Sunday, April 20, 2025
64.1 F
Washington DC.

मिटरब्याज पीडितको बयान: हाम्रो उठिवास गराउनेलाई कारवाही होस्

सम्बन्धित लेखहरु

सहकारी ठगी प्रकरणमा रबी लामिछानेलाई थुनामा पठाउने आदेशविरुद्ध सर्वोच्चमा रिट दायर

काठमाडौं — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का अध्यक्ष रबी लामिछानेलाई...

Share

मेरो नाम रामबाबु पासवान हो । म सिरहा जिल्ला औरही गाउँपालिका ४ कमलपुर टोलमा बस्छु । सिरहा नगरपालिका– १९  बस्ने साहु रामअवतार यादवसँग २ लाख रुपैयाँ लिएको थिएँ । उसले २ लाख रुपैयाँको ४२ लाख मागेको छ । दुईलाख लिएकोमा पाँचलाख रुपैयाँको तमसुक बनाएर १२ कठ्ठा जमिनको कागज पनि बनाएर राजीनामा पास गरायो । मेरो ८ कठ्ठा जमिन उसले आफै बेचेर  ३२ लाख रुपैयाँ पनि लियो ।

हामी दुई भाई मिलेर विदेशबाट कमाएर पाँचलाख रुपैयाँ जम्मा गरेर पनि दियौँ । सबै रकम मिलाएर अहिलेसम्म उसलाई ३७ लाख रुपैयाँ दिइसक्यौं । हामी बसोवास गरेको ठाँउमा अझै साढे चार कठ्ठा जति जमिन छ त्यसमा पनि दाबी गरिराछ । रामअवतार यादव को छोरा, शिवकुमार यादवको नाममा हाम्रो जग्गा राखिएको छ । शिवकुमार घरिघरि आएर यो जग्गा खाली गर हामी यो जग्गा बेच्छौँभन्छ । त्यो ८ कठ्ठा जग्गा जमिन बेचेर लिएको पैसा र पाँच लाख नगद दिएको बेलामा तिम्रो घर चाहिँ फिर्ता गर्छु  भन्थ्यो, तर २ वर्ष बितिसक्दा पनि आज गर्छु, भोलि गर्छु भनेर आश्वासन दिन्छ, तर फिर्ता गर्दैन ।

अझै ३० लाख रुपैयाँ दे अनि मात्र तेरो घर भएको जग्गा फिर्ता गर्छु भन्छ । त्यसको कारण टेन्सन, टर्चरले गर्दा मेरो बुबाको दुई पटक प्यारालाइसिस भएर २ वर्ष पछि बित्नु भयो । हाम्रो गाँउमा उसका दुई करोड भन्दा बढिको सम्पतीछ, जुन सम्पती अरुको घरजग्गा, सम्पती सबै जफत गरेर राखेको हो ।

हाम्रो अनुरोध सिराहा सीडीओ र संघीय सरकारलाई यो छ कि उसलाई गिरफ्तार गरियोस । मान्छेको तमसुक गरेका जग्गा फिर्ता गरियोस ।

भिडियो हेर्नोस्

अन्य पोस्टहरु:

थप सामाग्री

काठमाडौं उपत्यका र जाजरकोटमा फेरि भूकम्प: चीन सीमावर्ती डिंजे केन्द्रविन्दु, लगातार धक्का महसुस

आज बिहान काठमाडौं उपत्यका र आसपासका क्षेत्रमा भूकम्पको धक्का महसुस गरिएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बिहान ०४:०५ बजे गएको यो...

नयाँ वर्ष २०८२ को पहिलो दिन: नेपालीहरूले उल्लासपूर्वक मनाउँदै

आज विक्रम संवत् २०८२ सालको वैशाख १ गते, नेपालभरिका नागरिकहरूले आपसमा शुभकामना साटासाट गरी नयाँ वर्ष उल्लासपूर्वक मनाइरहेका छन्। यो दिन विशेष मानिन्छ, किनभने आज...

सहकारी ठगी प्रकरणमा रबी लामिछानेलाई थुनामा पठाउने आदेशविरुद्ध सर्वोच्चमा रिट दायर

काठमाडौं — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का अध्यक्ष रबी लामिछानेलाई सहकारी ठगी प्रकरणमा थुनामा पठाउने बुटवल उच्च अदालतको तुलसीपुर इजलासको आदेशविरुद्ध सर्वोच्च अदालतमा रिट दायर...

दुर्गा प्रसाईलाई काठमाडौं ल्याइयो, १२ दिनको म्याद थप गर्न तयारी

काठमाडौं — तिनकुनेमा चैत १५ गते (मार्च २८) भएको हिंसात्मक राजावादी प्रदर्शनका मुख्य अभियुक्त मानिएका दुर्गा प्रसाई र उनका अंगरक्षक दीपक खड्कालाई नेपाल प्रहरीले...

नेपाली बजारमा सुनको मूल्य अहिलेसम्मकै उच्च विन्दुमा, तोलाको १ लाख ८५ हजार रुपैयाँ पुग्यो

काठमाडौं— नेपाली बजारमा शुक्रबार सुनको मूल्यले नयाँ कीर्तिमान राखेको छ। पछिल्ला केही दिनयता लगातार बढिरहेको सुनको मूल्य शुक्रबार एकैदिन तोलामा ३ हजार ९ सय...

‘दुर्गा प्रसाई पक्राउ’ विषयमा गलत समाचारप्रति नेपाल प्रहरीको खण्डन

नेपाल प्रहरीले विभिन्न स्रोत उल्लेख गरी ‘दुर्गा प्रसाई पक्राउ’ भन्ने शीर्षकमा केही सञ्चारमाध्यम तथा सामाजिक सञ्जालहरूमा प्रकाशित समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। केन्द्रीय प्रहरी...