Monday, April 7, 2025
44.9 F
Washington DC.

अनेसासले भाषा पाठशालाको संयोजन गर्ने

सम्बन्धित लेखहरु

रवि लामिछानेः जनप्रियबाट जेलसम्मको यात्राको भित्री कथा

फास्ट ट्राकमा पक्राउ : सरकारको नियतमाथि प्रश्न पूर्व गृहमन्त्री तथा...

रवि लामिछाने पक्राउ: उच्च अदालतको आदेशपछि प्रहरीद्वारा गिरफ्तारी

बुटवलको सुप्रिम सहकारी ठगी र संगठित अपराध सम्बन्धी मुद्दामा...

टिकटकको लागि राहत: ट्र्म्पले थपे ७५ दिनको म्याद

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले Truth Social मा साझा गरेको...

Share

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजले विश्वभर छरिएर रहेका नेपाली भाषा पाठशालालाई एउटै छातामा गोलबन्द गर्ने भएको छ ।

नेपाली भाषा र साहित्यको क्षेत्रमा क्रियाशिल वर्तमान समयको सर्वप्रिय संस्था अनेसासलाई शनिवार आयोजित कार्यक्रममा सहभागि प्रशिक्षकहरूले संयोजनको नेतृत्व गर्न आग्रह गरेका हुन् ।

कार्यक्रममा आदर्श गुरुआमाबाट विभूषित पद्मा लिंखा मगर, भाषा प्रशिक्षणमा संलग्न बेल्जियमका डिल्ली अमाई, पोर्चुगलका गोमा रेग्मी, अमेरिकाका तनुजा पोखरेल, स्वेता त्रिपाठी, गीता बजगाईं, मीरा कोइराला, रीतादेवी प्रधान, अष्ट्रेलियाका डा. प्रकाश पौडेललगायतले आफ्नो विचार राखेका थिए।

सहभागीहरूले पाठ्य सामग्री तयार पार्नदेखि प्रशिक्षक प्रशिक्षणसम्मका कार्यक्रम अनेसासले तयार पार्नुपर्ने बताए ।

कार्यक्रम संयोजक अनेसासका महासचिव विमला निरौलाले अनेसासले विश्वभर रहेका पाठशालाहरूलाई जोड्ने बताउदै भाषा र साहित्यका सबै काम गर्न अनेसास तयार रहेको बताइन् ।

केन्द्रीय वरिष्ठ उपाध्यक्ष सर्वज्ञ वाग्लेले औपचारिक रुपले स्वागतगर्दै नेपाली भाषाको प्रशिक्षण सञ्चालन गर्न अनेसासले ढिला गर्न नहुने बताए ।

कार्यक्रमलाई सम्बोधन गर्दै केन्द्रीय अध्यक्ष गोवर्द्धन पूजाले अनेसासले भाषा पाठशाला सञ्चालनार्थ बेलाबेलामा कार्यक्रम ल्याउने गरेको प्रशङ्ग उठाउदै अबको दिनका प्राथमिकताका साथ अघि बढाइने बताए । उनले निकट भविष्यमानै अनेसासले भाषा प्रशिक्षकहरूलाई प्रशिक्षण दिइने, पाठ्यक्रमको परिमार्जित रुप तयार गर्ने, विध्यार्थी र प्रशिक्षकलाई प्रोत्साहन र पुरस्कृत गर्ने कार्यक्रम, विश्वभरका भाषा पाठशालालाई एउटै दायरामा ल्याएर सहकार्य गर्ने योजना अनेसासले ल्याउन लागेको जानकारी दिए ।

अनेसास संवादको २८औँ शृङ्खला अन्तर्गत जूममाध्यममा भएको उक्त कार्यक्रममा अनेसासका केन्द्रीय उपाध्यक्ष राजेन्द्र श्रेष्ठ, बिओटीका पूर्व सल्लाहकार रोहिणी शर्मालगायतको सहभागिता रहेको थियो भने कार्यक्रम गोवर्द्धन पूजाको अध्यक्षतामा सम्पन्न भएको थियो ।

अन्य पोस्टहरु:

थप सामाग्री

सोमबार सेयर बजार: डाउ जोन्समा भारी गिरावटमा, तर टेक कम्पनीहरू केही हरियालीमा; चीनसँग व्यापार तनावसम्बन्धी हल्लाले लगानीकर्ता त्रसित

सोमबारको अमेरिकी सेयर बजार मिश्रित ट्रेन्डमा बन्द भएको छ। Dow Jones र S&P 500 जस्ता प्रमुख सूचकांकहरूमा उल्लेख्य गिरावट देखियो, भने प्रविधि क्षेत्रका केही...

रवि लामिछानेः जनप्रियबाट जेलसम्मको यात्राको भित्री कथा

फास्ट ट्राकमा पक्राउ : सरकारको नियतमाथि प्रश्न पूर्व गृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको गिरफ्तारी र जारी कानुनी लडाइँले नेपालमा ठूलो...

रवि लामिछाने पक्राउ: उच्च अदालतको आदेशपछि प्रहरीद्वारा गिरफ्तारी

बुटवलको सुप्रिम सहकारी ठगी र संगठित अपराध सम्बन्धी मुद्दामा उच्च अदालत तुलसीपुरको बुटवल इजलासका न्यायाधीश रमेश ढकाल र स्वीकृति पराजुलीको संयुक्त इजलासले राष्ट्रिय स्वतन्त्र...

टिकटकको लागि राहत: ट्र्म्पले थपे ७५ दिनको म्याद

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले Truth Social मा साझा गरेको एक पोष्टमा लोकप्रिय सामाजिक सञ्जाल प्लेटफर्म टिकटकको भविष्य सुनिश्चित गर्न भइरहेका वार्तामा महत्वपूर्ण प्रगति भएको...

ट्रम्पको “लिबरेशन डे” ट्यारिफले विश्व व्यापारमा असर, युरोपेली संघ प्रतिकारको तयारीमा

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधवार सबै आयातमा १०% ट्यारिफ लगाउने घोषणा गरेका छन्। ह्वाइट हाउसको रोज गार्डेनमा आयोजित सम्बोधनमा उनले यो नीतिलाई अमेरिकी उद्योगहरू...

विचार: क्रफोर्डको विस्कन्सिन जितले दिएको सन्देशः न्याय किन्ने साधन पैसा होइन

मंगलवार न्यायाधीश सुसान क्रफोर्डले विस्कन्सिन सर्वोच्च अदालतको चुनावमा ऐतिहासिक जित हासिल गर्दै पूर्व महान्यायाधिवक्ता ब्राड शिमेललाई पराजित गरिन्। यससँगै सर्वोच्च अदालतमा ४-३ को उदारवादी...