spot_img
Sunday, September 29, 2024
68.4 F
Washington DC.
spot_img

म्यानचेस्टर सिटी बन्यो एफए कप च्याम्पियन

सम्बन्धित समाचार

जिएनबी डेक्स
जिएनबी डेक्स
सत्य, तथ्य र स्वतन्त्र सामूदायिक डिजिटल मिडिया

इंग्लिस प्रिमियर लिग च्याम्पियन म्यानचेस्टर सिटीले एफए कपको उपाधि जितेको छ ।

शनिबार सम्पन्न एफए कपको फाइनलमा म्यानचेस्टर सिटीले म्यानचेस्टर युनाइटेडलाई २-१ गोल अन्तरले पराजित गरेको हो ।

म्यानचेस्टर सिटीको जितमा इके गुनडोगनले दुवै गोल गरेका थिए भने म्यानचेस्टर युनाइटेडका लागि एक गोल ब्रुनो फर्नानडेजले फर्काएका थिए ।

म्यानचेस्टर सिटीले योसहित सातौं पटक एफए कपको उपाधि जितेको छ । पछिल्लो पटक सिटीले यो उपाधि २०१९ मा जितेको थियो ।

एफए कपको उपाधि सबैभन्दा बढी पटक जित्ने क्लब भने आर्सनल हो । आर्सनलले अहिलेसम्म १४ पटक यो उपाधि जितेको छ भने म्यानचेस्टर युनाइटेडले यो उपाधि १२ पटक जितेको छ । युनाइटेडले पछिल्लो पटक २०१६ मा यो उपाधि जितेको थियो ।

समाचार कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोस:
- Advertisement -spot_img
- Advertisement -

ताजा समाचार

सर्वोच्च अदालतद्वारा सिधा कुरा डटकमका कँडेल र ढुंगानालाई ३-३ महिना र तिमिल्सिनालाई ६ महिना कैद सजायको फैसला

मुख्य बुँदाहरू: १. सर्वोच्च अदालतले सिधा कुरा डटकम का राजकुमार तिमिल्सिनालाई ६ महिना, प्रकाशक युवराज कँडेल र सम्पादक नवीन...
- Advertisement -spot_img

अन्य समाचार

- Advertisement -spot_img