकारी ठगी काण्डमा संलग्न भएको आरोपमा काठमाडौँबाट पक्राउ परेका...
- Advertisement -spot_img

अन्य समाचार

- Advertisement -spot_img