Friday, April 18, 2025
64.2 F
Washington DC.

वीरगञ्जको होली काण्ड: किन भइन पीडिता होस्टाइल?

सम्बन्धित समाचार

भर्जिनिया टाईम्स
भर्जिनिया टाईम्स
सत्य, तथ्य र स्वतन्त्र सामूदायिक डिजिटल मिडिया

नेशनल मेडिकल कलेज सञ्चालक परिवारका युवाहरूले गरेको युवती दुर्व्यवहारको काण्डलाई तागत र पैसाको बलमा दबाइएको छ। पर्सा जिल्ला प्रहरी कार्यालयले वीरगञ्जको घटना स्थलको फोटो र भिजुअल समेत मगाएको थियो। तिनमा युवतीसँग दुर्व्यवहार गरको प्रत्यक्ष देखिएको छ। घन्टाघर नजिकै रहेको इन्फिनिटी रेष्टुरेन्टको सिसि क्यामरा युवती लडेको, दुर्व्यवहार गर्नेहरूले लडाएको सबै फोटोहरू देखिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरिक्षक दिपक गिरीले बताउनु भयो। उहाँले भन्नुभयो, ‘ पहिलो दिन भन्दा दोश्रो दिन  पीडितको नै कुरा फेरिएको छ। उनले नै होलीको दिन र बियर खाएकोले गलती हुन गएको भन्दै जाहेरी दिन अस्वीकार गरे पछि मुद्दा दर्ता नगरिएको हो।’

वीरगञ्जको गहवा निवासी पीडिताकी आमा नेशनल मेडिकल कलेजमै काम गर्ने कर्मचारी भएकोले पनि अन्सारी परिवारले ‘जागीर र पैसा’ को बलमा  दुर्व्यवहारको मुद्दालाई दबाउन सफल भएको प्रहरी श्रोतको दाबी छ। बिहिबार जिल्ला प्रहरी कार्यालय पर्साले ६ जनाविरुद्ध प्रहरीसँगको अभद्र व्यवहारको मुद्दा दर्ता गरेको छ। नेशनल मेडिकल कलेजका प्रबन्ध निर्देशक बसुरुद्धिन अन्सारीका छोरा २५ वर्षीय जाँहगिर अन्सारी सहित ६ जनाविरुद्ध अभद्र व्यवहारको मुद्धा प्रहरीले दर्ता गरेको हो। जसमध्ये ५ जना प्रबन्ध निर्देशक अन्सारीका आफन्तहरू नै छन।

युवतीसँग  दुर्व्यवहार गरेको आरोपमा नेशनल मेडिकल कलेजका प्रबन्ध निर्देशक बसरुद्दिन अन्सारीको छोरा सहित ६ जनालाई पर्सा प्रहरीले  रेष्टुरेन्ट अगाडिबाट पक्राउ गरेको थियो  गरेको थियो।

वीरगञ्ज आदर्शनगरमा न्यूज २४ ले आयोजना गरेको होली हंगामा कार्यक्रम सकेपछि युवती आफ्ना साथीसँगै  घन्टाघर नजिकैको इन्फिनिटी रेष्टुरेन्टका खाजा खान पसेका थिए।त्यहाँबाट निस्कने बेलामा प्रबन्ध निर्देशक बसुरुद्धिन अन्सारीका छोरा लगायतका युवाहरूले युवतीसँग गरेको दुर्व्यवहार देखि लडेको लडाएको फोटोहरू रेष्टुरेन्टको सिसि क्यामरामा स्पष्ट रुपले देखिएको छ। दुर्व्यवहारलाई लिएर भएको होहल्ला पछि पुगेको प्रहरीले बसरुद्दिन अन्सारीको छोरा सहितको युवा टोलीलाई सम्झाउन खोज्दा उल्टै उनीहरू प्रहरी माथि जाइलागेका थिए। स्थिति अराजक बन्दै गएपछि  जिल्ला प्रहरी कार्यालय पर्साबाट थप प्रहरी पुगेर सबैलाई गिरफ्तार गरेर ल्याएको थियो।

युवतीसँग दुर्व्यवहार गरेको भनिए पनि युवतीले नै दुर्व्यवहार नगरेको प्रतिक्रिया दिएको प्रहरी प्रवक्ता गिरीको भनाई छ। होहल्ला किन गरेको भनेर बुझ्न खोज्दा प्रहरीलाई नै अभद्र व्यवहार गरेपछि अन्सारी सहित २४ वर्षीय आदित्य गिरी, ३२ वर्षीय फिरोज अन्सारी, ३१ वर्षीय अल्फाज अन्सारी, २७ वर्षीय तारीक अन्सारी र २४ वर्षीय आशिष साह माथी प्रहरीले मुद्दा दर्ता गरेको छ।

घटनाको वास्तविकता नै फेरिएर कमजोर मुद्दा दर्ता भए पछि थुनामा रहेका छोरालाई शुक्रबार नै छोडाउने योजनामा मेडिकल कलेजका प्रबन्ध निर्देशक बसरुदिन अन्सारी लागेका छन्। एमालेका स्थानिय नेता पुर्व प्रधानमन्त्री केपि ओली नजिक समेत रहेका अन्सारी पैसा र पँहुचको बलमा शुक्रबार जसरी पनि आफ्नो छोरालाई छुटाएर देखाई दिने आसेपासेसँग भन्दै हिडेका छन्।  बसरुदिन अन्सारीका छोरा जहाँगिर अन्सारी सहित ६जना माथि अभद्र व्यवहार सम्बन्धी मुद्दामा जिल्ला प्रशासन कार्यालय पर्साबाट सात दिन म्याद थप गराएर अनुसन्धान सुरु गरेको छ।  रकेटको गतिमा फाइल अघि बढाएर भएपनि छुटाउने तयारीमा अन्सारी लागेको प्रहरी श्रोतको भनाइ समेत रहेको छ।

श्रोत: आइएनएस-स्वतन्त्र समाचार

समाचार कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोस:
- Advertisement -spot_img

ताजा समाचार

काठमाडौं उपत्यका र जाजरकोटमा फेरि भूकम्प: चीन सीमावर्ती डिंजे केन्द्रविन्दु, लगातार धक्का महसुस

आज बिहान काठमाडौं उपत्यका र आसपासका क्षेत्रमा भूकम्पको धक्का महसुस गरिएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार...

अन्य समाचार

- Advertisement -spot_img