Friday, March 6, 2026
51.9 F
Washington DC.

ब्राजिलको प्रि-स्कूलमा एक व्यक्तिको आक्रमणबाट चार बच्चाहरूको मृत्यु

सम्बन्धित समाचार

दक्षिणी ब्राजिलमा एक २५ वर्षीय पुरुषले प्रि-स्कूलमा प्रवेश गरेर बञ्चरोजस्तो हतियारले प्रहार गरी चार बालबालिकाको हत्या गरेको छ । यसपछि त्यस व्यक्तिले प्रहरीसमक्ष आत्मसमर्पण गरेको संचार माध्यमले जनाएका छन् । संचार माध्यमका अनुसार यो घटना सान्टा क्याटरिना राज्यमा घटेको थियो ।

अधिकारीहरूका अनुसार एज २५ बर्षीय पुरुषले बुधवार बिहान ब्लुमेनाउ शहरमा गुड शेफर्ड सेन्टर भनिने निजी प्रि-स्कूलमा प्रवेश गरेर बच्चाहरूलाई आक्रमण गरेको थियो जसका कारण चार जनाको मृत्यु भएको थियो ।

मारिएकामा तीन जना केटा र एक केटी – ५ देखि ७ वर्षको उमेरका रहेको स्थानीय प्रहरीले जनाएको छ ।

ब्राजिलका राष्ट्रपति लुइज इन्सियो लुला डे सिल्भाले आक्रमणको निन्दा गर्दै यसलाई राक्षसी कार्य भनेका छन् । “मेरो विचार यस हिंसामा आफ्ना छोराछोरी वा नातिनातिना गुमाएका पीडित परिवारहरूसँग छ,” उनले ट्वीट गरेका छन् ।

आक्रमणमा प्रयोग गरिएको हतियार बन्चरो जस्तो देखिएको संचार माध्यमले बताएका छन् । सान्टा क्याटरिनाका गभर्नर जोर्गिन्हो मेलोले आक्रमणपछि राज्यमा तीन दिने शोकको घोषणा गरेका छन्।

ब्राजिलमा पछिल्ला वर्षहरूमा विद्यालयहरूमा हिंसाका घटनाहरू बढ्दै गएका छन्। गत हप्ता मात्रै साओ पाउलोको एक विद्यालयमा १३ वर्षीय बालकले चक्कु प्रहार गरी एक शिक्षकको हत्या गरेका थिए । गत नोभेम्बरमा एक १६ वर्षीय बन्दुकधारीले अराक्रुज सहरका दुई विद्यालयमा आक्रमण गर्दा चार जनाको मृत्यु भएको थियो। २०१९ मा दुई भूतपूर्व विद्यार्थीहरूले साओ पाउलोको एक उच्च विद्यालयमा गोली हानी ८ जनाको हत्या गरेका थिए।

समाचार कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोस:
- Advertisement -spot_img

ताजा समाचार

भर्जिनियाका एक छात्रको दुर्घटना र जीवनमरणको सङ्घर्ष , अहिले ‘फुटलुस’ म्युजिकलमा मुख्य भूमिका — प्रेरणादायक कथा

भर्जिनियाका एक छात्रको दुर्घटना र जीवनमरणको सङ्घर्ष , अहिले ‘फुटलुस’ म्युजिकलमा मुख्य भूमिका — प्रेरणादायक...

अन्य समाचार

- Advertisement -spot_img