Friday, April 11, 2025
47.5 F
Washington DC.

ट्युनिसियामा डुंगा दुर्घटनामा, २९ को मृत्यु

सम्बन्धित समाचार

ट्युनिसियाको तटरक्षक बलले तीनवटा डुंगा पल्टिएपछि उपसहारा अफ्रिकी मुलुकका उद्धारकर्मीले कम्तीमा २९ आप्रवासीको मृत शरीर पानीबाट बाहिर निकालेको जनाएका छन् ।

तीन वटा छुट्टाछुट्टै घटनालाई उद्धृत गर्दै उहाँले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘मध्य पूर्वी तटमा डुंगा डुबेपछि विभिन्न अफ्रिकी देशका ११ जना कागजातविहीन आप्रवासीको उद्धार गरिएको छ ।

यसअघि उत्तरी ट्युनिसियाको सामुद्रिक तटमा आप्रवासी चढेको एक डुंगा दुर्घटना हुँदा कम्तीमा नौ जनाको मृत्यु भएको र अन्य ६७ जना वेपत्ता रहेको ट्युनिसियाली सामुद्रिक सुरक्षा अधिकारीले पुष्टि गरेका थिए ।

पछिल्लो दुई दिनमा महिला र बालबालिका सवार रहेका डुंगा दुर्घटना भएको उक्त पाँचौं घटना थियो । ट्युनिसियाको तटीय सुरक्षाकर्मीहरूले दुई दिन यता इटाली जान लागेका ५६ वटा डुंगा नियन्त्रणमा लिएको बताएका छन् । सोही क्रममा सुरक्षाकर्मीले तीन हजार भन्दा बढी व्यक्तिलाई नियन्त्रणमा लिएका छन् ।

संयुक्त राष्ट्र संघको पछिल्लो तथ्यांकअनुसार यो वर्ष मात्र १२ हजार भन्दा बढी आप्रवासी ट्युनिसियाबाट अन्यत्र गएका छन् । गत वर्षको सोही अवधिमा भने सो संख्या एक हजार ३०० मात्र रहेको थियो । रासस

समाचार कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोस:
- Advertisement -spot_img

ताजा समाचार

सहकारी ठगी प्रकरणमा रबी लामिछानेलाई थुनामा पठाउने आदेशविरुद्ध सर्वोच्चमा रिट दायर

काठमाडौं — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का अध्यक्ष रबी लामिछानेलाई सहकारी ठगी प्रकरणमा थुनामा पठाउने बुटवल उच्च अदालतको तुलसीपुर इजलासको...

अन्य समाचार

- Advertisement -spot_img