spot_img
Sunday, September 29, 2024
69.1 F
Washington DC.
spot_img

नागरिकता विधेयक प्रमाणीकरण-पहिलोपटक ‘गैरआवासीय नेपाली नागरिकता’

सम्बन्धित समाचार

जिएनबी डेक्स
जिएनबी डेक्स
सत्य, तथ्य र स्वतन्त्र सामूदायिक डिजिटल मिडिया

लामो समयदेखि रोकिएको नागरिकता विधेयकलाइ राष्ट्रपति रामचन्द्र पौडेलले बुधबार प्रमाणीकरण गरेका छन्। गत जेठ १२ गतेको मन्त्रिपरिषद बैठकले नागरिकता विधेयक प्रमाणीकरणका लागि राष्ट्रपति रामचन्द्र पौडेल समक्ष पठाउने निर्णय गरेको थियो। राष्ट्रपतिले प्रमाणीकरण गरेको विधेयक राजपत्रमा प्रकाशित भएपछि कार्यान्वयनमा आउने ब्यबस्था छ।

यस अघि नागरिकता विधेयकलाई दोस्रोपटक पारित गरेर संसद्ले गत वर्ष साउन २० गते प्रमाणीकरणका लागि राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो । तर, विधेयकलाई तत्कालीन राष्ट्रपति भण्डारीले प्रमाणीकरण गर्न अस्वीकार गरेकी थिइन् ।

गैरआवासीय नागरिकता
राष्ट्रपति रामचन्द्र पौडेलले नागरिकता विधेयक प्रमाणीकरण गरेसगै विदेशमा रहेका कुनै पनि नेपालीका बाबु वा आमा, बाजे वा बज्यै साविकमा नेपालको नागरिक रहेको प्रमाण भए त्यस्ता व्यक्तिले गैरआवासीय नागरिकता प्राप्त गर्ने भएका छन्। तर यो ब्यबस्था सार्क मुलुकमा रहेका र बसोबास गरेका नागरिकहरूका लागी भने लागू हुने छैन ।

जन्मसिद्ध नागरिकका सन्तानलाई वंशजको नागरिकता
राष्ट्रपतिबाट विधेयक प्रमाणित भएसँगै २०७२ असोज ३ गतेभन्दा अगाडि जन्मशिद्ध नागरिकता प्राप्त गरेका नागरिकका सन्ताले वंशजको नागरिकता लिने कानुनी आधार पाएका छन् । २०७२ साल असोज ३ गते भन्दा अघि जन्मको आधारमा नेपालको नागरिकता प्राप्त गरेको नागरिकको सन्तानले बाबु र आमा दुवै नेपालको नागरिक रहेछन् भने निजको उमेर १६ पूरा भएपछि वंशजको आधारमा नेपालको नागरिकता प्राप्त गर्ने छ ।

आमाको नामबाट पनि नागरिकता
यसैगरी, नागरिकता विधेयकले आमाको नामबाट पनि नागरिकता पाइने ब्यबस्था गरेको छ। यसअघिको नागरिकता ऐनले यो व्यवस्था स्वीकार नगरेका कारण आमाको नामबाट नागरिकता लिन चाहनेहरूले संविधान अनुसार अदालतबाट मुद्दा जितेपछि मात्र नागरिकता पाएका छन् । अदालतको आदेश लिन नसक्ने नागरिक भने यो अधिकारबाट बन्चित रहँदै आएका थिए । 

  • नेपालको नागरिक आमाबाट नेपालमा जन्म भई नेपालमा नै बसोबास गरेको बाबुको पहिचान हुन नसकेको व्यक्तिले वंशजको आधारमा नेपालको नागरिकता प्राप्त गर्ने छ ।
  • विदेशी नागरिकसँग विवाह गरेकी नेपाली महिला नागरिकबाट नेपालमा जन्मिएको व्यकतिले नेपाली नागरिकता लिँदाका बखत निजको आमा र बाबु दुवै नेपाली नागरिक रहेछन् भने नेपालमा जन्मिएको त्यस्तो व्यक्तिले वंशजको आधारमा नेपालको नागरिकता प्राप्त गर्ने छ ।
  • त्यसरी नागरिकता प्राप्त गरेको कुनै व्यक्तिको बाबु विदेशी रहेको ठहरेमा व्यक्तिको वंशजको आधारमा लिएको नागरिकता कायम रहने छैन र निजले बाबुको नागरिकताको आधारमा विदेशी मुलुकको नागरिकता प्राप्त नगरेको भनी तोकिए बमोजिम स्वघोषणा गरी वंशजको आधारमा प्राप्त गरेको नागरिकताको प्रमाणपत्र बुझाएमा अंगीकृत नागरिकता प्राप्त गर्ने छ ।

यस्तो स्वघोषणा गरी वंशजको नागरिकता लिएका व्यक्तिको बाबु विदेशी ठहरिएमा भने उक्त नागरिकता रद्द हुनेछ। तर त्यस्तो व्यक्तिले अंगीकृत पाउने छ। किनभने नेपाली महिला नागरिकले विदेशी पतिबाट जन्माएका सन्तानले अंगीकृत नागरिकता पाउने व्यवस्था संविधानले गरेको छ।

समाचार कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोस:
- Advertisement -spot_img
- Advertisement -

ताजा समाचार

सर्वोच्च अदालतद्वारा सिधा कुरा डटकमका कँडेल र ढुंगानालाई ३-३ महिना र तिमिल्सिनालाई ६ महिना कैद सजायको फैसला

मुख्य बुँदाहरू: १. सर्वोच्च अदालतले सिधा कुरा डटकम का राजकुमार तिमिल्सिनालाई ६ महिना, प्रकाशक युवराज कँडेल र सम्पादक नवीन...
- Advertisement -spot_img

अन्य समाचार

- Advertisement -spot_img