spot_img
Friday, September 27, 2024
72.6 F
Washington DC.
spot_img

एप्पल आईफोन डिजाइनरले बनाएको बेलायतका राजा चार्ल्स तृतीयको राज्याभिषेकको शाही लोगो जारी

सम्बन्धित समाचार

जिएनबी डेक्स
जिएनबी डेक्स
सत्य, तथ्य र स्वतन्त्र सामूदायिक डिजिटल मिडिया

बेलायतका राजा चार्ल्स तृतीयको मे ६ मा तय भएको राज्याभिषेकको शाही लोगो शनिबार बकिङ्घम प्यालेसमा विमोचन गरिएको छ । गोलाकार आकारको फ्लोरल डिजाइनको शाही लोगोमा एक प्रसिद्ध ब्रिटिश डिजाइनर जसले एप्पल आईफोन डिजाइन गरेका थिए, उनैलेले बनाएका हुन्। ।

विश्व प्रख्यात टेक कम्पनी एप्पलका पूर्व प्रमुख डिजाइन अधिकारी सर जोनी इभद्वारा डिजाइन गरिएको शाही लोगो उनको रचनात्मक संग्रह ‘लभ फ्रम ‘ बाट लिइएको हो। सर जोनी इभको नाममा विश्वभर १४ हजार भन्दा बढी पेटेन्टहरू छन्।

लोगोमा सम्पूर्ण बेलायतको झलक देखाइएको छ। यसले प्राकृतिक संसार र बेलायतका चार देशहरू – इङ्गल्याण्ड, स्कटल्याण्ड, वेल्स र उत्तरी आयरल्याण्डको वनस्पतिप्रति ७४ वर्षीय राजाको प्रेमलाई चित्रण गर्दछ। प्रेम र प्राकृतिक संसारप्रति राजाको गहिरो चासोबाट प्रेरित भै यस लोगोको निर्माण गरेको इभले भनेका छन् ।

रानी एलिजाबेथ द्वितीयको मृत्यु पछि चार्ल्स तृतीयलाई बेलायतको राजा घोषित गरिएको थियो। तर, त्यसपछि उनको औपचारिक राज्याभिषेक हुन सकेको थिएन । उनी लन्डनको वेस्टमिन्स्टर चर्चमा बेलायतको राजाको रूपमा सिंहासनमा बसेका थिए। त्यसबेलादेखि राजा चार्ल्स तृतीयको राज्याभिषेकको तयारी भइरहेको थियो। यसअघि उनी बेलायती राजकुमारको जिम्मेवारी सम्हाल्दै आएका थिए । उनी दुई दाजुभाइमध्ये जेठा हुन् ।

समाचार कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोस:
- Advertisement -spot_img
- Advertisement -

ताजा समाचार

सहकारी ठगी काण्ड: रवि लामिछाने प्रहरी निगरानीमा

पूर्व डीआईजी छविलाल जोशी, जो गोरखा मिडियाका सञ्चालक पनि हुन्, सहकारी ठगी काण्डमा संलग्न भएको आरोपमा काठमाडौँबाट पक्राउ परेका...
- Advertisement -spot_img

अन्य समाचार

- Advertisement -spot_img