spot_img
Saturday, September 28, 2024
82.4 F
Washington DC.
spot_img

‘सबै चोरको उपनाम मोदी किन हुन्छ?’ भन्ने राहुल गान्धीको भनाइले उनको लोकसभा सदस्यता खारेजी

सम्बन्धित समाचार

जिएनबी डेक्स
जिएनबी डेक्स
सत्य, तथ्य र स्वतन्त्र सामूदायिक डिजिटल मिडिया

‘हरेक चोरको उपनाम किन मोदी हुन्छ? ’ भन्ने राहुल गान्धीको भनाइले उनको लोकसभा सदस्यता खारेजीको कारण बनेको छ । मोदी उपनाम मानहानि मुद्दामा सुरत अदालतले सजायको घोषणा गरेपछि लोकसभा अध्यक्षले राहुलको संसदको सदस्यता खारेज गरेका छन् ।

यो सगै संसदको सदस्यता गुमाएका राहुल गान्धी आफ्नो परिवारका तेस्रो सदस्य बनेका छन् । राहुलभन्दा पहिले उनकी हजुरआमा इन्दिरा गान्धी र आमा सोनिया गान्धीको पनि सदस्यता विभिन्न अभियोगमा खारेज भएको थियो ।

राहुल गान्धीले के भनेका थिए ?

२०१९ को लोकसभा चुनावमा कर्नाटकको कोलारमा भएको र्‍यालीमा राहुल गान्धीले भनेका थिए, ‘सबै चोरको उपनाम मोदी किन हुन्छ?’ यसैलाई लिएर भाजपाका विधायक तथा गुजरातका पूर्व मन्त्री पूर्णेश मोदीले राहुल गान्धीविरुद्ध मानहानीको मुद्दा दायर गरेका थिए । उनले राहुलको भनाइले सिंगो मोदी समुदायलाई बदनाम गरेको आरोप लगाएका थिए । राहुलविरुद्ध आईपीसी धारा ४९९ र ५०० (मानहानि) अन्तर्गत मुद्दा दर्ता गरिएको थियो।

अदालतको आदेश: २ बर्षको जेल सजाय 

यस भनाईपछि समुदायमा मोदी उपनामलाई लिएर आक्रोश फैलियो भन्दै तत्कालीन विधायक पूर्णेश मोदीले राहुल गान्धीविरुद्ध सुरत अदालतमा मानहानीको मुद्दा दायर गरेका थिए। बिहीबार अदालतले राहुल गान्धीलाई २ वर्षको जेल सजाय सुनाएको थियो । तर, अदालतको फैसला पश्चात उनले तुरुन्तै जमानत पाएका थिए ।

सर्वोच्च अदालतले ११  जुलाई २०१३ मा आफ्नो फैसलामा कुनै पनि सांसद वा विधायकलाई तल्लो अदालतमा दोषी ठहर भएको मितिदेखि संसद वा विधान सभाको सदस्यताका लागि अयोग्य ठहरिने भनेको थियो।

अदालतले लिली थोमस विरुद्ध युनियन अफ इन्डियाको मामिलामा यस्तो आदेश दिएको थियो । यसअघि अदालतको अन्तिम फैसला नभएसम्म विधायक वा सांसदको सदस्यता खारेज नगर्ने व्यवस्था थियो ।

फैसलाको करिब ३ घण्टापछि राहुलले ट्वीट गरेका छन्, ‘म भारतको आवाजका लागि लडिरहेको छु, म जुनसुकै मूल्य चुकाउन तयार छु’ ।

राहुलमाथिको यो कारबाहीपछि उनीविरुद्ध मानहानीको मुद्दा दायर गर्ने भाजपा विधायक पूर्णेश मोदीको भारत र विदेशमा समेत चर्चा छ ।

को हुन् पूर्णेश मोदी ?

सन् २०१३ मा पूर्णेश मोदी सुरतको अडाजनको उपनिर्वाचनमा विजयी भएर उनी पहिलो पटक विधायक बनेका थिए । पूर्णेश गुजरात सरकारमा क्याबिनेट मन्त्री पनि भइसकेका छन्।

२०१३ मा तत्कालीन विधायक किशोरभाई वाङ्कवालाको बिमारीका कारण मृत्यु भएको थियो । उपचुनावको घोषणापछि भाजपाले पूर्णेश मोदीलाई टिकट दिएको थियो । पूर्णेश मोदी भारी मतले विजयी भएका थिए ।

२०१७ को विधानसभा चुनावमा भाजपाले पूर्णेश मोदीलाई उम्मेदवार बनाएको थियो। यस चुनावमा पूर्णेश मोदीले भारी मतका साथ् कांग्रेसका उम्मेदवार इकबाल दाउद पटेललाई पराजित गरेका थिए। पूर्णेश मोदीले यस अघि गुजरात सरकारको स्वास्थ्य र परिवार कल्याण समितिको सदस्यको रूपमा समेत काम गरेका थिए।

पूर्णेश मोदी सन् २००० देखि २००५ सम्म सुरत नगर निगममा पार्षद थिए। यस अवधिमा उनी नगरपालिकामा सत्तारुढ भाजपा पार्टीको नेता थिए। यस बाहेक उनले २००९-१२ र २०१३-१६ मा सुरत शहर बीजेपी अध्यक्षको रूपमा पनि काम गरिसकेका छन्।

समाचार कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोस:
- Advertisement -spot_img
- Advertisement -

ताजा समाचार

सहकारी ठगी काण्ड: रवि लामिछाने प्रहरी निगरानीमा

पूर्व डीआईजी छविलाल जोशी, जो गोरखा मिडियाका सञ्चालक पनि हुन्, सहकारी ठगी काण्डमा संलग्न भएको आरोपमा काठमाडौँबाट पक्राउ परेका...
- Advertisement -spot_img

अन्य समाचार

- Advertisement -spot_img