Saturday, March 7, 2026
48.5 F
Washington DC.
गृह पृष्ठ ग्लोबलयस्तो छ ट्रम्पमाथिको अभियोग: पूर्णपाठ सहित

यस्तो छ ट्रम्पमाथिको अभियोग: पूर्णपाठ सहित

- Advertisement -

मंगलबार पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्प फर्जी व्यापार रेकर्डको ३४ वटा अपराधको आरोप लगाउने म्यानहट्टन जिल्ला न्यायधिवक्ताको कार्यालयले निर्णय गरेको छ।
पत्रकार हरुलाई जानकारी दिदै म्यानहट्टन जिल्ला न्यायधिवक्ता एल्भिन ब्रागले आफ्नो कार्यालयले पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पलाई ३४ वटा अपराधको आरोप लगाउने निर्णय गरेको बताएका हुन्।

“गहिरो छानबिन” ले ट्रम्पलाई फर्जी व्यापार रेकर्डको ३४ वटा अपराधको आरोप लगाउने उनको कार्यालयको निर्णय भएको छ, ” म्यानहट्टन जिल्ला न्यायधिवक्ता एल्भिन ब्रागले मंगलबार पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पको अभियोग पछि पत्रकारहरूलाई जानकारी दिदै भनेका छन्।

“यो संसारको व्यापार राजधानी हो, ब्रागले न्यूयोर्क शहरको बारेमा भनेका हुन्। उनले अगाडि भने “हामी नियमित रूपमा झूटा व्यापारका कथनहरू प्रस्तुत गर्ने हरुलाई मुद्दा चलाउछौ। व्यवसायको अखण्डता/बिस्वासनियता र राम्रोसँग काम गर्ने व्यापार बजारको आधार भनेको सही रेकर्ड राख्नु हो।”

- Advertisement -

ट्रम्पले ३४ वटा अपराधका लागि आफु दोषी नभएको स्वीकार गरेका छन् ।

ब्रागले जूरी अनुसन्धान मार्फत सन् २०१६ को राष्ट्रपति निर्वाचन अघि ट्रम्पका पूर्व वकिल र “फिक्सर” माइकल कोहेनले गरेको वयस्क फिल्म स्टार स्टोर्मी डेनियललाई $ १३०, ००० भुक्तानीको सम्बन्धमा अनुसन्धान गरेको थियो । ट्रम्पले डेनियलसँगको यौन सम्पर्कको खण्डन गरेका छन् ।

यो पनि पढ्नु होस्। ट्रम्प कानूनी फन्दामा, म्यानहट्टन ग्रान्ड जूरीद्वारा अभियोग लगाइयो

ब्रागको म्यानहट्टन जिल्ला न्यायधिवक्ताको कार्यालयले गत हप्ता म्यानहट्टन ग्रान्ड ज्युरीले पूर्व राष्ट्रपतिलाई अभियोग लगाएको थियो।

त्यसबेला ट्रम्पको अभियोग सार्वजनिक गरिएको थिएन, त्यसपछि आज उनी विरुद्धको आरोप सार्वजनिक गरिएको हो ।

यसघि आज दिउसो ट्रम्पले म्यानहट्टनस्थित अदालतमा अधिकारीसामु आत्मसमर्पण गरेका थिए । उनलाई प्रहरीले हिरासतमा लिदै औंलाको छाप लिएर दिउँसो २:१५ बजे न्यायाधीश जुआन मर्चनसमक्ष अदालतमा उपस्थित गराइएको थियो।

७६ वर्षीय ट्रम्प आपराधिक आरोपको सामना गर्ने पहिलो वर्तमान वा पूर्व राष्ट्रपति भएका छन । उनलाई गत हप्ता म्यानहट्टन ग्रान्ड ज्युरीले पोर्न स्टार स्टोर्मी डेनियललाई २०१६ मा हश-मनी भुक्तानी गरेको भन्ने आरोपको मुद्दामा अभियोग लगाउने निर्णय गरेको थियो ।

अभियोग पत्रको पूर्णपाठ :

Donald J. Trump Indictment by Stefan Becket

- Advertisement -

थुन्न हतार, छोड्न भने ‘हेर्दा हेर्दैमा’ – सुशासनको नाङ्गो रूप

"थुनामा राख्दा एकैदिन आदेश, पक्राउ, कारागार पुग्ने; तर रिहाइको लागि कानुनी प्रक्रिया भने महिनौंसम्म हेर्दा हेर्दैमा – यो सुशासन होइन, नाङ्गो राजनीतिक खेल हो।"

मेयर बालेन शाह भन्छनः “सरी केपी ओली, म तपाईको भ्रष्ट प्रणालीको समर्थन गर्न सक्दिन”

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) र नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीबीचको तनाव पुनः...

स्याउ बोकेको ट्रकबाट ठूलो परिमाणमा सुन फेला, चालक प्रहरी नियन्त्रणमा

रसुवागढी नाकाबाट काठमाडौंतर्फ आइरहेको स्याउ लोड गरिएको एक ट्रकबाट ठूलो परिमाणमा सुन फेला परेको...

सर्वोच्च अदालतद्वारा रविन्द्र मिश्रलाई रिहा गर्न आदेश- शक्ति केन्द्रको आडमा निर्दोष व्यक्तिलाई कसरी सताइञ्छ भन्ने स्पष्ट उदाहरण

सर्वोच्च अदालतले राष्ट्रीय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्रलाई रिहा गर्न आदेश दिएको छ।...

बालमन्दिरको जग्गा हिनामिना प्रकरण : १७ जनाविरुद्ध ६० करोड बिगोको मुद्दा

काठमाडौंस्थित ऐतिहासिक नेपाल बाल संगठन (बालमन्दिर) को जग्गा हिनामिना प्रकरणमा १७ जनाविरुद्ध बुधबार जिल्ला अदालत काठमाडौंमा ठगीको अभियोगमा...

थप समाचार

थुन्न हतार, छोड्न भने ‘हेर्दा हेर्दैमा’ – सुशासनको नाङ्गो रूप

"थुनामा राख्दा एकैदिन आदेश, पक्राउ, कारागार पुग्ने; तर रिहाइको लागि कानुनी प्रक्रिया भने महिनौंसम्म हेर्दा हेर्दैमा – यो सुशासन होइन, नाङ्गो राजनीतिक खेल हो।"

बालमन्दिरको जग्गा हिनामिना प्रकरण : १७ जनाविरुद्ध ६० करोड बिगोको मुद्दा

काठमाडौंस्थित ऐतिहासिक नेपाल बाल संगठन (बालमन्दिर) को जग्गा हिनामिना प्रकरणमा १७ जनाविरुद्ध बुधबार जिल्ला अदालत काठमाडौंमा ठगीको अभियोगमा...