Friday, April 18, 2025
75.4 F
Washington DC.

नेशनल ज्योग्राफिक: ‘पिक्चर अफ द इयर’ प्रतियोगिताको विजेता घोषणा, भारतीय-अमेरिकीले जिते प्रथम पुरस्कार

सम्बन्धित समाचार

भर्जिनिया टाईम्स
भर्जिनिया टाईम्स
सत्य, तथ्य र स्वतन्त्र सामूदायिक डिजिटल मिडिया

नेशनल जियोग्राफिकले ‘पिक्चर्स अफ द इयर’ फोटो प्रतियोगिताको विजेता सार्वजनिक गरेको छ।
भारतीय अमेरिकी कार्तिक सुब्रमण्यमले नेशनल जियोग्राफिकको ‘पिक्चर अफ द इयर’ प्रतियोगिता जितेका छन् । गत शुक्रबार , नेट जियोका विज्ञ फोटो सम्पादकहरूको टोलीले धेरै छलफल पछि उनको नाम घोषणा गरेको थियो ।

कार्तिक सुब्रमण्यमको “डान्स अफ द ईगल्स” फोटोलाई प्रथम पुरस्कार विजेता घोषित गरिएको थियो । कार्तिकको बिजयी यस तस्बिरमा अलास्काको चिल्काट बाल्ड ईगल प्रिजर्वमा रुखको हाँगामा पर्चका लागि लडिरहेका तीन चीलहरू देखाइएको छ। प्रतियोगितामा उनको विजय आधिकारिक विज्ञप्ति मार्फत घोषणा गरिएको थियो।

प्रतियोगितामा विजयी भएपछि खुसी भएका सुब्रमण्यमले भने कि हरेक वर्ष नोभेम्बरमा सयौं बाल्ड चीलहरू अलास्काको चिल्कट बाल्ड ईगल प्रिजर्भमा आउँछन्। पछिल्ला दुई वर्षदेखि उनी तस्विर खिच्न नोभेम्बर महिनामा त्यहाँ जाने गर्थे । अब सुब्रमण्यमको तस्बिर नेसनल ज्योग्राफिक पत्रिकाको मे महिनाको अंकमा प्रकाशित हुनेछ। भारतीय अमेरिकी कार्तिक सुब्रमण्यम एक व्यबसायिक सफ्टवेयर विकासकर्ता हुन् र फोटोग्राफी पनि शौकको रूपमा गर्छन्।

नेशनल ज्योग्राफिकले कुल २० लाख मध्ये ११८ फोटो प्रतियोगिले २०२२ मा खिचिएको आफ्नो मनपर्ने फोटो पेश गर्न देशभरका इच्छुक फोटोग्राफरहरूलाई आमन्त्रित गरेको थियो, जसलाई चार वर्गहरू: प्रकृति, मानिसहरू, ठाउँहरू र जनावरहरूमा बाढिएको थियो।

समाचार कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोस:
- Advertisement -spot_img

ताजा समाचार

काठमाडौं उपत्यका र जाजरकोटमा फेरि भूकम्प: चीन सीमावर्ती डिंजे केन्द्रविन्दु, लगातार धक्का महसुस

आज बिहान काठमाडौं उपत्यका र आसपासका क्षेत्रमा भूकम्पको धक्का महसुस गरिएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार...

अन्य समाचार

- Advertisement -spot_img