spot_img
Friday, September 27, 2024
75.9 F
Washington DC.
spot_img

प्रचण्ड पथ बन्यो ढुलमूले पथ: कुर्शीमा सहमति तर देश विकासमा खै ?

सम्बन्धित समाचार

जिएनबी डेक्स
जिएनबी डेक्स
सत्य, तथ्य र स्वतन्त्र सामूदायिक डिजिटल मिडिया

पुष्पकमल दाहाल अर्थात प्रचण्डको बाकि बचेको जुन छवि थियो, अब त्यो पनि नरहने भयो। सत्ता र परिवार मोहले यीनले आफ्नो छवि त बिगारे नै विश्वमा देशको छवि समेत भत्काएका छन।

कांग्रेसले आफुलाई प्रधानमन्त्री बन्न नदिने भए पछि गत पुष १० गते मात्र एमाले लगायतका दलहरुसंग नयाँ गठबन्धन गरी प्रचण्ड प्रधानमन्त्री बनेका थिए। आकस्मिक र अप्रत्याशित रुपमा प्रचण्डले काग्रेससंगको गठबन्धन तोडदै प्रधानमन्त्री पाउनका लागि एमालेसंग घाँटी जोड्न पुगेका थिए।

एमाले स्रोतका अनुसार, एमालेसंगको पुस १० गते भएको सहमति अनुसार शुरुको आधा समय प्रचण्ड प्रधानमन्त्री हुने र त्यसपछिको आधा समय एमाले प्रधानमन्त्री हुने सहमति भएको थियो। त्यस्तै , राष्ट्रपति एमालेलाई दिने सहमति भएको थियो।

प्रचण्डको ढुलमूले पथ

यतिबेला राष्ट्रपतिकालागि अर्को लफडा शुरु भएको छ। प्रचण्ड प्रधानमन्त्री नियुक्त भए देखि नै उनी लगायतका प्रमूख दलका नेताहरु निरन्तर कुर्शी बाडफ़ाड्मा नै आफ्नो समय बिताएका छन।

प्रचण्डले राष्ट्रपतिका लागि एमालेसंग भएको सहमति तोड्दै राष्ट्रिय सहमति खोज्नुपर्ने अडान राखेको स्रोतको भनाइ छ। स्रोतका अनुसार ओली – प्रचण्ड बिचको उक्त भेटवार्तामा ओलीले पुस १० को सहमति अनुसार राष्ट्रपति एमालेकै हुनुपर्ने अडान लिएका थिए । त्यस पश्चात एमालेले आफ्नो दलले राष्ट्रपति नपाए पुस १० को सहमति भंग हुने र आफ्नो ढंगले अघि बढ्ने बताए पछि ओली – प्रचण्ड बिचको गठबन्धन धरापमा परेको श्रोतले जनाएको छ ।

प्रचण्डको बहुरुपीपन र ढुलमूले आचरणमा परिचित अर्का चतुर खेलाडी एमाले अध्यक्ष ओली छलफल सकेर बालुवाटारबाट निस्केपछि प्रचण्डले नेपाली कांग्रेसलगायत दलका नेताहरूलाई बालुवाटारमा बोलाई पुरानो तोडेको गठबन्धनलाई जीवन दिएका छन् अर्थात पून पुरानो गठबन्धनमा फर्कने भएका छन् ।

कुर्शीको सहमति

प्रचण्ड प्रधानमन्त्री नियुक्त भए देखि नै उनी लगायतका प्रमूख दलका नेताहरु निरन्तर कुर्शी बाडफ़ाड्मा नै आफ्नो समय बिताएका छन।

श्रोतका अनुसार राष्ट्रपति कांग्रेसले लिने, नेकपा एकीकृत समाजवादीलाई एक वर्ष प्रधानमन्त्री दिने तथा जसपालाई उपराष्ट्रपति दिने जस्ता पद बाडफाडमा सैद्धान्तिक सहमति गरेको छ।

बालुवाटारमा बसेको ८ दलको बैठकले नेपाली कांग्रेसलाई राष्ट्रपति दिने सैद्धान्तिक सहमति गरेको छ । पुरानो सत्ता गठबन्धनका ५ दल र थप तीन दलको बैठकले सो निर्णय गरेको जानकारी प्राप्त भएको छ । तर, नेपाली कांग्रेसलाई राष्ट्रपति दिने सैद्धान्तिक सहमति भएता पनि व्यक्तिको बारेमा निर्णय हुन बाकि रहेको बताइएको छ।

त्यस्तै, प्रधानमन्त्रीको बाडफाडमा पनि ८ दल भित्र सहमति भएको छ। स्रोतका अनुसार प्रचण्ड पहिलो साढे दुई वर्ष, त्यसपछि नेपालले एक वर्ष र बाँकी साढे एक वर्ष देउवाले सरकार चलाउने र कांग्रेसले चुनाव गर्ने सहमति भएको छ ।

एमालेको प्रतिक्रिया

यसप्रकार प्रचण्डले राजनीतिलाई धोकाधडी, दाउपेच र सौदावाजीका कारण बर्तमान राजनीतिक चक्रब्यूहको असर नेपाली राजनीतिमा दुरगामी पर्ने भएकाले एमाले अब नयाँ ढंगले अगाडी बढने एमालेका एक नेताले प्रतिक्रिया दिएका छन् । उनका अनुसार विकसित घटनाक्रमबारे एमालेले शनीवार सचिवालय बैठक बसेर आफ्नो धारणा बाहिर ल्याउने भएको छ।

देश विकासको सहमति खै ?
प्रचण्ड प्रधानमन्त्री नियुक्त भए देखि नै उनी लगायतका प्रमूख दलका नेताहरु निरन्तर कुर्शी बाडफ़ाड्मा नै आफ्नो समय बिताएका छन। कुर्शी र शक्तिका लागि मात्र ध्यान केन्द्रित गर्ने तर देश र जनताप्रति प्रमुख राजनीतिक दल र तिनका नेताहरु संबेदनशील नहुदा देशमा अस्थिरता आउने पक्का छ। नेपालले गणतन्त्र पाएको धेरै बर्ष भयो। यति लामो समयसम्म देश विकासका लागि नीति नियम, योजना र कार्यान्वयनमा नेताहरुले आफ्नो समय बिताएको भए देशमा बिकाश को लहर आउने थियो । तर दूर्भाग्य ! नेताहरुमा पदलोलोपता बाहेक देश र जनताप्रतिको जिम्मेवारी बोध भएन। जोश र जागर भएका उर्जावान नेपाली युवाहरुको श्रम बाट आर्जित रेमिट्यान्स ले देश धान्नु परेको अवस्थामा नेपालले श्रीलंका र पाकिस्तान जस्तै आर्थिक स्थिति सामना गर्नु परेमा कुनै आश्चर्य नमाने हुन्छ।

समाचार कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोस:
- Advertisement -spot_img
- Advertisement -

ताजा समाचार

सहकारी ठगी काण्ड: रवि लामिछाने प्रहरी निगरानीमा

पूर्व डीआईजी छविलाल जोशी, जो गोरखा मिडियाका सञ्चालक पनि हुन्, सहकारी ठगी काण्डमा संलग्न भएको आरोपमा काठमाडौँबाट पक्राउ परेका...
- Advertisement -spot_img

अन्य समाचार

- Advertisement -spot_img