Friday, April 18, 2025
76.1 F
Washington DC.

निक्की हेलीद्वारा २०२४ को राष्ट्रपतीय निर्वाचनमा उम्मेदवारी घोषणा

सम्बन्धित समाचार

भर्जिनिया टाईम्स
भर्जिनिया टाईम्स
सत्य, तथ्य र स्वतन्त्र सामूदायिक डिजिटल मिडिया

रिपब्लिकन पार्टीले सन् २०२४ को राष्ट्रपतीय निर्वाचनमा उम्मेदवारी दिने घोषणा गरेपछि भारतीयमूलकी अमेरिकी नेता निक्की हेलीले बुधबार औपचारिक रूपमा सन् २०२४ को राष्ट्रपतीय निर्वाचनका लागि उम्मेदवारी दिएकी छन् । उनले साउथ क्यारोलिनाबाट चुनावी अभियान सुरु गरेकी हुन् । सो अवसरमा हेलीले चुनावी लडाइमा आफ्नो जीवन समर्पित गरेको बताइन् । उनले आफु बलियो र गौरवशाली अमेरिकाका लागि राष्ट्रपतिको दौडमा रहेको बताइन ।

हेलीले साउथ क्यारोलिनाको गभर्नर र संयुक्त राष्ट्र संघका लागि अमेरिकी राजदूतको रूपमा काम गरि सकेकी छन् ।

दक्षिण क्यारोलिनाका पूर्व गभर्नर हेलीले उनका आमाबुवा राम्रो जीवनको खोजीमा भारतबाट अमेरिका आएर दक्षिण क्यारोलिनाको बाम्बर्गमा बसोबास गरेको बताइन् । चुनावी प्रचार अभियानमा सम्बोधन गर्दै हेलीले भनिन्, “म आप्रवासीकी छोरी, एक लडाकु योद्धाकी श्रीमती र दुई सन्तानकी आमाको रूपमा उभिएकी छु।” उनले भनिन , मेरा आमाबाबुले हाम्रा दाजुभाइ दिदीबहिनीहरूलाई दिनहुँ सम्झाउनुहुन्थ्यो कि अमेरिका हाम्रो खराब दिनमा सधै हाम्रो साथमा छ। यसका लागि हामी कृतज्ञ छौं।

अमेरिकी राष्ट्रपति जो बाइडेनमाथि आलोचना गर्दै हेलीले आज अमेरिका पछाडि परेको बताइन् । जो बाइडेन यस असफलताको प्रतीक भएको उनले बताइन । राष्ट्रिय ऋण ३० ट्रिलियन डलर रहेको बताउदै बर्तमान अमेरिका आफ्नो आमा बुबा आउदा जस्तो नभएको बताइन ।

हेलीले बुधबार औपचारिक रुपमा सन् २०२४ को राष्ट्रपतीय निर्वाचनका लागि उम्मेदवारी दिए पश्चात अब रिपब्लिकन पार्टीभित्र उनले पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पसँग प्रतिस्पर्धा गर्नु पर्ने छ । हालसम्म रिपब्लिकन पार्टीबाट राष्ट्रपतिको उम्मेदवारीका लागि दाबी पेश गर्ने ट्रम्प एकमात्र उम्मेदवार छन् । ५१ वर्षीया हेली दुई पटक साउथ क्यारोलिनाको गभर्नर भइसकेकी छन् । निक्की हेलीले जो बाइडेनविरुद्ध छुट्टै चुनाव लड्ने संकेत यसअघि नै गरिसकेकाथिइन् ।

रिपब्लिकन नेता हेलीले ह्वाइट हाउसको उम्मेदवारको रूपमा पहिलो पटक सार्वजनिक रूपमा चीनलाई कडा चेतावनी दिएकि छन् । उनले पूर्व सोभियत संघ जस्तै कम्युनिष्ट चीन पनि इतिहास भित्र सिमित रहने बताईन ।

उनले अगाडी भनिन ‘अमेरिकाको सशस्त्र सेना पहिलेभन्दा अब बलियो र सक्षम हुनेछ। बलियो सेनाले युद्ध सुरु गर्दैन। एक बलियो सेना युद्ध रोक्छ! “हामी इजरायलदेखि युक्रेनसम्मका हाम्रा सहयोगीहरूसँग उभिनेछौं र इरान र रुसका हाम्रा शत्रुहरू विरुद्ध खडा हुनेछौं,” हेलीले भने।

समाचार कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोस:
- Advertisement -spot_img

ताजा समाचार

काठमाडौं उपत्यका र जाजरकोटमा फेरि भूकम्प: चीन सीमावर्ती डिंजे केन्द्रविन्दु, लगातार धक्का महसुस

आज बिहान काठमाडौं उपत्यका र आसपासका क्षेत्रमा भूकम्पको धक्का महसुस गरिएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार...

अन्य समाचार

- Advertisement -spot_img