Thursday, April 17, 2025
50.2 F
Washington DC.

रवि लामिछानेले लिए नेपाली नागरिकता- पून बने रास्वपा सभापति

सम्बन्धित समाचार

भर्जिनिया टाईम्स
भर्जिनिया टाईम्स
सत्य, तथ्य र स्वतन्त्र सामूदायिक डिजिटल मिडिया

अन्तत: रवि लामिछानेले नेपाली नागरिकता प्राप्त गरेका छन् । लामिछानेले सबै प्रक्रिया पुरा गरेपछी आइतबार जिल्ला प्रशासन कार्यालय काठमाडौंले उनलाई नेपाली नागरिकताको प्रमाणपत्र दिएको हो ।

लामिछानेले अमेरिकामा बस्दा उतैको नागरिकता लिएका थिए। २०७५ सालमा अमेरिकाको नागरिकता त्यागेका थिए । उनी गैरपर्यटक (नाता) भिसामा नेपाल आएका थिए। त्यसपछि उनले नेपालमा बसेर संचार कर्म गर्दै राजनीतिमा प्रवेश गरेका थिए।

तर सर्वोच्च अदालतले नेपाली नागरिकता पुनः प्राप्तिका लागि लामिछानेले प्रक्रिया पूरा नगरेको ठहर गरे संगै उपप्रधान तथा गृह मन्त्री लगायत उनले सबै राजनीतिक हैसियत गुमाएका थिए।

कानुनबमोजिम त्यसबेला नै अमेरिकी नागरिकता त्यागेर नेपाली नागरिकता पुनः प्राप्ति गर्नुपर्नेमा लामिछानेले त्यो प्रक्रिया पूरा नगरी पुरानो नागरिकता प्रयोग गर्दै आएका थिए । उनले पुरानो नेपाली नागरिकताका आधारमा नेपाली पासपोर्ट समेत लिएका थिए। उक्त पासपोर्ट समेत लामिछानेले  राहदानी विभागलाई बुझाएका छन्।

उता, लामिछानेको नागरिकतासँगै पासपोर्टमाथि छानविन हुनुपर्ने उजुरी पनि जिल्ला प्रशासन कार्यालय, काठमाडौंमा विचाराधिन छ ।

यसैबीच, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सभापतिमा पुन: रवि लामिछानेलाई चयन गरेको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट नेपाली नागरिकता पुन: प्राप्ति गरेसँगै लामिछानेलाई आइतबार बसेको रास्वपा केन्द्रीय समिति बैठकले सभापतिमा चयन गरेको हो ।

समाचार कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोस:
- Advertisement -spot_img

ताजा समाचार

काठमाडौं उपत्यका र जाजरकोटमा फेरि भूकम्प: चीन सीमावर्ती डिंजे केन्द्रविन्दु, लगातार धक्का महसुस

आज बिहान काठमाडौं उपत्यका र आसपासका क्षेत्रमा भूकम्पको धक्का महसुस गरिएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार...

अन्य समाचार

- Advertisement -spot_img