spot_img
Friday, May 17, 2024
61.9 F
Washington DC.
spot_img

डिसीमा लटरम्म फक्रिए चेरीका फूलहरु

सम्बन्धित समाचार

जिएनबी डेक्स
जिएनबी डेक्स
सत्य, तथ्य र स्वतन्त्र सामूदायिक डिजिटल मिडिया

अमेरिकाको राजधानी वाशिंगटन डिसीको टाइडल बेसिन वरपरका चेरीका रूखहरू बिहीबार साँझ लटरम्म फूल्न सुरु गरेको राष्ट्रिय निकुञ्ज सेवा (एनपीएस) ले बिहिबार बेलुका घोषणा गरेको छ।

पीक ब्लूम योशिनो चेरी रूखहरूको फूल फुल्ने प्रक्रियाको छैटौं र अन्तिम चरण हो।

योशिनो चेरीका रूखहरू जापानले अमेरिकालाई मित्रतास्वरूप उपहार दिएकौ हो जुन राजधानीको टाइडल बेसिन वरिपरी रोपिएका थिए।

चेरी फूलकौ पीक ब्लुम भनेको एक यस्तो प्रक्रिया हो जब चेरी फूलहरू पूर्णरुपमा फूलेको (पीक ब्लूम) देखिन्छ । जब टाइडल बेसिन वरपरका ७०  प्रतिशत चेरीका रूखहरूमा फूलका कोपिलाहरू फक्रन सुरु गर्दछन र गुलाबी र सेतोको रंगमा परिणत हुन्छन तब त्यो दिन लाई पीक ब्लूम भन्ने गरिन्छ। यसको सबै निरीक्षण र घोषणा गर्ने जिम्मेवारी यहाको राष्ट्रिय निकुञ्ज सेवा (एनपीएस) लाई छ र प्रत्येक वर्ष पीक ब्लूम कहिले हुन्छ भनेर भविष्यवाणी गर्दछ।

तस्विरः एनपीयस

राष्ट्रिय निकुञ्ज सेवाले २०२३ मार्च २२-२५ बीचको पीक ब्लूम मितिहरू भविष्यवाणी गरेको थियो। यस वर्ष, भविष्यवाणी गरे अनुसार अर्थात् मार्च २३ देखिनै पीक ब्लूम सुरु भएको छ । टाइडल बेसिन वरपरका चेरीका रूखहरूमा फूलका कोपिलाहरू फक्रन थालेका छन् , राष्ट्रिय निकुञ्ज सेवा (एनपीएस) ले बिहिबार दिउँसो ३:३० बजे घोषणा गरेको हो।

एनपीएसका अनुसार टाइडल बेसिनमा रहेको योशिनो चेरीका रूखहरूमा ७०% फूल फुलेको पीक ब्लुमलाई परिभाषित गरिएको छ।

औसतमा, पिक ब्लूम अप्रिल ४  वरपर हुन्छ, तर त्यो मिति हरेक वर्ष-परिवर्तन हुन्छ। उदाहरणका लागि, २०२१ को पिक ब्लूम न्यानो जाडो मौसमको कारणले मार्च २८ मा भएको थियो, जबकि २०१८ को पिक ब्लूम चिसो जाडोको कारणले अप्रिल ६ सम्म हुन सकेन।

तस्विरः एनपीयस

मौसमको अवस्थाको आधारमा जब २० प्रतिशत कोपिला हरु खुल्छन र पातहरु खस्छन तब चेरी फूल  १४  दिनसम्म फूल्न सक्छ। एनपीएसका अनुसार “पिक ब्लुमको पूर्वानुमान १० दिन भन्दा अगाडी लगभग असम्भव हुन्छ ” ।चेरी फूलहरु लटरम्म फूलेको हेर्न सामान्यतया पिक ब्लूम भएको चार देखि सात दिनसम्म सकिन्छ , तर फूलहरू मौसमको आधारमा  दुई हप्तासम्म रहन सक्छन्।

लेखक

सत्य, तथ्य र स्वतन्त्र सामूदायिक डिजिटल मिडिया

समाचार कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोस:
- Advertisement -spot_img
- Advertisement -

ताजा समाचार

भारतको एमडिएच र एभरेष्ट मसालामा कीटनाशक पदार्थ भेटिएपछि प्रतिबन्ध, बढ्यो अन्तर्राष्ट्रिय चिन्ता

विश्वको पाक बजारमा बर्चश्व जमाउदै आएका भारतका दुई सबैभन्दा लोकप्रिय मसला ब्रान्डहरू, एमडिएच र एभरेष्ट स्वास्थ्य चिन्ताको कारण केहि...
- Advertisement -spot_img

अन्य समाचार

- Advertisement -spot_img