spot_img
Saturday, November 23, 2024
42.7 F
Washington DC.
spot_img

भाइटीकामा ढाकाटोपी उपहारको महत्व

सम्बन्धित समाचार

ढाकाटोपीलाई नेपाली समाजको पहिचानका रुपमा मानिन्छ। यसलाई नेपाली समुदायले आफ्नो आस्थाको प्रतीक समेत मान्दै आएको छ।

अर्कोतिर, भाइटिकामा माइतीको टाउको खाली राख्नु हुँदैन । यहि कारणले भाइटीकाका दिन दिदिबैनीले दाजुभाइको शिरमा टोपी पहिर्याइदिने गर्दछन।

त्यसो त ढाका टोपीप्रति हाम्रो भावनात्मक सम्बन्ध छ । यसमा हामी आफ्नोपन पाउँछौ । कतै हामीलाई चिनाउनु परे ढाका टोपी हाम्रो मानक बन्छ। यो हाम्रो आफ्नै उत्पादन हो । यो हाम्रो आफ्नै रचना हो । यो हाम्रो आस्थाको प्रतिक हो ।

नेपालीहरूको दोस्रो  ठूलो चाड तिहार नजिकिँदा दिदीबहिनीहरु ढाकाटोपी किन्न व्यस्त छन। तिहारमा ढाकाटोपी लगाइदिँदा माइतीको मानप्रतिष्ठा बढ्छ भन्ने मान्यताले हरेक चेलीले आफ्ना दाजुभाइलाई उपहारका रूपमा स्नेहपूर्वक ढाकाटोपी दिने प्रचलन छ ।

गलामा सयपत्री र मखमलीको माला, निधारमा सप्तरङ्गी टीका र शिरमा ढाकाटोपीले हरेक दाजुभाइ भाइटीकाका दिन सजिने गर्छन। तिहारमा ढाकाटोपी लगाउँदा माइतीको मानप्रतिष्ठा बढ्छ भन्ने विश्वासले हरेक चेलीले आफ्ना दाजुभाइलाई भाइटिकामा ढाकाटोपी उपहार दिने प्रचलन छ। भाइटीकाका दिन माइतीको टाउको खाली राख्नु हुँदैन भन्ने मान्यता छ ।

अर्कातर्फ, ढाकाटोपी नेपालीको आफ्नै चिनारी र गौरव हो । ढाकाटोपी केवल शिर ढाक्ने वस्त्रका रूपमा मात्र नभएर नेपालीको पहिचान हो । आस्थाको प्रतीक पनि हो । भाइटीकामा दिदीबहिनीले दाजुभाइको शिरमा ढाकाटोपी लगाइदिने चलन अझै विद्यमान छ । यसको खास अर्थ छ। टोपीजस्तै दाजुभाइको शिर उच्च रहोस् भन्ने प्रतीकात्मक सन्देशसहित ढाकाटोपी उपहार दिइन्छ ।

ढाकाटोपी नेपालीको कला, धर्म, संस्कृतिसित समेत जोडिएको छ । धार्मिक कार्यका दौरान निधार तथा शिर खाली राख्नु हुँदैन भन्ने मान्यता अनुसार नेपाली समाजमा हरेक शुभ कार्यपश्चात् ढाकाटोपी लगाउने गरिन्छ । त्यसैमा आधारित रहेर भाइटीकाको दिन हरेक दिदीबहिनीले दाजुभाइलाई ढाकाटोपी लगाइदिने चलन छ ।

पाल्पाली ढाकाटोपी

नेपालीहरू ढाका टोपीलाई सांस्कृतिक प्रतीकका रुपमा मान्दछन  साधारणतया चाडपर्व र ठूला अवसरहरूमा नेपालीहरूले यो टोपी लगाउँछन्।

राजा महेन्द्र वीर विक्रम शाहदेवको पालामा ढाकाटोपी बढी मात्रामा प्रचलनमा आएको थियो। त्यसबेला नेपालको सरकारी कार्यालयमा काम गर्ने सबैलाई नेपाली पोशाक अनिवार्य थियो । त्यसमा ढाका टोपी पनि पर्दछ ।

यतिबेला नेपाली युवामा दौरा सुरुवाल र ढाका टोपीको महत्व बढेको छ, स्वःस्फूर्त रुपमा ‘राष्ट्रिय पोशाक दिवस’ मनाउन थालेका छन् । हरेक वर्षको पुस १७ गते अर्थात् अंग्रेजी नयाँ वर्षको दिनलाई नेपाली पोशाक दिवसका रुपमा मनाउँदै काठमाडौं लगायत देशका विभिन्न ठाउँमा युवाले परम्परागत पोशाक लगाएर प्रदर्शन तथा झाँकी निकाल्न थालेका छन् ।

आधुनिकताको नाममा हामीले कति परम्परागत विधी विधानलाई लत्याउँदै आएका छौ। पछिल्लो समय आफ्नै मूलुकको उत्पादन र पहिचान मानिदै आएको ढाका टोपी पनि यसैको मारमा परेको छ।अहिले चेलीले माइतीलाई ढाका टोपी होइन अन्य लत्ताकपडा दिने चलन बढन थालेको छ। आफ्ना दाजुभाईको शिर टोपी झैँ उच्च रहोस भनी भाइटिकामा दिइने ढाका टोपी उपहारलाई अन्य लत्ता कपडा तथा ग्याजेटहरुले प्रतिष्थापित गर्दै आएको छ।

आधुनिकताको बेगमा बगेर यसको महत्वलाई अबमुल्यन गर्नु हुदैन। आफ्नो शिप, कला र परम्पराको सरक्षण र सम्बर्दन गर्दै भाइटिकामा ढाकाटोपी नै उपहार दिने गरौ। 

समाचार कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोस:
- Advertisement -spot_img
- Advertisement -

ताजा समाचार

८.३७ अर्बमा ‘केरा’ किनेर इतिहास रचे क्रिप्टो स्टार जस्टिन सनले

क्रिप्टो दुनियाँका स्टार जस्टिन सनले फेरि एकपटक सनसनी मच्चाएका छन्। ट्रोनका संस्थापक र बिटटोरेन्टका सीईओ सनले मौरिजियो क्याटेलनको विश्वचर्चित...
- Advertisement -spot_img

अन्य समाचार

- Advertisement -spot_img