spot_img
Thursday, November 21, 2024
45.3 F
Washington DC.
spot_img

अमेरिकाले नेपालमा लोकतान्त्रिक संस्था र नागरिक समाजलाई सुदृढ गर्न ६० मिलियन डलर अनुदानको घोषणा

सम्बन्धित समाचार

जिएनबी डेक्स
जिएनबी डेक्स
सत्य, तथ्य र स्वतन्त्र सामूदायिक डिजिटल मिडिया

नेपालको दुईदिने भ्रमणमा आएकी अन्तर्राष्ट्रिय विकासका लागि अमेरिकी नियोग (यूएसएआईडी) का प्रशासक सामन्था पावरले नेपालमा लोकतान्त्रिक प्रगतिलाई अघि बढाउन युएसएआईडीले कोषको उपलब्धताको आधारमा ५८.५ मिलियन अमेरिकी दलर (साढे ७ अर्ब रुपैयाँभन्दा बढी) उपलब्ध गराउने मङ्गलबार घोषणा गरेकी छन् । यस घोषणाको ४०.२ मिलियन डलर २०२२ मा घोषणा गरिएको ६५९ मिलियन विकास उद्देश्य सम्झौताको अंश भएको यूएसएआईडी जनाएको छ

सन् २०२२ को पारदर्शी र शान्तिपूर्ण निर्वाचनपछि नेपालले संघीयतालाई सुदृढ गर्ने, महिला र सीमान्तकृत समुदायको समावेशीकरणलाई अगाडि बढाउने, आफ्ना युवाहरूलाई सशक्तिकरण गर्ने र प्रजातन्त्रले आफ्ना नागरिकहरूका लागि परिणाम ल्याउन सक्छ भनी देखाउने अवसर पाएको छ, युएसएआईडीले जारी गरेको विज्ञप्तिमा भनेको छ। यस प्रयासमा सयुक्त राज्य अमेरिका साझेदार हुने विज्ञप्तिमा भनिएको छ।

यूएसएआईडीको लगानीले सार्वजनिक वित्तीय व्यवस्थापन, स्वतन्त्र नागरिक समाज तथा सञ्चारमाध्यम, लोकतान्त्रिक प्रक्रिया तथा संस्था, कानूनी शासन र निजी क्षेत्र विकासको सुदृढीकरण गरी नेपाललाई आफ्ना लोकतान्त्रिक उपलब्धी मजबुत पार्न र नेपालीका निम्ती अझ बृहत् समृद्धि र उत्थानशीलता भित्र्याउन मद्दत गर्नेछ । मानव बेचबिखनविरुद्ध लड्न नेपाललाई सहयोग गर्न पनि युएसएआइडीले जारी राख्ने जनाएको छ ।

समावेशी लोकतन्त्रको सुदृढीकरण
आज घोषित लगानीमा आर्थिक दृष्टिकोणबाट अझ बढी पारदर्शी र जवाफदेही तबरबाट सार्वजनिक सेवा प्रदान गर्न प्रादेशिक तथा स्थानीय सरकारहरूलाई सहयोग गरी नेपालमा समावेशी लोकतन्त्र र समृद्धिको सुदृढीकरण गर्न २ करोड डलरसम्म समावेश गरिएको छ ।

नागरिक समाज र सञ्चार माध्यमको समर्थ
उक्त लगानीमा सामुदायिक आवश्यकता, आधारभूत स्वतन्त्रता र जवाफदेहितालाई अघि बढाउन महिला, युवा र सीमान्तकृत समुदायका नेतृत्वमा र उनीहरूकै निम्ति बनेका स्वतन्त्र नागरिक समाजका संस्थालाई सहयोग गर्न १ करोड ८५ लाख डलरसम्मको रकम दिइने भएको छ । सरकार र आमजनतासँग प्रभावकारीरूपमा संलग्न हुन आवश्यक सीप, विश्वसनियता र विधि विकास गर्दै गर्दा उक्त नागरिक समाजका सङ्गठनसँग युएसएआइडीले काम गर्नेछ ।

युएसएआइडीले सञ्चार माध्यममाथिको सामाजिक विश्वास बढाउने किसिमका विश्वसनीय सूचना र अझ बढी विविधतायुक्त भाष्यहरूमा सार्वजनिक पहुँच सुधार गर्ने प्रयासलाई सहयोग गर्न सञ्चारमाध्यमसँग पनि साझेदारी गर्ने जनाएको छ ।

कानुनी शासनलाई मजबुत बनाउने र मानव बेचबिखनविरुद्ध लड्ने
कानूनी शासनलाई मजबुत बनाउन, स्वतन्त्र र निष्पक्ष निर्वाचनलाई थप टेवा पुर्‍याउन र मानव बेचबिखनविरुद्ध लड्न पनि युएसएआइडीले स्थानीय नेपाली सङ्घसंस्था र सरकारी संस्थासँग निकट रही काम गर्ने र तिनलाई सहयोग गर्ने जनाएको छ । यी नयाँ लगानी नेपालका लक्ष्य र आकाङ्क्षालाई टेवा पुर्‍याउन नेपालका सरकार र जनता, निजी क्षेत्र र अन्यसँग रहेको युएसएआइडीको ६० वर्षभन्दा लामो साझेदारीमा आधारित छन् ।

साझेदारीप्रति युएसएआइडीको दृष्टिकोण नेपालीले आफ्नो लोकतन्त्रलाई कसरी सुदृढ बनाउने भनी राम्ररी जान्दछन् र सम्मानजनक र पारस्परिक सहयोगबाट मात्र हामी नेपाललाई समृद्ध बन्न मद्दत गर्न सक्छौँ भन्ने मान्यतामा आधारित छ ।

नेपालले हालसालै जारी गरेको साझा न्यूनतम कार्यक्रममा समाविष्टलगायतका सरकारी प्राथमिकतासँग सहयोगलाई समायोजन गर्न सम्बन्धित नेपाली सरकारी निकायसँगको साझेदारीमा काम गर्न युएसएआइडीले तत्पर रहेको उल्लेख गरेको छ ।

समाचार कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोस:
- Advertisement -spot_img
- Advertisement -

ताजा समाचार

अदानी समूहमाथि घुसखोरीको आरोप: २५ करोड डलरभन्दा बढी घूस प्रस्तावको आरोप

अमेरिकी सिक्युरिटीज एन्ड एक्सचेन्ज कमिसन (एसईसी) ले भारतीय उद्यमी गौतम अदानी, उनका भतिज सागर अदानी, र सिरिल कबान्सविरुद्ध बहु-अर्ब...
- Advertisement -spot_img

अन्य समाचार

- Advertisement -spot_img