Friday, April 11, 2025
47.5 F
Washington DC.

रुसी लडाकु विमान ठोक्कियो अमेरिकी रिपर ड्रोनसंग, अमेरिका भन्छ ‘उत्तेजक कार्य’

सम्बन्धित समाचार

जिएनबी डेक्स
जिएनबी डेक्स
सत्य, तथ्य र स्वतन्त्र सामूदायिक डिजिटल मिडिया

रुसी लडाकु विमानका कारण ब्ल्याक सीमाथि उडिरहेको अमेरिकी एमक्यू–९ रिपर ड्रोन दुर्घटनाग्रस्त भएको छ । अमेरिकाले यसलाई उत्तेजक कार्य भनेको छ। यो घटनापछि रुस–युक्रेन युद्धमा अमेरिका प्रवेश गर्ने आशंका व्यक्त गरिएको छ ।

एक अमेरिकी अधिकारीले पुष्टी गरेका छन् कि रुसी जेटले मंगलबार ब्ल्याक सी माथि उडिरहेको अमेरिकी एमक्यू-९ रिपर ड्रोनको प्रोपेलरमा क्षति पुर्‍याएको छ। अमेरिकाले रीपर ड्रोनलाई रुसी वायुसेनाका दुई एसयू–२७ लडाकु विमानले कालो सागरमा अन्तर्राष्ट्रिय जलक्षेत्रमा खसालेको दाबी गरेको छ।

अमेरिकी वायुसेनाले एक विज्ञप्ति जारी गर्दै रुसी लडाकु विमानहरू लापरवाहपूर्वक उडान गरेको र अव्यवसायिक गतिविधि गरेको आरोप लगाएको छ। यो घटनापछि अमेरिकी वायुसेना र नौसेनाका विमानहरूलाई अलर्ट गरिएको छ। अमेरिकाले ड्रोनको भग्नावशेष फेला परेको हो वा होइन सो बारेमा बताएको छैन ।

अमेरिकी वायुसेना युरोप र वायु सेना अफ्रिकाका कमाण्डर जनरल जेम्स बी हेकरले एक विज्ञप्तिमा भनेका छन् कि लगभग स्थानिय समय विहान ७ः०३ (सिइटी) मा रूसी एसयु-२७ विमानहरू मध्ये एउटा विमान एमक्यू -९ को प्रोपेलरमा ठोक्किएकोले उक्त दुर्घटना भएको थियो। अमेरिकी सेनाले उक्त ड्रोनलाई अन्तर्राष्ट्रिय जलक्षेत्रमा खसाल्नु परेको थियो।

विमान र ड्रोन ठोक्किनु अघि, रसिएन एसयु-२७ विमानहरूले धेरै पटक इन्धन खसालेको र एमक्यू-९ ड्रोनको अगाडि लापरवाह, वातावरणीय दृष्टिमा असुरक्षित र अव्यवसायिक रूपमा उडेको विज्ञप्तिमा बताइएको छ। यो घटनाले असुरक्षित र अव्यवसायिक हुनुका साथै क्षमताको कमीलाई देखाउँछ, विज्ञप्तिमा भनिएको छ।

समाचार कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोस:
- Advertisement -spot_img

ताजा समाचार

सहकारी ठगी प्रकरणमा रबी लामिछानेलाई थुनामा पठाउने आदेशविरुद्ध सर्वोच्चमा रिट दायर

काठमाडौं — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का अध्यक्ष रबी लामिछानेलाई सहकारी ठगी प्रकरणमा थुनामा पठाउने बुटवल उच्च अदालतको तुलसीपुर इजलासको...

अन्य समाचार

- Advertisement -spot_img