spot_img
Sunday, September 29, 2024
67.6 F
Washington DC.
spot_img

इजरायली प्रहरीद्वारा जेरुसेलमको अल-अक्सा मस्जिदबाट ३५० भन्दा बढीलाई पक्राउ

सम्बन्धित समाचार

जिएनबी डेक्स
जिएनबी डेक्स
सत्य, तथ्य र स्वतन्त्र सामूदायिक डिजिटल मिडिया

इजरायलको पूर्वी जेरुसेलमको पुरानो सहर अल-अक्सा मस्जिदमा भएको हिंसामा संलग्न भएको आरोपमा ३५० भन्दा बढी व्यक्तिहरु पक्राउ भएका छन् उनीहरूले मास्क लगाएर मस्जिदमा ढुङ्गा हानेको आरोपमा पक्राउ गरिएको इजरायली अधिकारीहरूले एक विज्ञप्तिमार्फत बताएका छन् ।

प्रहरी प्रवक्ताले हातमा ढुङ्गा लिएर कानून तोडेको र विस्फोटक पदार्थ पनि बोकेको संचार माध्यमलाई बताएका छन् । उनले शान्ति सुरक्षा कायम गर्न प्रहरीलाई मस्जिदभित्र पस्न बाध्य पारेको बताए । मस्जिदमा नमाज पढिरहेका भक्तजनहरूलाई लक्षित गरी आक्रमणको प्रयास भएको हुनसक्ने ति अधिकारीले बताएका छन् । हिंसा रोक्न तत्काल कारबाही अघि बढाइएको उनले बताए ।

जेरुसेलमका एएफपी पत्रकारहरूका अनुसार बुधवार बिहानदेखि अल-अक्सा मस्जिदमा झडप जारी रहेको छ । प्यालेस्टिनी समूह हमासका लडाकुहरूले मस्जिदमा आक्रमण गरेको उनीहरूले बताएका छन्। हमासले आफ्ना कार्यकर्ताहरूलाई मस्जिदमा सामूहिक रूपमा उपस्थित हुन पनि आह्वान गरेको छ। रमजानको पवित्र महिनामा, हजारौं भक्तजनहरू अल-अक्सा मस्जिदमा प्रार्थना गर्न आउँने गर्दछन ।

अल-अक्सा मस्जिदमा भएको झडप पछि, उत्तरी गाजा पट्टीबाट इजरायली क्षेत्रमा धेरै रकेटहरू प्रहार गरिएको संचार माध्यमले जनाएका छन् । गाजाबाट प्रहार गरिएका पाँचवटा रकेटलाई देशको वायु रक्षा प्रणालीले रोकेको र चार अन्य जनसङ्ख्या नभएको क्षेत्रमा खसेको इजरायली सेनाले बताएको छ।

(एजेन्सीहरूबाट जानकारी सहित)

समाचार कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोस:
- Advertisement -spot_img
- Advertisement -

ताजा समाचार

सहकारी ठगी काण्ड: रवि लामिछाने प्रहरी निगरानीमा

पूर्व डीआईजी छविलाल जोशी, जो गोरखा मिडियाका सञ्चालक पनि हुन्, सहकारी ठगी काण्डमा संलग्न भएको आरोपमा काठमाडौँबाट पक्राउ परेका...
- Advertisement -spot_img

अन्य समाचार

- Advertisement -spot_img