Saturday, July 25, 2026
82 F
Washington DC.

चीनले पाकिस्तानलाई ७० करोड डलरको नयाँ ऋण दिने

सम्बन्धित समाचार

भर्जिनिया टाईम्स
भर्जिनिया टाईम्स
सत्य, तथ्य र स्वतन्त्र सामूदायिक डिजिटल मिडिया

चीनले पाकिस्तानलाई ७० करोड डलर ऋण स्वीकृत गरेको छ । रकम यसै हप्ता पाकिस्तानको केन्द्रीय बैंकमा हस्तान्तरण गरिने छ। पाकिस्तानका अर्थमन्त्री इशाक दारले बुधबार यो जानकारी दिएका हुन् ।

चाइना डेभलपमेन्ट बैंकको बोर्ड अफ डाइरेक्टर्सले यो घोषणा पाकिस्तानको संसद, राष्ट्रिय सभाले सर्वसम्मतिले मुद्रा विधेयक पारित गरेको एक दिनपछि आएको हो। कर राजस्व बढाउने उद्देश्यले मुद्रा विधेयक ल्याइएको स्थानिय संचार माध्यमले जनाएका छन् । अन्तर्राष्ट्रिय मुद्रा कोषको आर्थिक सहायतासम्बन्धी विभिन्न शर्तहरूमा पनि यसलाई समावेश गरिएको बताइएको छ ।

चाइना डेभलपमेन्ट बैंकसँग सबै औपचारिकता पूरा भइसकेको र रकम स्टेट बैंक अफ पाकिस्तानमा हस्तान्तरण गरिने डारले बताएका छन् । उनले ट्वीटरमा लेखेका छन्, ‘चाइना डेभलपमेन्ट बैंकको सञ्चालक समितिले ७० करोड डलर ऋण स्वीकृत गरेको छ । स्टेट बैंक अफ पाकिस्तानले यसै हप्ता यो रकम पाउने अपेक्षा गरेको जनाएको छ। यसले देशको विदेशी मुद्रा सञ्चिति बढ्नेछ ।

एक रिपोर्टका अनुसार पाकिस्तानमा चीनको सबैभन्दा बढी ऋण छ । पाकिस्तानमा हालको ऋणको ३० प्रतिशत चीनको मात्र भएको जनाइएको छ ।

समाचार कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोस:
- Advertisement -spot_img

ताजा समाचार

भर्जिनियाका एक छात्रको दुर्घटना र जीवनमरणको सङ्घर्ष , अहिले ‘फुटलुस’ म्युजिकलमा मुख्य भूमिका — प्रेरणादायक कथा

भर्जिनियाका एक छात्रको दुर्घटना र जीवनमरणको सङ्घर्ष , अहिले ‘फुटलुस’ म्युजिकलमा मुख्य भूमिका — प्रेरणादायक...

अन्य समाचार

- Advertisement -spot_img