Friday, April 11, 2025
47.5 F
Washington DC.

स्वर्णिम वाग्ले र रमेश खरेल रास्वपामा

सम्बन्धित समाचार

जिएनबी डेक्स
जिएनबी डेक्स
सत्य, तथ्य र स्वतन्त्र सामूदायिक डिजिटल मिडिया

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले शनिवार पार्टी कार्यालयमा गरेको पत्रकार सम्मेलनमा डा.स्वर्णिम वाग्ले र रमेश खरेललाई उपनिर्वाचनमा उम्मेद्वार बनाउने घोषणा गरेको छ।

कार्यक्रममा बोल्दै रास्वपाका सभापती रबी लामिछानेले अन्य हजारौं विज्ञ व्यक्तिहरुलाई पार्टीमा स्वागत गर्ने उल्लेख बताए । 

उनले डा.स्वर्णिम वाग्ले, रमेश खरेलसहित गरिएको यो प्रेस भेटघाट कार्यक्रम जनाउ घण्टी मात्र    भएको बताउँदै हजारौं क्षमतावान व्यक्तिहरु पार्टीमा आउन लागेको उल्लेख गरे ।  उनले रास्वपाले २ तिहाईको बहुमत ल्याउने पार्टी बन्ने, वाग्ले, खरेल जस्ता व्यक्तिले मन्त्रालय हाँक्ने र त्यहाँ बिचौलिया, भष्टाचारीको प्रवेश निषेध गर्ने  व्यवस्थाको आफूले सपना देखेको र त्यो पूरा हुने आधार रहेको बताए ।

शनिवार गरिएको पत्रकार सम्मेलनमा बोल्दै वाग्लेले राष्ट्रिय स्वतन्त्र पार्टीले आफूलाई तनहुँ १ को उम्मेदवार बनाएको उल्लेख गर्दै आफूले पार्टी परिवर्तन गर्नुलाई ‘पोलिटिकल पाराडाइम सिफ्ट’ को रुपमा रहेको बताए । 

राष्ट्रिय स्वतन्त्र पार्टी प्रवेश गरेका रमेश खरेलले अहिले भइरहेको राजनीतिक भागवण्डा र सिन्डिकेट तोड्न नसके कसैको पनि भविष्य सुरक्षित नभएको बताएका छन् । शनिवार आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले अहिलेको अवस्था परिवर्तन गर्न सबै एक ठाउँमा आउनुपरेको उल्लेख गरे ।

रास्वपाबाट तनहुँ क्षेत्र नम्बर १ मा वाग्ले, चितवन क्षेत्र नम्बर २ मा सभावति रवि लामिछाने र बारा क्षेत्र नम्बर २ मा रमेश खरेलले उम्मेदवारी दिने भएका छन। 

समाचार कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोस:
- Advertisement -spot_img

ताजा समाचार

सहकारी ठगी प्रकरणमा रबी लामिछानेलाई थुनामा पठाउने आदेशविरुद्ध सर्वोच्चमा रिट दायर

काठमाडौं — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का अध्यक्ष रबी लामिछानेलाई सहकारी ठगी प्रकरणमा थुनामा पठाउने बुटवल उच्च अदालतको तुलसीपुर इजलासको...

अन्य समाचार

- Advertisement -spot_img