spot_img
Sunday, September 29, 2024
71.7 F
Washington DC.
spot_img

अपडेट: अमेरिकी सेनाका दुई ब्ल्याकहक हेलिकप्टर ठोक्किँदा नौ जनाको मृत्यु

सम्बन्धित समाचार

जिएनबी डेक्स
जिएनबी डेक्स
सत्य, तथ्य र स्वतन्त्र सामूदायिक डिजिटल मिडिया

अमेरिकी सेनाका दुईवटा ब्ल्याक हक हेलिकप्टर ठोक्किँदा नौ जनाको मृत्यु भएको छ । १०१ औं एयरबोर्न डिभिजनका अपरेसन डेपुटी कमाण्डिङ अफिसर ब्रिगेडियर जनरल जन लुबासले बिहीबार बिहान दक्षिणपश्चिम केन्टकीमा नियमित प्रशिक्षण उडानको क्रममा बुधबार राति दुर्घटना भएको बताएका छन् ।

“यी परिवारहरू, हाम्रो डिभिजन र फोर्ट क्याम्पबेलको लागि साँच्चै दुखद क्षति हो। हाम्रो पहिलो प्राथमिकता भनेको हाम्रो उदेश्य उड्डयन ब्रिगेड भित्रका परिवार र सैनिकहरूको हेरचाह गर्नु हो, ” १०१ औं एयरबोर्न डिभिजनका अपरेसन डेपुटी कमाण्डिङ अफिसर ब्रिगेडियर जनरल जान लुबासले एक बिज्ञप्ति जारी गर्दै भनेका छन्।

एउटा हेलिकप्टरमा पाँच सैनिक र अर्कोमा चार सैनिक रहेको बताइएको छ। दुईवटा एचएच – ६० ब्ल्याकहक हेलिकप्टर बुधबार राति १० बजेतिर ट्रिग काउन्टीमा दुर्घटनाग्रस्त भएका थिए। फोर्ट क्याम्पबेलबाट ४८ किलोमिटर उत्तरपश्चिममा भएको दुर्घटनाको अनुसन्धान भइरहेको छ।

यस अघिको समाचार :

बुधबार राति केन्टकीमा नियमित अभ्यासका क्रममा दुई वटा अमेरिकी सेनाका हेलिकप्टर दुर्घटनाग्रस्त भएका छन्। ब्ल्याकहक हेलिकप्टर दुर्घटनाग्रस्त भएपछि धेरै हताहत भएको अधिकारीहरूले बताएका छन् । ट्रिग काउन्टीमा प्रशिक्षणको क्रममा राति १० बजे दुर्घटना भएको अमेरिकी सेना फोर्ट क्याम्पबेलले बिहीबार बिहान एक विज्ञप्ति मार्फ़त जनाएको छ।

“चालक दलका सदस्यहरूको स्थिति अहिले अज्ञात छ,” अमेरिकी सेना फोर्ट क्याम्पबेलले फेसबुक पेजमा लेखेको छ । चालक दलका सदस्यहरू “नियमित प्रशिक्षण मिशनको क्रममा उडान गरिरहेका थिए जब घटना भयो।”

अमेरिकी सेना फोर्ट क्याम्पबेलले फेसबुक पेजमा लेखेको छ – “हिजो राति लगभग १० बजे दुई १०१औ एयरबोर्न डिभिजन (एयर असल्ट) हेलिकप्टर ट्रिग काउन्टी, केन्टकीमा दुर्घटनाग्रस्त भयो। दुर्घटना हुँदा चालक दलका सदस्यहरू दुईवटा एचएच ६० ब्ल्याकहक हेलिकप्टर नियमित प्रशिक्षण अभियानमा उडिरहेका थिए। चालक दलका सदस्यहरूको अवस्था अहिले अज्ञात छ। कमाण्ड यतिबेला उद्वार सदस्यहरू र तिनीहरूका परिवारहरूको हेरचाहमा केन्द्रित छ। थप जानकारी उपलब्ध हुने बित्तिकै जारी गरिनेछ। घटनाको अनुसन्धान भइरहेको छ ।”

केन्टकीका गभर्नर एन्डी बेशियरले मृत्यु हुने अनुमान गरेका थिए।

“हामीले फोर्ट क्याम्पबेलबाट केही कठिन समाचारहरू पाएका छौं, हेलिकप्टर दुर्घटनाको प्रारम्भिक रिपोर्टहरू र मृत्युको अनुमान गरिएको छ,” बेशियरले ट्वीट गरेका छन् । उनले प्रदेश प्रहरी र स्थानीय अधिकारीहरूले जवाफ दिइरहेको बताएका छन् ।

“कृपया प्रभावित सबैको लागि प्रार्थना गर्नुहोस्,” बेशियरले ट्वीट सन्देशमा भनेका छन् ।

केन्टकी राज्य पुलिस , सैन्य छानबिनकर्ता अधिकारीहरू र अन्य धेरै एजेन्सीहरू हेलिकप्टर दुर्घटनाको घटनास्थलमा पुगेका थिए, सेना फोर्ट क्याम्पबेलले बिहीबार बिहान विज्ञप्तिमा भनेको छ ।

हेलिकप्टरमा सवार कर्मचारीहरुको अवस्था अझै यकिन हुन नसकेको बताइएको छ ।

दुर्घटना पछि पत्रकारहरु संग कुरा गर्दै, राज्य प्रहरीले घटना आंशिक जंगल क्षेत्रमा भएको बताएको छ । भग्नावशेष क्षेत्र वरिपरि परिधि बनाइएको राज्य प्रहरीले बताएको छ ।

“स्क्रिमिङ ईगल” को उपनाम दिइएको, १०१ औं एयरबोर्न डिभिजन अगस्ट १६ , १९४२ मा सक्रिय गराइएको थियो र यो केन्टकीको टेनेसीको सिमाना नजिकै रहेको छ।

यो विकासशील घटना हो। कृपया अपडेटहरूको लागि फेरि समाचार हेदै गर्नु होला ।

समाचार कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोस:
- Advertisement -spot_img
- Advertisement -

ताजा समाचार

सहकारी ठगी काण्ड: रवि लामिछाने प्रहरी निगरानीमा

पूर्व डीआईजी छविलाल जोशी, जो गोरखा मिडियाका सञ्चालक पनि हुन्, सहकारी ठगी काण्डमा संलग्न भएको आरोपमा काठमाडौँबाट पक्राउ परेका...
- Advertisement -spot_img

अन्य समाचार

- Advertisement -spot_img