Tuesday, May 13, 2025
66 F
Washington DC.
गृह पृष्ठ ग्लोबलभारत: राहुल गान्धीले अदालतबाट पाए जमानत

भारत: राहुल गान्धीले अदालतबाट पाए जमानत

- Advertisement -

भारतका कांग्रेस नेता राहुल गान्धीले मानहानि मुद्दामा सुरत अदालतबाट जमानत पाएका छन् । अदालतले कांग्रेस नेताको जमानत १३ अप्रिलसम्म थप गरेको छ।

तर, अदालतले उनको सजाय को फैसला नभएर १३ अप्रिलसम्म जमानत मात्र दिएको छ । मोदी उपनाममा विवादास्पद टिप्पणी गरेको भन्दै राहुलविरुद्ध मानहानीको मुद्दा दायर गरिएको थियो। यस मामिलामा २४ मार्चमा सूरतको अदालतले राहुललाई दोषी ठहर गर्दै दुई वर्षको जेल सजाय सुनाएको थियो । यो निर्णयलाई राहुलले चुनौती दिएका थिए ।

राहुल गान्धीले सुरत अदालतबाट जमानत पाउने बित्तिकै ट्वीट गरेका छन् । उनले लेखेका छन्, ‘यो लोकतन्त्र बचाउने लडाइँ हो, ‘मित्रकाल’ विरुद्ध । यो सङ्घर्षमा सत्य मेरो हतियार हो र सत्य नै मेरो सहारा हो!’

- Advertisement -

कांग्रेस नेता राहुल गान्धीले ‘मोदी उपनाम’ सम्बन्धी मानहानि मुद्दामा अदालतले सुनाएको दुई वर्षको सजायको बिरूद्ध आज सुरतमा अपिल दायर गरेका थिए ।

यो पनि पढ्नु होस्। ‘सबै चोरको उपनाम मोदी किन हुन्छ?’ भन्ने राहुल गान्धीको भनाइले उनको लोकसभा सदस्यता खारेजी

गान्धीले २०१९ मा कर्नाटकमा एक रैलीमा , “जो सबै चोरहरूले मोदी उपनाम सेयर गर्छन्” भन्ने भनाई राखेका थिए । उजुरीकर्ता भाजपा सांसद पूर्णेश मोदीले राहुलको भनाइमा आपत्ति जनाउदै अदालतमा मानहानीको मुद्वा हालेका थिए। मुद्वामा गान्धीलाई उच्च अदालतले मानहानीको आरोपमा दुई वर्षको जेल सजाय सुनाएको थियो ।

मिडिया रिपोर्टका अनुसार गान्धीलाई १५,००० रुपैयाँको जमानत दिइएको थियो जुन अपील अवधिको लागि विचाराधीन थियो। तल्लो अदालतले उनलाई पुनरावेदनका लागि ३० दिनको समय दिएको थियो ।

तल्लो अदालतले दोषी ठहर गरेपछि गान्धी सांसदका लागि अयोग्य घोषित भएका थिए ।

लेखक

सत्य, तथ्य र स्वतन्त्र सामूदायिक डिजिटल मिडिया

- Advertisement -

बालमन्दिरको जग्गा हिनामिना प्रकरण : १७ जनाविरुद्ध ६० करोड बिगोको मुद्दा

काठमाडौंस्थित ऐतिहासिक नेपाल बाल संगठन (बालमन्दिर) को जग्गा हिनामिना प्रकरणमा १७ जनाविरुद्ध बुधबार जिल्ला अदालत काठमाडौंमा ठगीको अभियोगमा...

६३ वर्षपछि हराएकी अड्री बेकबर्ग जीवित फेला

सन् १९६२ मा वीस वर्षको उमेरमा अमेरिकाको विस्कन्सिन राज्यस्थित रिड्सबर्ग सहरबाट हराएकी अड्री बेकबर्ग...

सुन र चाँदीको मूल्यमा भारी गिरावट: आजको भाउ यस्तो छ

काठमाडौं, वैशाख १९ – नेपाली बजारमा आज (बिहीबार) सुन र चाँदीको मूल्यमा उल्लेखनीय गिरावट...

रवि लामिछानेविरुद्ध जाहेरी नदिएको नारायण पहराईको स्पष्टीकरण

सुप्रिम बचत तथा ऋण सहकारी संस्था काण्डमा रवि लामिछानेमाथि आफूले जाहेरी दिएको भन्दै व्यापक...

काठमाडौं टावरमा नीतिगत भ्रष्टाचारको गन्ध : मेयर बालेनले सार्वजनिक गरे १ अर्बभन्दा बढीको आर्थिक क्षतिको विवरण

काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले काठमाडौं टावरको नक्सापास प्रक्रिया र निर्माण कार्यमा गम्भीर आर्थिक...

अमेरिकी विदेशी सहायता संस्थामा ठूलो फेरबदल: एलन मस्कको नेतृत्वमा DOGE द्वारा एमसीसी बन्द गर्दै

अमेरिकी विदेशी सहायता संस्था मिलेनियम च्यालेन्ज कर्पोरेशन (MCC) लाई एलन मस्कको नेतृत्वमा रहेको डिपार्टमेन्ट...

थप समाचार

बालमन्दिरको जग्गा हिनामिना प्रकरण : १७ जनाविरुद्ध ६० करोड बिगोको मुद्दा

काठमाडौंस्थित ऐतिहासिक नेपाल बाल संगठन (बालमन्दिर) को जग्गा हिनामिना प्रकरणमा १७ जनाविरुद्ध बुधबार जिल्ला अदालत काठमाडौंमा ठगीको अभियोगमा...

६३ वर्षपछि हराएकी अड्री बेकबर्ग जीवित फेला

सन् १९६२ मा वीस वर्षको उमेरमा अमेरिकाको विस्कन्सिन राज्यस्थित रिड्सबर्ग सहरबाट हराएकी अड्री बेकबर्ग...