spot_img
Saturday, September 21, 2024
76.4 F
Washington DC.
spot_img

उडिरहेको विमानमा पाइलट बिरामी: एक यात्रुले गराए सफल विमान अवतरण

सम्बन्धित समाचार

जिएनबी डेक्स
जिएनबी डेक्स
सत्य, तथ्य र स्वतन्त्र सामूदायिक डिजिटल मिडिया

एउटा यात्रुवाहक विमान अमेरिकी आकासमा उडिरहेको थियो । त्यसपछि पाइलटको स्वास्थ्य बिग्रियो । मेडिकल इमर्जेन्सीका लागि उनलाई तुरुन्तै ककपिटबाट निकाल्नुपरेको थियो । यस क्रममा विमानमा यात्रा गरिरहेका एक यात्रुले ककपिटको नेतृत्व लिएका थिए । उनले को-पाइलटलाई विमान चलाउन मद्दत गरेका थिए। यो घटना सनिवार अमेरिकामा घटेको हो।

एक रिपोर्ट अनुसार, साउथवेस्ट एयरलाइन्सको विमान लस भेगासबाट कोलम्बस, ओहायोको लागि उडेको थियो। विमान उडेको केही समयपछि पाइलटको स्वास्थ्य अचानक बिग्रियो । मेडिकल आपतकालिन अवस्थामा, विमानलाई लास भेगासमा फिर्ता अवतरण गर्न भनियो।

जहाज भित्र कोलाहल मच्चिनु अघि सोहि विमानमा सवार एक यात्रु विमान ह्यान्डल गर्न अगाडि आए। उनी एक पेशेवर पाइलट थिए र अर्को एयरलाइन कम्पनीमा काम गर्थे। उनले ककपिटमा आएर एयर ट्राफिक कन्ट्रोललाई सम्पर्क गरे। सोही क्रममा विमानको को-पाइलटले उडान नियन्त्रणमा लिएका थिए । केही समयपछि उडान सकुशल अवतरण भयो ।

साउथवेस्ट एयरलाइन्सका प्रवक्ता क्रिस पेरीले संचार माध्यमसंग कुरा गर्दै भने: “अर्को एयरलाइनका पाइलटले उडान डेकमा प्रवेश गरे र हामीलाई रेडियो संचारमा सहयोग गरे, जबकि हाम्रो साउथवेष्टका पाइलटले विमान उडाए।

विमान करिब १ घण्टा १७ मिनेटसम्म आकासमा थियो । यसै क्रममा एक महिला यात्रुले बिरामी पाइलटको उपचार गरेकी थिइन । उनी व्यावसायिक नर्स थिइन् । अवतरणपछि पाइलटलाई अस्पताल भर्ना गरिएको थियो । हाल यस विषयमा छानबिनको आदेश दिइएको छ ।

गत वर्ष मे महिनामा पनि यस्तै घटना देखिएको थियो । त्यसपछि एक यात्रुले अमेरिकाको फ्लोरिडामा एयर ट्राफिक कन्ट्रोलरको सहयोगमा विमान अवतरण गराए । वास्तवमा उडानकै क्रममा पाइलटको स्वास्थ्य बिग्रिएको थियो । उनी बेहोस भए, त्यसपछि यात्रुले विमानलाई नियन्त्रण गर्न थाले । उनीसँग विमान उडाउने अनुभव थिएन । तर उनले सेस्ना कारभान नामको विमानलाई सुरक्षित अवतरण गराउन सफल भए।

समाचार कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोस:
- Advertisement -spot_img
- Advertisement -

ताजा समाचार

सुनिल दाहालको “तिम्रो माया” सार्वजनिक: प्रेमप्रति समर्पित एक भावनात्मक गीत

प्रेमीप्रति समर्पित गीत “तिम्रो माया” गीत भण्डार, अमेरिकाको युट्युब च्यानलमा सार्वजनिक भएको छ। यो गीत सुनिल मणि दाहालले लेखेका...
- Advertisement -spot_img

अन्य समाचार

- Advertisement -spot_img