Thursday, April 23, 2026
83.6 F
Washington DC.

यी पोषक तत्वको कमीले मधुमेह र हृदयाघातको जोखिम दोब्बर हुन्छ, जान्नुहोस् कुन खानामा पाइन्छन् यी पोषक तत्व ?

सम्बन्धित समाचार

भर्जिनिया टाईम्स
भर्जिनिया टाईम्स
सत्य, तथ्य र स्वतन्त्र सामूदायिक डिजिटल मिडिया

अचेल अनियमित जीवनशैली, खराब खानपान र तनावका कारण विश्वका अधिकांश मानिस मधुमेह र हृदयाघातको जोखिममा छन् । यी जीवनशैलीका कारण धेरैजसो मानिस ब्लड सुगर, ब्लड प्रेसर, मुटुको रोग र बढ्दो तौलबाट त्रसित छन् । यस्तो अवस्थामा रगतमा चिनी नियन्त्रण गर्न खानपानमा विशेष ध्यान दिनुपर्छ ।

मधुमेह एक गम्भीर रोग हो, यदि उच्च चिनीको मात्रा नियन्त्रण गरिएन भने यसले शरीरका विभिन्न अंगहरूमा नराम्रो असर पार्न सक्छ। तर नियमित खानपान राम्रो भएतापनि शरीरमा म्याग्नेसियमको कमी भएमा मधुमेहको जोखिम बढ्ने चिकत्सकहरूको राय छ । त्यसैले समयमै सचेत हुन जरुरी छ ।

म्याग्नेसियमले चिनीको मात्रा सन्तुलनमा राख्छ
हाम्रो शरीरलाई स्वस्थ राख्न धेरै पोषक तत्वका साथसाथै म्याग्नेसियम पनि आवश्यक हुन्छ, त्यसैले यसको कमी शरीरमा हुनुहुँदैन। म्याग्नेसियम एक महत्त्वपूर्ण खनिज हो जसले हाम्रो शरीर भित्र धेरै रासायनिक प्रतिक्रियाहरूमा महत्त्वपूर्ण भूमिका खेल्छ, जसले शरीरलाई स्वस्थ राख्न मद्दत गर्दछ।

म्याग्नेसियमले हाम्रो रगतमा चिनीको मात्रालाई सन्तुलनमा राख्न मद्दत गर्ने भएकाले यसको कमीले मधुमेहको जोखिम बढाउन सक्छ। यसका अलावा मुटु रोग, कमजोरी, थकान, मांसपेशीमा तनाव, कमजोर शरीर जस्ता समस्याहरू हुन सक्छ।

यी खानेकुरामा म्याग्नेसियम पाइन्छन:

  • ब्रोकाउली
  • नट
  • केरा
  • सिडस
  • हरियो पत्तेदार तरकारी
  • भटमास
  • एभोकाडो
  • दही
  • अन्जीर
  • होल ग्रेन
  • ओट मील
  • चिकेन ब्रेस्ट


(यो लेख सामान्य जानकारीको लागि हो, कुनै पनि उपाय अपनाउनु अघि डाक्टरसँग परामर्श गर्नुपर्छ)

समाचार कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोस:
- Advertisement -spot_img

ताजा समाचार

भर्जिनियाका एक छात्रको दुर्घटना र जीवनमरणको सङ्घर्ष , अहिले ‘फुटलुस’ म्युजिकलमा मुख्य भूमिका — प्रेरणादायक कथा

भर्जिनियाका एक छात्रको दुर्घटना र जीवनमरणको सङ्घर्ष , अहिले ‘फुटलुस’ म्युजिकलमा मुख्य भूमिका — प्रेरणादायक...

अन्य समाचार

- Advertisement -spot_img