Friday, March 6, 2026
51.9 F
Washington DC.

इरानमा छात्रालाई विष खुवाएको घटना थप रहस्यमय बन्दै

सम्बन्धित समाचार

भर्जिनिया टाईम्स
भर्जिनिया टाईम्स
सत्य, तथ्य र स्वतन्त्र सामूदायिक डिजिटल मिडिया

इरानमा हाईस्कुलका छात्रालाई विष खुवाएको घटनाले मिडियामा चर्चा पाइरहेको छ । पछिल्लो दुई सातादेखि लगातार यस्ता घटनाका समाचार आइरहेका छन् । गत वर्ष नोभेम्बर ३० मा कोम शहरबाट पहिलो पटक यस्तो समाचार आएको थियो । त्यहाँ एउटा गर्ल्स हाइस्कुलका १८ छात्रालाई रिङ्गटा लाग्ने र कमजोरी महसुस भएपछि अस्पतालमा भर्ना गरिएको थियो । त्यसपछि अस्पतालका चिकित्सकले ती छात्रालाई विष खुवाइएको बताएका थिए । त्यसपछि लगातार यस्ता घटना भइरहेका छन्, जसमा पछिल्लो दुई सातामा त्यस्ता घटनाहरु निकै बढेर आएको छ ।

वेबसाइट Cradle.co मा प्रकाशित एक लामो रिपोर्ट अनुसार, जनवरीको अन्त्य सम्ममा यस्ता सबै रिपोर्टहरू केहि शहरबाट आएका थिए र सबै केसहरू हाईस्कुलका छात्राहरुमा भएको थियो । सुरुमा दुर्गन्ध महशुस गरेपछि टाउको दुख्ने, बान्ता हुने वा निन्द्रा लाग्ने जस्ता समस्या हुन थालेको ती विद्यार्थीले बताएका छन् । स्वास्थ्य अधिकारीहरूले त्यसपछि बिरामीहरुको नमूना परीक्षणका लागि पठाएको बताएका थिए। त्यहाँबाट प्राप्त रिपोर्टहरूले छात्राहरूमा हल्का विषाक्त भएको पुष्टि गरेको थियो ।

तर पुष्टी रिपोर्ट आए पनि यस्ता घटना रोक्न ठोस व्यवस्था गरिएको छैन । फेब्रुअरीको अन्त्यमा, पश्चिमी पाम्रान्त लोरेस्तानबाट पनि यस्ता घटनाको समाचार आयो। तर त्यहाँ पीडितहरू हाई स्कूलका छात्राहरू मात्र थिएनन्, प्राथमिक विद्यालयका छात्राहरू र केही अन्य विद्यार्थीहरू पनि यसको शिकार भए।

अहिले पछिल्ला केही दिनमा धेरै प्रदेशबाट यस्ता घटनाका समाचार आइरहेका छन् । तिनीहरूमा अर्देबिन, अल्बरोज, जनजान, खुजेस्तान र तेहरान समावेश छन्। यी सबै प्रदेशका हजारौं बालिका वाकवाकी लाग्ने, टाउको दुख्ने, छाती दुख्ने, बेहोस हुने जस्ता लक्षणबाट पीडित भएका छन् । तर रहस्यमय कुरा के छ भने यस्ता गुनासो आएका विद्यालयमा एक जना शिक्षक वा अन्य कर्मचारी हरुमा कुनै पनि लक्षण देखिएको वा बिरामी भएको पाइएको छैन ।

पहिलोपटक यस्तो घटना भएको तीन वर्ष भइसक्दा पनि अनुसन्धान अधिकारीले यस्ता घटनाको कारण भन्न सक्ने ठोस प्रमाण पाउन सकेका छैनन् ।

समाचार एजेन्सीले रिपोर्ट अनुसार , सरकार समर्थक समूहहरूले यी घटनाहरूको पछाडि इस्लामिक गणतन्त्र विरोधी समूहहरूको हात रहेको आरोप लगाएका छन्, जसले इरानको शासनलाई पराजित गर्न खोजिरहेका छन्। यस्ता समुहले सामाजिक सञ्जालमा यस्ता घटनालाई बढाइचढाइ गरेर देखाएको बताउँछन्, जसको फाइदा अमेरिका र साउदी अरेबियाजस्ता इरानी विरोधीहरूले उठाइरहेका छन् ।

केही सञ्चारमाध्यमहरूले इरानी अधिकारीहरूलाई उद्धृत गर्दै यी घटनाहरूको कारण ‘मास हिस्टेरिया’ हुनसक्ने बताएका छन्। जसमा पीडित हुने उमेर समूहका बालिकामा शंकाका आधारमा लक्षण देखिने प्रवृत्ति सामान्य रहेको बताइएको छ । यी अधिकारीहरुले सन् १९९९ मा बेल्जियममा कोकाकोला पिएपछि बेहोस हुने गुनासो आउन थालेको बताएका छन् । पछि विज्ञहरुको अनुसन्धानमा यो मास हिस्टेरिया भएको पाइएको थियो ।

समाचार कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोस:
- Advertisement -spot_img

ताजा समाचार

भर्जिनियाका एक छात्रको दुर्घटना र जीवनमरणको सङ्घर्ष , अहिले ‘फुटलुस’ म्युजिकलमा मुख्य भूमिका — प्रेरणादायक कथा

भर्जिनियाका एक छात्रको दुर्घटना र जीवनमरणको सङ्घर्ष , अहिले ‘फुटलुस’ म्युजिकलमा मुख्य भूमिका — प्रेरणादायक...

अन्य समाचार

- Advertisement -spot_img