spot_img
Sunday, September 29, 2024
71.7 F
Washington DC.
spot_img

ब्रेकिङ्ग : ट्रम्प कानूनी फन्दामा, म्यानहट्टन ग्रान्ड जूरीद्वारा अभियोग लगाइयो

सम्बन्धित समाचार

जिएनबी डेक्स
जिएनबी डेक्स
सत्य, तथ्य र स्वतन्त्र सामूदायिक डिजिटल मिडिया

अन्ततः अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्प कानूनी फन्दामा परेका छन।न्यूयोर्क, म्यानहट्टन ग्रान्ड जूरीले बिहिबार ट्रम्पलाई अभियोग लगाएको छ, कानूनी मुद्दासँग परिचित स्रोतहरू लगायत अमेरिकी मिडियाहरूले पुष्टि गरेका छन् ।

संयुक्त राज्य अमेरिकाको इतिहासमा वर्तमान वा पूर्व राष्ट्रपतिले आपराधिक आरोपको सामना गरेको यो पहिलो पटक हो।

यो संगै पुन विश्वको शक्तिशाली राष्ट्रपति हुने उनको सपना चकनाचुर भएको छ। आगामी राष्ट्रपतिय निर्वाचनकालागि उनी अयोग्य उम्मेद्वार हुने भएका छन।

यस मामलासंग सम्वन्धित धेरै स्रोतहरूका अनुसार, म्यानहट्टन ग्रान्ड जूरीले डोनाल्ड ट्रम्पलाई २०१६ को राष्ट्रपतिय निर्वाचन प्रचार अभियानको क्रममा आफ्नो सम्पर्कमा रहेकी एक पॊर्न युवतीलाई मौन राख्न भुक्तान गरेको आरोपमा अभियोग लगाउन मतदान गरेको छ।

अघिल्लो साता ट्रम्पले आफू छिट्टै जेल जान सक्ने बताएका थिए । उनले आफ्नो सामाजिक सञ्जाल ट्रुथ सोसलमा स्टेटस लेख्दै यस्तो दाबी गरेका हुन्।

ट्रम्प विरूद्वको मुद्दा यस्तो छः

यो मुद्दा पोर्न स्टार स्टोर्मी डेनियल जसको वास्तविक नाम स्टेफनी ग्रेगरी क्लिफर्ड सँग सम्बन्धित छ, जसले ट्रम्पसँग एक दशकअघि अफेयर भएको बताएकी थिइन् । यद्यपि ट्रम्पले अफेयरको खण्डन गर्दै आएका छन् ।

गत वर्ष कागजातहरू छानबिन गर्दा ट्रम्प र उनका पूर्व शीर्ष सहयोगी होप हिक्सले पोर्न स्टार स्टोर्मी डेनियललाई २०१६ को राष्ट्रपतिको चुनावी अभियानमा उनको मुख बन्द राख्न ठूलो रकम ‘हश मनी’ (hush money) तिर्न प्रत्यक्ष रूपमा संलग्न भएको भन्ने खुलासा भएको थियो। यसपछि ट्रम्पका पूर्व वकिल माइकल कोहेनले गत वर्ष अगस्टमा आफ्नो अपराध स्वीकार गर्दै ट्रम्पको आदेशमा स्टर्मीलाई पैसा दिएको बताएका थिए । तर त्यसमा ट्रम्पको प्रत्यक्ष भूमिका थियो वा थिएन भन्ने स्पष्ट भएको छैन।

कागजातका अनुसार अक्टोबर २०१६ मा स्टर्मीलाई १ लाख ३० लाख डलर भुक्तानी गरिएको थियो । कोहेनले स्टर्मीलाई पैसा दिनुअघि ट्रम्पसँग फोनमा दुई पटक कुरा गरेका थिए। स्टर्मीले यसअघि सन् २००६ मा ट्रम्पसँग घनिष्ट सम्बन्ध रहेको दाबी गरेकी छन ।

ट्रम्प २०१७ देखि २०२१ सम्म अमेरिकाको राष्ट्रपति थिए र उनले २०२४ को अमेरिकी राष्ट्रपति चुनावमा जितेर पुन व्हाइट हाउसमा फर्कने प्रयास गर्ने बताएका थिए। तर, उनी माथि अदालत द्वारा लागेको अभियोगका कारण उनी आउदो राष्ट्रपतिया निर्वाचनमा उम्मेद्वार हुन अयोग्य भएका छन्।

समाचार कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोस:
- Advertisement -spot_img
- Advertisement -

ताजा समाचार

सहकारी ठगी काण्ड: रवि लामिछाने प्रहरी निगरानीमा

पूर्व डीआईजी छविलाल जोशी, जो गोरखा मिडियाका सञ्चालक पनि हुन्, सहकारी ठगी काण्डमा संलग्न भएको आरोपमा काठमाडौँबाट पक्राउ परेका...
- Advertisement -spot_img

अन्य समाचार

- Advertisement -spot_img