spot_img
Saturday, September 28, 2024
74 F
Washington DC.
spot_img

आईसीसी विश्वकप क्रिकेट लिग–२: नेपालको पपुवा न्युगिनीमाथि तीन विकेटको जित

सम्बन्धित समाचार

जिएनबी डेक्स
जिएनबी डेक्स
सत्य, तथ्य र स्वतन्त्र सामूदायिक डिजिटल मिडिया

आईसीसी विश्वकप क्रिकेट लिग–२ मा अन्तर्गत शुक्रबार भएको खेलमा नेपाल विजयी भएको छ। विकेटकिपर आसिफ शेख र स्पिनर सन्दीप लामिछानेको कीर्तिमानी साझेदारीमा नेपालले पपुवा न्युगिनीमाथि तीन विकेटको जित हात पारेको छ । यो जितसँगै नेपालको सोझै ओडिआई मान्यता प्राप्त गर्ने सम्भावना बढेको छ ।

नेपालको जितका लागि आसिफ शेखले १३० बल खेल्दै ८६ रन बनाएका थिए। नेपाललाई जिताउन आसिफ र सन्दीपले ७७ रनको अविजित साझेदारी गरेका थिए ।

दुबई अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा टस जितेर पहिले ब्याटिङ रोजेको पपुवान्युगिनीले ४९ दशमलव दुई ओभरमा सबै विकेट गुमाउँदै नेपाललाई १८० रनको चुनौती दिएको थियो। १२ बल बाँकी हुँदा नेपाल तीन विकेटले विजयी भएको हो।

जितको लागि १ सय ८० रनको विजयी लक्ष्य पछ्याएको नेपालले ४८ ओभरमा ७ विकेट गुमाउँदै पूरा गर्यो । नेपालको जितमा ओपनर आसिफ शेख १ सय ३० बलमा २ चौका र १ छक्कासहित ८६ रनमा अविजित रहे । स्पिनर सन्दीप लामिछाने ५० बलमा ३ चौकासहित ३५ रनमा अविजित रहे ।

पपुवा न्युगिनीका कप्तान असाद भालाले १० ओभरमा २ मेडनसहित २१ रन खर्चेर २ विकेट लिए। सेमो कमियाले १० ओभरमा १ मेडनसहित ३७ रन खर्चेर २ विकेट लिए । सेसे बाउको नाममा दुई विकेट रह्यो ।

त्यसअघि टस जितेर पहिला ब्याटिङ थालेको पपुवा न्युगिनी ४९.२ ओभरमा १ सय ७९ रनमा अल आउट भएको थियो । पपुवा न्युगिनीका ओपनर टोनी उराले सर्वाधिक ३९ रन बनाए ।

नेपालका लागि सोमपाल कामी र दीपेन्द्रसिंह ऐरीले समान दुई/दुई विकेट लिनुभयो भने कुशल मल्ल, सन्दीप लामिछाने र करण केसीले समान एक/एक विकेट लिएका थिए ।

योसँगै नेपाललाई शीर्ष पाँचमा रहँदै सोझै ओडिआई मान्यता जोगाउन अव ५ मध्य तीन खेल जित्नुपर्ने हुन्छ । सबै खेल जित्न सके नेपाल शीर्ष तीनमा रहँदै सोझै विश्वकप छनोट खेल्न पाउनेछ । नेपालले अव सोमबार युएईसँग खेल्नेछ । त्यसपछि घरेलु मैदान टियुमा अन्तिम चार खेल खेल्नेछ ।

कसको अंक कति ?
स्कटल्यान्ड ३६ खेलमा २४ मा जित र १० मा हारका साथ ५० अंकका साथ शीर्ष स्थानमा
ओमान ३६ खेलमा २१ मा जित र १३ मा हारसहित ४४ अंकका साथ दोस्रो स्थानमा
नामिबिया ३६ खेलमा १९ मा जित र १६ मा हारका साथ ३९ अंकका साथ तेस्रो स्थानमा
अमेरिका ३६ खेलमा १६ मा जित र १७ मा हारसहित ३५ अंकका साथ चौथो स्थानमा
युएई ३० खेलमा १४ मा जित र १३ मा हारसहित ३१ अंकका साथ पाँचौं स्थानमा
नेपाल ३१ खेलमा १४ मा जित र १५ मा हारसहित ३० अंकका साथ छैटौं स्थानमा
पपुवा न्युगिनी ३१ खेलमा ३ मा जित र २७ मा हारसहित ७ अंक जोड्दै सातौ तथा अन्तिम स्थानमा।

समाचार कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोस:
- Advertisement -spot_img
- Advertisement -

ताजा समाचार

सहकारी ठगी काण्ड: रवि लामिछाने प्रहरी निगरानीमा

पूर्व डीआईजी छविलाल जोशी, जो गोरखा मिडियाका सञ्चालक पनि हुन्, सहकारी ठगी काण्डमा संलग्न भएको आरोपमा काठमाडौँबाट पक्राउ परेका...
- Advertisement -spot_img

अन्य समाचार

- Advertisement -spot_img