Wednesday, April 9, 2025
42.1 F
Washington DC.

भारतलाई ३–१ ले हराउँदै नेपाल साफ यू–२० महिला च्याम्पियनसिप प्रतियोगितामा प्रवेश

नेपाली टोली बंगलादेशमा जारी साफ यू २० महिला च्याम्पियनसिपको फाइनलमा पुगेको छ । राउन्ड रोविनको आफ्नो अन्तिम खेलमा मंगलबार भारतमाथि ३–१ को सानदार जित निकाल्दै नेपाल फाइनलमा पुग्न सफल भएको हो ।

सम्बन्धित समाचार

जिएनबी डेक्स
जिएनबी डेक्स
सत्य, तथ्य र स्वतन्त्र सामूदायिक डिजिटल मिडिया

नेपाल साफ यू–२० महिला च्याम्पियनसिप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।

बंगलादेशमा जारी साफ च्याम्पियनसिपमा भारतलाई हराउँदै नेपाल फाइनलमा पुगेको हो । ढाकामा आज भएको खेलमा नेपालले भारतलाई ३–१ ले हराएको थियो ।

ढाकास्थित वीर श्रेष्ठ सहिद मुस्तफा स्टेडियममा १–० ले पछि परेको खेल उल्टाउँदै नेपालले अन्तिम दुईको यात्रा तय गरेको हो । फाइनल पुग्ने अर्को टोलीको टुंगो आजै हुने राउन्ड रोविनको अन्तिम खेलबाट लाग्नेछ । जसमा आयोजक बंगलादेश र भुटानबीच प्रतिस्पर्धा हुनेछ ।

भारतका लागि २१ औं मिनेटमा अपूर्णा नार्जरीले गोल गर्दै अग्रता दिलाएकी थिइन् । ४८ औं मिनेटमा अन्जली चन्दले नेपालका लागि बराबरी गोल गरेकी थिइन् । कप्तान प्रिति राईले ६९ औं मिनेटमा गोल गरेपछि नेपाल २–१ ले अगाडि लागेको थियो । ८९ औं मिनेटमा अमिशा कार्कीले गोल गर्दै नेपालको जित पक्का गरेकी थिइन् । प्रतियोगितामा अमिशाको ४ र प्रितीको २ गोल पुगेको छ ।

आज भुटानलाई हराए वा बराबरमिा रोकिएपनि बंगलादेश अन्तिम दुईमा पुग्नेछ । बंगलादेश पराजित भएको खण्डमा भने भारत अन्तिम दुईमा पुग्नेछ । ३ खेलपछि नेपालको ६ अंक पुगेको छ । भारत र एक खेल कम खेलेको बंगलादेशको समान ४ अंक छ । भुटान अंक विहिन छ ।

नेपालले ३ खेलमा दुई जित र एक खेलमा हार बेहोरेको छ । भारतले ३ खेलमा १ जित, १ बराबर र १ खेलमा हार बेहोरेको छ । बंगलादेशले २ खेलमा १ जित र १ बराबरी खेलेको छ । भुटानले दुवै खेल गुमाएको थियो । पहिलो खेलमा बंगलादेशसँग ३–१ ले पराजित भएको नेपालले दोस्रो खेलमा भुटानलाई ४–० ले हराएको थियो । भुटानलाई पहिलो खेलमा १२–० ले हराउको भारत बंगलादेशसँग गोलरहित बराबरीमा रोकिएको थियो ।

प्रतियोगितामा नेपालसहित आयोजक बंगलादेश, भारत र भुटानको सहभागिता रहेको छ ।

समाचार कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोस:
- Advertisement -spot_img

ताजा समाचार

ट्रम्पको ५०% भन्सार करको धम्कीपछि चीनको कडा चेतावनी : ‘अन्तिमसम्म लड्नेछौं’

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमबार चीनमाथि थप ५० प्रतिशत भन्सार शुल्क लगाउने धम्की दिएपछि दुई ठूला अर्थतन्त्रबीचको व्यापार युद्ध...

अन्य समाचार

- Advertisement -spot_img