Thursday, April 23, 2026
83.6 F
Washington DC.

अनेसासले भाषा पाठशालाको संयोजन गर्ने

सम्बन्धित लेखहरु

थुन्न हतार, छोड्न भने ‘हेर्दा हेर्दैमा’ – सुशासनको नाङ्गो रूप

"थुनामा राख्दा एकैदिन आदेश, पक्राउ, कारागार पुग्ने; तर रिहाइको लागि कानुनी प्रक्रिया भने महिनौंसम्म हेर्दा हेर्दैमा – यो सुशासन होइन, नाङ्गो राजनीतिक खेल हो।"

मेयर बालेन शाह भन्छनः “सरी केपी ओली, म तपाईको भ्रष्ट प्रणालीको समर्थन गर्न सक्दिन”

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) र नेपालका प्रधानमन्त्री...

बालमन्दिरको जग्गा हिनामिना प्रकरण : १७ जनाविरुद्ध ६० करोड बिगोको मुद्दा

काठमाडौंस्थित ऐतिहासिक नेपाल बाल संगठन (बालमन्दिर) को जग्गा हिनामिना प्रकरणमा १७ जनाविरुद्ध बुधबार...

Share

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजले विश्वभर छरिएर रहेका नेपाली भाषा पाठशालालाई एउटै छातामा गोलबन्द गर्ने भएको छ ।

नेपाली भाषा र साहित्यको क्षेत्रमा क्रियाशिल वर्तमान समयको सर्वप्रिय संस्था अनेसासलाई शनिवार आयोजित कार्यक्रममा सहभागि प्रशिक्षकहरूले संयोजनको नेतृत्व गर्न आग्रह गरेका हुन् ।

कार्यक्रममा आदर्श गुरुआमाबाट विभूषित पद्मा लिंखा मगर, भाषा प्रशिक्षणमा संलग्न बेल्जियमका डिल्ली अमाई, पोर्चुगलका गोमा रेग्मी, अमेरिकाका तनुजा पोखरेल, स्वेता त्रिपाठी, गीता बजगाईं, मीरा कोइराला, रीतादेवी प्रधान, अष्ट्रेलियाका डा. प्रकाश पौडेललगायतले आफ्नो विचार राखेका थिए।

सहभागीहरूले पाठ्य सामग्री तयार पार्नदेखि प्रशिक्षक प्रशिक्षणसम्मका कार्यक्रम अनेसासले तयार पार्नुपर्ने बताए ।

कार्यक्रम संयोजक अनेसासका महासचिव विमला निरौलाले अनेसासले विश्वभर रहेका पाठशालाहरूलाई जोड्ने बताउदै भाषा र साहित्यका सबै काम गर्न अनेसास तयार रहेको बताइन् ।

केन्द्रीय वरिष्ठ उपाध्यक्ष सर्वज्ञ वाग्लेले औपचारिक रुपले स्वागतगर्दै नेपाली भाषाको प्रशिक्षण सञ्चालन गर्न अनेसासले ढिला गर्न नहुने बताए ।

कार्यक्रमलाई सम्बोधन गर्दै केन्द्रीय अध्यक्ष गोवर्द्धन पूजाले अनेसासले भाषा पाठशाला सञ्चालनार्थ बेलाबेलामा कार्यक्रम ल्याउने गरेको प्रशङ्ग उठाउदै अबको दिनका प्राथमिकताका साथ अघि बढाइने बताए । उनले निकट भविष्यमानै अनेसासले भाषा प्रशिक्षकहरूलाई प्रशिक्षण दिइने, पाठ्यक्रमको परिमार्जित रुप तयार गर्ने, विध्यार्थी र प्रशिक्षकलाई प्रोत्साहन र पुरस्कृत गर्ने कार्यक्रम, विश्वभरका भाषा पाठशालालाई एउटै दायरामा ल्याएर सहकार्य गर्ने योजना अनेसासले ल्याउन लागेको जानकारी दिए ।

अनेसास संवादको २८औँ शृङ्खला अन्तर्गत जूममाध्यममा भएको उक्त कार्यक्रममा अनेसासका केन्द्रीय उपाध्यक्ष राजेन्द्र श्रेष्ठ, बिओटीका पूर्व सल्लाहकार रोहिणी शर्मालगायतको सहभागिता रहेको थियो भने कार्यक्रम गोवर्द्धन पूजाको अध्यक्षतामा सम्पन्न भएको थियो ।

अन्य पोस्टहरु:

थप सामाग्री

भर्जिनियाका एक छात्रको दुर्घटना र जीवनमरणको सङ्घर्ष , अहिले ‘फुटलुस’ म्युजिकलमा मुख्य भूमिका — प्रेरणादायक कथा

भर्जिनियाका एक छात्रको दुर्घटना र जीवनमरणको सङ्घर्ष , अहिले ‘फुटलुस’ म्युजिकलमा मुख्य भूमिका — प्रेरणादायक कथा मूख्य अंश ...

थुन्न हतार, छोड्न भने ‘हेर्दा हेर्दैमा’ – सुशासनको नाङ्गो रूप

"थुनामा राख्दा एकैदिन आदेश, पक्राउ, कारागार पुग्ने; तर रिहाइको लागि कानुनी प्रक्रिया भने महिनौंसम्म हेर्दा हेर्दैमा – यो सुशासन होइन, नाङ्गो राजनीतिक खेल हो।"

मेयर बालेन शाह भन्छनः “सरी केपी ओली, म तपाईको भ्रष्ट प्रणालीको समर्थन गर्न सक्दिन”

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) र नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीबीचको तनाव पुनः एकपटक सामाजिक सञ्जालमार्फत सतहमा आएको छ। मेयर शाहले सामाजिक सञ्जालमा...

स्याउ बोकेको ट्रकबाट ठूलो परिमाणमा सुन फेला, चालक प्रहरी नियन्त्रणमा

रसुवागढी नाकाबाट काठमाडौंतर्फ आइरहेको स्याउ लोड गरिएको एक ट्रकबाट ठूलो परिमाणमा सुन फेला परेको छ।प्रहरीका अनुसार गोसाइँकुण्ड गाउँपालिका अन्तर्गतको क्षेत्रमा रोकिएको उक्त ट्रकमा विशेष...

सर्वोच्च अदालतद्वारा रविन्द्र मिश्रलाई रिहा गर्न आदेश- शक्ति केन्द्रको आडमा निर्दोष व्यक्तिलाई कसरी सताइञ्छ भन्ने स्पष्ट उदाहरण

सर्वोच्च अदालतले राष्ट्रीय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्रलाई रिहा गर्न आदेश दिएको छ। न्यायाधीश डा. कुमार चुडाल र न्यायाधीश श्री तिल प्रसाद श्रेष्ठको...

बालमन्दिरको जग्गा हिनामिना प्रकरण : १७ जनाविरुद्ध ६० करोड बिगोको मुद्दा

काठमाडौंस्थित ऐतिहासिक नेपाल बाल संगठन (बालमन्दिर) को जग्गा हिनामिना प्रकरणमा १७ जनाविरुद्ध बुधबार जिल्ला अदालत काठमाडौंमा ठगीको अभियोगमा मुद्दा दायर गरिएको छ। सरकारको प्रारम्भिक दबाबका बाबजुद महान्यायाधिवक्ता कार्यालयको हस्तक्षेपपछि...