spot_img
Monday, September 30, 2024
64.5 F
Washington DC.
spot_img

युगान्डाको विद्यालयमा विद्रोहीको आक्रमणमा कम्तीमा ४१ जनाको मृत्यु

सम्बन्धित समाचार

जिएनबी डेक्स
जिएनबी डेक्स
सत्य, तथ्य र स्वतन्त्र सामूदायिक डिजिटल मिडिया

प्रजातान्त्रिक गणतन्त्र कंगो (डिआरसी) को सिमानामा रहेको पश्चिमी युगान्डाको एउटा विद्यालयमा इस्लामिक स्टेटसँग सम्बन्धित लडाकूहरूले आक्रमण गरेका छन् । यस आतंकवादी हमलामा मृत्यु हुनेको संख्या २५ बाट बढेर कम्तीमा ४१ पुगेको छ।

निजी स्वामित्वमा रहेको एनटिभी युगान्डा टेलिभिजनले ट्वीटरमा मृत्यु हुनेको संख्या ४१ पुगेको बताएको छ भने राज्य सञ्चालित न्यू भिजन अखबारले ४२ जनाको मृत्यु भएको पुष्टि गरेको छ। उक्त विद्यालय डिआरसी सीमाबाट करिब २ किलोमिटर टाढा अवस्थित छ।

पूर्वी कङ्गोमा रहेको एलाइड डेमोक्रेटिक फोर्सेज (एडीएफ) का सदस्यहरूले जुन १६ मा मपोन्ड्वेको लुबिरिरा माध्यमिक विद्यालयमा आक्रमण गरेको प्रहरीले जनाएको छ। यसका साथै छात्रावासमा आगजनी गर्नुका साथै खाना पनि लुटिएको थियो । ट्विटरमा यो जानकारी दिँदै युगान्डा प्रहरीले अहिलेसम्म विद्यालयबाट २५ शव निकालेर बावेरा अस्पतालमा पठाइएको जनाएको छ । बावेरा अस्पतालमा आठ जनाको अवस्था गम्भीर रहेको छ ।

मृत्यु हुनेमा कति विद्यालयका बालबालिका छन् भन्नेबारे प्रहरीले खुलाएको छैन । आक्रमण हुदा विद्यालयमा ६२ जना रहेको एनटिभी युगान्डाले जनाएको छ। प्रजातान्त्रिक गणतन्त्र कङ्गोको विरुंगा राष्ट्रिय निकुञ्जतर्फ भागेका आक्रमणकारीहरूलाई सैनिकहरूले लखेटिरहेको प्रहरीले जनाएको छ। अप्रिलमा, एडीएफले कंगोको पूर्वी प्रजातान्त्रिक गणतन्त्रको एउटा गाउँमा आक्रमण गरी कम्तीमा २० व्यक्तिको हत्या गरेको थियो। युगान्डाले एडीएफसँग लड्न कंगोमा सेना पठाएको छ।

एलाइड डेमोक्रेटिक फोर्सेस (एडीएफ) युगान्डा र प्रजातान्त्रिक गणतन्त्र कङ्गो (डिआरसी) को एक इस्लामवादी विद्रोही समूह हो। युगान्डा सरकारले यसलाई आतंकवादी संगठन मानेको छ। यो मूल रूपमा पश्चिमी युगान्डामा आधारित थियो तर छिमेकी डिआरसीमा विस्तार भएको छ। १९९० को दशकको उत्तरार्धदेखि एडीएफले युगान्डाको सिमानामा डिआरसीको उत्तरी किभु प्रान्तमा सक्रिय रहदै आएको बताईन्छ ।

समाचार कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोस:
- Advertisement -spot_img
- Advertisement -

ताजा समाचार

सर्वोच्च अदालतद्वारा सिधा कुरा डटकमका कँडेल र ढुंगानालाई ३-३ महिना र तिमिल्सिनालाई ६ महिना कैद सजायको फैसला

मुख्य बुँदाहरू: १. सर्वोच्च अदालतले सिधा कुरा डटकम का राजकुमार तिमिल्सिनालाई ६ महिना, प्रकाशक युवराज कँडेल र सम्पादक नवीन...
- Advertisement -spot_img

अन्य समाचार

- Advertisement -spot_img