spot_img
Sunday, September 29, 2024
67.9 F
Washington DC.
spot_img

जापानी सैन्य हेलिकप्टर बेपत्ता

सम्बन्धित समाचार

जिएनबी डेक्स
जिएनबी डेक्स
सत्य, तथ्य र स्वतन्त्र सामूदायिक डिजिटल मिडिया

जापानको ओकिनावा नजिकै एउटा जापानी सैन्य हेलिकप्टर बेपत्ता भएको छ। उक्त सैन्य हेलिकप्टरमा  १० चालक दलका सदस्य भएको समाचार स्रोतले जनाएको छ । ग्राउन्ड सेल्फ डिफेन्स फोर्स (जीएसडीएफ) ले बेपत्ता भएको हेलिकप्टरमा दुई पाइलट, दुई मेकानिक र छ जना चालक दल रहेको जनाएको छ। 

जापानको कोस्ट गार्डले बेपत्ता सैनिक हेलिकप्टरको खोजी गरिरहेको जनाएको छ । १० जना सवार रहेको ग्राउन्ड सेल्फ डिफेन्स फोर्सको हेलिकप्टर बिहीबार ओकिनावा प्रान्तको पानीमा बेपत्ता भएको जापान कोस्ट गार्ड र अन्य स्रोतले जनाएको छ ।

बहुउद्देश्यीय हेलिकप्टर यूएच ६०जेए  मियाको टापुको एउटा विमानस्थलबाट १८ किलोमिटर उत्तरपश्चिममा बेलुका ४ बजेर ४० मिनेटमा राडारको सम्पर्कबाट हराएको कोस्ट गार्डले बताएको छ। कोस्ट गार्डले चारवटा गस्ती जहाजलाई नजिकैको पानीमा हेलिकप्टरको खोजी गर्न पठाएको जनाएको छ । साँझ ६ः१० बजे पुग्दा मौसम सामान्य रहेको बताइएको छ । 

प्रधानमन्त्री फुमियो किशिदाले टोकियोमा पत्रकारहरूलाई जानकारी दिदै भनेका छन् , “हामी मानव जीवन र उद्धार कार्यलाई अधिकतम प्राथमिकतामा राखेर (घटनालाई) को सामना गर्नेछौं, र रक्षा मन्त्रालयले यो काम गर्दैछ।”

रक्षा मन्त्रालय स्रोतका अनुसार हराइरहेको हेलिकप्टर कुमामोटो प्रान्तको ग्राउन्ड सेल्फ डिफेन्स फोर्स (जीएसडीएफ) ताकायुबारु क्याम्पमा राखिएको थियो र सुरक्षा निगरानी गतिविधिमा संलग्न थियो। यो स्थान पूर्वी चीन सागरको छेउमा रहेको र जापानी-नियन्त्रित सेन्काकु टापुहरूको नजिक छ, जसलाई चीनले आफ्नो दाबी गर्दै आएको छ।

जीएसडीएफले बेपत्ता भएको हेलिकप्टरमा दुई पाइलट, दुई मेकानिक र छ जना चालक दल रहेको जनाएको छ । उनीहरु सबै सेल्फ डिफेन्स फोर्सका सदस्य हुन् ।

समाचार कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोस:
- Advertisement -spot_img
- Advertisement -

ताजा समाचार

सहकारी ठगी काण्ड: रवि लामिछाने प्रहरी निगरानीमा

पूर्व डीआईजी छविलाल जोशी, जो गोरखा मिडियाका सञ्चालक पनि हुन्, सहकारी ठगी काण्डमा संलग्न भएको आरोपमा काठमाडौँबाट पक्राउ परेका...
- Advertisement -spot_img

अन्य समाचार

- Advertisement -spot_img