spot_img
Friday, September 27, 2024
72.5 F
Washington DC.
spot_img

फोटो प्रेमीहरूले अब व्हाट्सएपमा यी सुविधाहरु पाउदै , सजिलैसँग मूल गुणस्तरमा फोटोहरू पठाउन सकिने

सम्बन्धित समाचार

जिएनबी डेक्स
जिएनबी डेक्स
सत्य, तथ्य र स्वतन्त्र सामूदायिक डिजिटल मिडिया

प्रयोगकर्ताहरूले अब इन्स्ट्यान्ट मेसेजिङ प्लेटफर्म व्हाट्सएपमा मूल गुणस्तरमा फोटोहरू पठाउन सक्ने भएका छन्। ह्वाट्सएपले चाँडै यो फिचर जारी गर्न सक्ने बताइएको छ । जानकारी भए अनुसार व्हाट्सएपले नयाँ फिचरमा काम गरिरहेको छ जसले प्रयोगकर्ताहरूलाई मूल गुणस्तरमा व्हाट्सएपमा फोटोहरू पठाउन अनुमति दिनेछ। हालै व्हाट्सएपको नयाँ कलिङ सर्टकट फीचर र भ्वाइस नोट जारी गर्न लागेको भन्ने जानकारी समेत आएको छ।

मूल गुणस्तरमा फोटोहरू पठाउन सकिने
हाल, व्हाट्सएपमा फोटोहरू पठाउँदा यसको गुणस्तरमा धेरै ह्रास आउने गरेको छ। यद्यपि, धेरै प्रयोगकर्ताहरूले मूल गुणस्तरमा फोटोहरू पठाउन डकुमेन्ट फाइल प्रयोग गर्छन्। तर यो लामो प्रक्रिया भएको र यसमा रिभ्यू गरेर हेर्न सकिदैन । नयाँ फिचरसँगै प्रयोगकर्ताले उच्च गुणस्तर र मूल गुणस्तरका तस्बिरहरू सिधै पठाउने सुविधा पाउनेछन्।

WABetaInfo को रिपोर्ट अनुसार ओरिजिनल गुणस्तरमा फोटो पठाउने फिचरको विकास भइरहेको छ। यो डेस्कटप एप्लिकेशनको अपडेटमा चाँडै रिलीज हुने अपेक्षा गरिएको छ। गत महिना मेसेजिङ प्लेटफर्मले एन्ड्रोइड बिटाको लागि यो सुविधामा काम गरिरहेको खबर आएको थियो।

भ्वाइस नोट सुविधा
व्हाट्सएपले हाल सीमित प्रयोगकर्ताहरूको लागि भ्वाइस नोट सुविधा जारी गरेको छ। चाँडै नै सबै प्रयोगकर्ताका लागि उपलब्ध गराइने अपेक्षा गरिएको छ । भ्वाइस नोट सुविधा प्रयोगकर्ताहरूले फोटो र भिडियो स्टेसस जस्तै भ्वाइस नोट सेट गर्न सक्षम हुनेछन । यसका लागि प्रयोगकर्ताले ३० सेकेन्डसम्म भ्वाइस सेयर गर्ने सुविधा पाउनेछन् । यसमा प्रयोगकर्ताहरूले तुरुन्तै आवाज रेकर्ड गर्न सक्षम हुनेछन्।

स्टाटस प्रतिक्रिया सुबिधा
व्हाट्सएपको यो फिचरका साथ प्रयोगकर्ताहरूले अन्य प्रयोगकर्ताहरूको स्टाटसमा प्रतिक्रिया दिन सक्षम हुनेछन्। अर्थात्, प्रयोगकर्ताहरूले अर्को प्रयोगकर्ताको स्टाटस इमोजी प्रतिक्रिया सीधै दिन सक्छन्। प्रयोगकर्ताहरूले स्टाटसलाई माथितिर स्वाइप गरेर प्रतिक्रिया दिने सुविधा पाउनेछन्। प्रयोगकर्ताहरूले आठ बटा क्विक इमोजी प्रतिक्रियाहरूको सुविधा पाउनेछन्।

कलिङ सर्टकट
व्हाट्सएपको कलिङ सर्टकट फिचरमा प्रयोगकर्ताले सिंगल ट्यापमा कल गर्ने सुविधा पाउनेछन्। अर्थात्, प्रयोगकर्ताहरूले व्हाट्सएप नखोली एकै ट्यापमा कल गर्न सक्नेछन्। प्रयोगकर्ताहरूले एकै ट्यापमा सम्पर्क फोन नम्वरहरू प्राप्त गर्नेछन्। प्रयोगकर्ताहरूले फोनको लागि होम स्क्रिनमा कुनै पनि सम्पर्क फोन सेट गर्न सक्षम हुनेछन्।

समाचार कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोस:
- Advertisement -spot_img
- Advertisement -

ताजा समाचार

सहकारी ठगी काण्ड: रवि लामिछाने प्रहरी निगरानीमा

पूर्व डीआईजी छविलाल जोशी, जो गोरखा मिडियाका सञ्चालक पनि हुन्, सहकारी ठगी काण्डमा संलग्न भएको आरोपमा काठमाडौँबाट पक्राउ परेका...
- Advertisement -spot_img

अन्य समाचार

- Advertisement -spot_img